Posted by: ktmpost October 12, 2018
विदेशबाट आउँदा दिल्लीको एयरपोर्ट प्रयोग नगर्न अाग्रह
Login in to Rate this Post:     0       ?        

युरोप, अमेरिका तथा अन्य देशबाट नेपाल फर्कदा दिल्लीको ईन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्ट  हुँदै नआउने अनुरोध गरिएको छ ।

गैरआवासीय नेपाली अभियन्ता तथा लुम्बिनी कपिलवस्तु दिवस अभियान स्वीडेनका संयोजक कृष्ण कुमार ढकाल लगायतका केही सरोकारवालाहरुले दिल्लीको बाटो हुँदै नेपाल नआउन अनुरोध गरेका छन् ।

अक्टोबर ३ मा स्वीडेनको गोथेनवर्ग एयरपोर्टबाट टर्किस एयरलाईन्समा नेपालका लागि उडेका ढकालले दिल्ली एयरपोर्टमा आफूले पाउनु परेको सास्तीका बारेमा बताउँदै कोही पनि दिल्ली एयरपोर्ट हुँदै नेपाल नआउन अनुरोध गरेका छन् ।

स्वीडेनको अध्यागमनबाट पास भएर आएको लगेज दिल्ली एयरपोर्टमा रोकेर चेक गरेर मात्र लैजान पाउनुहुन्छ भनेर रोकिएदिएपछि ४ दिनसम्म आफ्नो लगेज नेपाल नआएको बताए ।

‘धन्न महत्वपूर्ण सामानहरु लगेजमा राखिनछु नभए त मेरो बिजोगै हुने थियो । चार दिनसम्म लगेज कुरेर बस्दाको पीडा संसारन्युजलाई सुनाउँदै ढकालले भने, ‘मसँगै आएका जर्मन नागरिकको पनि त्यहि हालत भयो । उनीसँग त पैसा पनि साथमा रहेनछ म चढेको ट्याक्सीमा चढाएर ठमेलसम्म छोडिदिए ।’

नेपाल र नेपालीका लागि मात्र नभएर अन्तराष्ट्रिय स्तरमा पनि यसले नेपालको छवि धुमिल पार्ने काम गरेको ढकालले बताए ।

‘स्वीडेनको गोथेनवर्ग एयरपोर्टबाट पास भएर आएको लगेज फेरि दिल्लीमा सर्कुलर छ भन्दै चेकिङ हुनुपर्ने किन ? हामीलाई किन सास्ती दिइन्छ यसरी, हामी बुझेकालाई त यस्तो समस्या पर्छ भने सर्वसारधारणलाई कति सास्ती दिन्छन् होला ल भन्नुस् त’ ढकालले भने ।

अक्टोबर ४ विहान ५ बजे टर्किस एयरबाट दिल्ली एयरपोर्टमा आइपुगेका उनी व्यागेज लिन भनेर बाहिर आए । तर, उनलाई रोकियो । ‘तेरो भिषा छैन, बाहिर जान पाउन्नस्’ भनियो । लगेज लिन जान लागेको भन्दा ट्रान्सपोर्ट डेस्कमा पठाइयो । त्यहाँ व्याग काठमाडौं ट्रान्सफर गरिदिन्छौं भनेर फर्काइयो । तर उनी काठमाडौं आएको ५ घण्टा सम्म उनको व्याग आएन । त्यसपछि टर्किस एयरलाइन्सको काउन्टरमा गएर सोधे मेरो व्याग किन आएन भनेर । टर्किस एयरलाईन्सका स्टाफलाई भन्दा उनीहरुले व्यागेज दिल्लीमै रहेको र ओभर वेटका कारण अन्य जहाजले ल्याउन नमानेको भन्दै जवाफ दिए ।

उनी लगेज आएपछि फोन गरेर बोलाउने आसमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरीए । तर, आज आउला, भोली आउला भन्दा भन्दै चारदिनपछि बल्ल लगेज आएको उनले बताए ।

लगेजको अवस्था कस्तो पाउनु भयो त भन्ने संसारन्युजको जिज्ञासामा उनले भने, ‘मैले ढाट्नु हुँदैन् लगेज एकदम सुरक्षित थियो, तर काठमाडौंको टिकट काटेर आउँदा ब्यागेज दिल्लीमै रोकिनु सबै नेपालीका लागि दुःखद कुरा हो । मसहित स्वीडेनबाट आएका दुई महिला र सायद अमेरिकाबाट आएका होलान् अर्का युवकको पनि त्यस्तै हालत थियो ।’

‘अब हामी युरोप अमेरिकाबाट आउनेहरुले दिल्ली हुँदै आउने टिकट लिदा ध्यान दिनुपर्छ भन्ने मेरो भनाई हो ।’ उनले भने ।

 स्वीडेनमा रेष्टुरेण्ट व्यवसाय गर्दै आएका ढकालले भने, ‘हामीलाई त ठिकै छ जहाँ भएपनि दुःख भोग्ने बानी परेको छ । तर, नेपाल घुम्न आउने विदेशी पर्यटकलाई यसले सास्ती दिने र नेपालको पर्यटन प्रवद्र्धनमा यसले ठूलो धक्का दिने देखिन्छ भने अर्कोकुरा अप्रत्यक्ष रुपमा नेपालीको स्वाभिमानमा आँच आउने काम समेत भएको छ । यसमा सम्बन्धीत निकायले बेलैमा ध्यान दिन जरुरी छ ।’ ढकालको सुझाव छ ।

ढकालकै समस्यामा सामाजिक संजालमा कमेन्ट गर्दै युकेबाट भोला खनालले भनेका छन्– यहि कारण मैले एयर इण्डियाको प्रयोग गर्दिन् । पछिल्लोपटक मैले पनि त्यस्तै समस्या पाएको थिए ।

त्यस्तै बेल्जियमबाट डिल्लीराम भण्डारीले पनि दिल्ली हुँदै नेपाल कहिले नजान अनुरोध गरेका छन् ।

फिनल्याण्डबाट गैरआवासीय नेपाली संघका आइसीसी सदस्य बालकृष्ण श्रेष्ठले  आफूसँग पनि दिल्ली एयरपोर्टमा त्यस्तै व्यवहार भएको नराम्रो अनुभव रहेको बताएका छन् ।


Related image

https://www.enepal.com.au/news/5840.html?fbclid=IwAR0NOV8e8JNgg7m8bykwipAx-qqAdiLhOLC1yRtXWCYbLbvlkE0EqTLOjgg

Read Full Discussion Thread for this article