Posted by: ktmpost November 16, 2018
सुरविना कार्की बलिवुडमा प्रवेश गर्न यसो गर्दैछिन
Login in to Rate this Post:     0       ?        

केही नेपाली चलचित्रमा अभिनय गरेकी नायिका सुरविना कार्की अहिले मुम्बइमा संघर्षरत छिन् । मुम्बई शहरको रमझममा उनले करिअरलाई शुन्यबाट अगाडि बढाउँदैछिन् । बलिउडमा प्रवेश गर्न त्यती सहज छैन । सुरविना सोही बलिउडको ढोका खोल्नका लागि काम गरिरहेकी छिन् ।

सुरविनाले मुम्बइमा रहेर एउटा विज्ञापनमा काम गरिसकेकी छिन् । साथमा, सोनी टेलिभिजनबाट प्रशारण भएको ‘दिल हि तो हे’मा समेत उनले काम गरिन् । सुरविनाले १० दिनको छायांकन सकेको जानकारी दिइन् । साथै, उनी ‘जेली विन्स एजेन्सी’सँग आवद्ध भएर काम गरिरहेकी छिन् ।
सुरविनाले केही समय अगाडि मुम्बइमा पुगेर अनुपम खेरसँग ३ महिनाको अभिनय कोर्ष समेत लिएकी थिइन् । त्यसपछि नेपाल आएकी उनी फेरि मुम्बइ नै हानिएकी हुन् । सुरविना भन्छिन्–‘बलिउडमा काम पाउन त्यती सहज छैन । तर, म संघर्ष गरिरहेकी छु । आशा छ, म सफल हुनेछु ।’ उनले नेपाली चलचित्रमा पनि आफूले काम गर्ने उल्लेख गरिन् ।

आफू अहिले अडिसन, सिरियल र विज्ञापनमा नै व्यस्त रहेको उनले जानकारी दिएकी छिन् । सुरविनाले मुम्बइमा रहँदा नै निकै बोल्ड फोटोसुट समेत गरेकी छिन् । उनको फोटो अल्फिनले खिचेका हुन् ।

https://www.onlinekhabar.com/2018/11/718757
Read Full Discussion Thread for this article