Posted by: ktmpost September 7, 2018
अस्ट्रेलियामा नेपालकै बेइज्जत हुनेगरी एक नेपालीले यस्तो गरे
Login in to Rate this Post:     0       ?        

काठमाडौं। अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ परेका छन् । केयरगिभर (घरमा अशक्तलाई सेवा गर्ने नर्स) को काम गर्ने नेपाली प्रकाश पौडेलले एक ८२ वर्षका वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा पक्राउ परेका हुन् । पौडेललाई तिनै वृद्धको हेरचाह गर्ने कामको लागि राखिएको थियो जसलाई उनले उल्टै निर्ममतापूर्वक कुटपिट गरे । 

ती वृद्धकी छोरीले भिडियो फुटेज सार्वजनिक गर्दै आफ्ना पितामाथि भएको अमानवीय व्यवहारको खुलासा गरेकी हुन् । पौडेललाई सिड्नीको नर्दर्न बिचेज क्षेत्रमा डेभिड नाबुल्सी नामका वृद्धको हेरचाह गर्न खटाइएको थियो । डेभिडकी छोरी आयडा सेलिनले उनलाई पिताको हेरचाह गर्ने जिम्मेवारी दिएकी थिइन् । बेलाबेलामा भेट्न आउने सेलिनले पिताको शरीरमा नीलडामहरु देखेपछि शंका लागेर पिताको कोठामा हिडन क्यामेरा जडान गरेकी थिइन् । सोही क्यामेरामा पौडेलले डेभिडलाई जुत्ताले कुटेको र कपडा तानेर बेडबाट लडाएको रेकर्ड भयो । 

डेभिड एड्भान्स डिमेन्सीयाबाट ग्रस्त थिए यही कारण उनको पूरै हेरबिचार होस् भनी उनलाई परिवारले नर्सको जिम्मामा केयर होममा राखेका थिए । तर, उनको हेरचाहको जिम्मा पाएकै प्रकाश पौडेलबाट उनीहरुको विश्वास तोडिएको हो । डेभिडकी छोरी सेलिनका अनुसार डेभिड आफ्नो पीडा बताउन र कसैलाई बोलाउन सक्ने अवस्थामा पनि थिएनन् । उनले पिताको शरीरमा नीलडाम देखेपछि क्यामेरा जडान गरेको बताइन् । 

प्रकाशले काम गर्ने एजेन्सीले उनलाई जागिरबाट निकालिदिएको छ । तर, यो उनले काम गर्ने एकमात्र ठाउँ भने होइन । उनी ह्वीलर हाइटको अर्को नर्सिङ होममा पनि पार्टटाइम काम गर्छन् । उनलाई नर्सिङ होमबाटै पक्राउ गरिएको छ । भिडियोमा हेर्नुहोस् उनले के गरेका थिए

banner

https://youtu.be/x2JhkoyTpoA

http://www.dcnepal.com/nepali-caregiver-attacks-on-elderly-resident-in-care-home

Last edited: 07-Sep-18 02:17 PM
Read Full Discussion Thread for this article