Posted by: Ban Dana September 23, 2018
Communist Paradox!!कम्युनिस्ट प्रधानमन्त्री ओली चढ्ने गाडी धुने पानीको विल १२ लाख !
Login in to Rate this Post:     0       ?        

कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले गाडी र मोटरसाइकल धुन महिनामा १२ लाखको पानी प्रयोग गर्छन् भन्दा पत्यार नलाग्न सक्छ । तर, ओलीले यस्तै व्यवहार देखाएका छन् ।

ओलीले मितव्ययिता र भ्रष्टाचार रोक्ने दिनहुँ नारा लगाए पनि उनकै कार्यालय र निवासमा यति धेरै अनियमितता भएको भन्दै कर्मचारीहरूले नै आश्चर्य व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा ओलीले ट्यांकरको पानी खरिदमा मात्रै एक महिनामा १२ लाखभन्दा धेरै खर्च गरेका छन् ।

ओलीले तीन महिनामा ट्यांकरको पानीको बिलको ३७ लाख तिर्दै छन् । पानीको मात्रै यति धेरै विल उठेपछि धेरै कर्मचारीहरूको ध्यान बालुवाटारतिर तानिएको छ ।

प्रधानन्यायाधीश दीपकराज जोशी र सभामुख कृष्णबहादुर महराको सरकारीनिवासमा ल्याइएको ट्यांकरको पानीको बिल ६ लाख भन्दा धेरै उठेको छ । ट्यांकरको बिलमा पिउने पानीमा भएको खर्च नजोडिएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा खाना पकाउन ट्यांकरको पानी प्रयोग हुन दिँदैनन् ।

ट्यांकरबाट ओसारिएको पानी गाडी र मोटरसाइकल धुन प्रयोग हुने गरेको भवन सम्भार डिभिजन कार्यालयले जनाएको छ ।

बगैँचाका रूख, बिरुवामा पनि ट्यांकरकै पानी प्रयोग हुने गरेको छ । बालुवाटारभित्र भएको डिप बोरिङ पनि प्रयोग गरिँदैन ।

Read Full Discussion Thread for this article