Posted by: ktmpost November 30, 2018
प्याराग्लाइडिङ दुर्घटनामा प्यारापाइलटको ज्यान गएको डरलाग्दो दुर्घटना भिडियो
Login in to Rate this Post:     0       ?        

दार्जिजिङ। पश्चिम बंगालको कालिम्पोङमा निकै डरलाग्दो दुर्घटना भएको छ । यहाँ प्याराग्लाइडिङ दुर्घटनामा प्यारापाइलटको ज्यान गएको छ । उनीसँगै प्याराग्लाइडिङमा गएका पर्यटक गम्भीर घाइते अवस्थामा अस्पतालमा छन् ।

भटनाका गौरव चौधरी नामका पर्यटक प्याराग्लाइडिङका लागि गएका थिए । गौरव मोवाइलबाट सेल्फी भिडियो बनाउँदै थिए । यत्तिकैमा ग्लाइडरको डोरी चुँडिएपछि दुवै जमिनमा खसे । खस्दा पाइलटको ज्यान गयो । गौरव गम्भीर अवस्थामा अस्पतालमा छन् । गौरवले खिचिरहेको भिडियोमा यो भयानक दुर्घटना रेकर्ड भएको छ । यो भिडियो अहिले निकै भाइरल भइरहेको छ । हेर्नुहोस् भिडियो:


https://www.youtube.com/watch?v=HCliIcu9AyU

https://sidhanews.com/archives/42291?fbclid=IwAR0OiYIKbB5yjirwqCwCOHbxNIi78GLPB7c3ciUd6QGT-5cOQ0teARS3HiU
Read Full Discussion Thread for this article