Posted by: ktmpost August 21, 2018
प्रधानमन्त्रीलाई व्यङ्ग्य गरेको फोटो फेसबुकमा सेयर गर्ने पक्राउ - पाँचवर्षसम्म कैद हुन सक्ने
Login in to Rate this Post:     0       ?        
प्रधानमन्त्रीलाई व्यङ्ग्य गरेको फोटो फेसबुकमा सेयर गर्ने पक्राउ 

काठमाडौं । फेसबुकमा प्रधानमन्त्रीलाई व्यङ्ग्य गरिएको कार्टुन तथा तस्बिर सेयर गरेर भ्रम फैलाएको भन्दै एकजना सरकारी कर्मचारी पक्राउ परेका छन् । होमनाथ सिग्देललाई प्रहरीले काठमाडौंको बबरमहलबाट पक्राउ गरेको जनाएको छ । उनी काभ्रेमा सरकारी कर्मचारी रहेको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरिएको विज्ञप्तिमार्फत जनाएको छ । उनलाई विद्युतीय कारोबार ऐनअनुसार मुद्दा चलाउने तयारी प्रहरीको छ । विद्युतीय ऐनअनुसार मुद्दा चलाएमा एकलाख जरिबाना र पाँचवर्षसम्म कैद हुन सक्ने व्यवस्था छ ।


प्रधानमन्त्रीलाई लक्षित गरी सामाजिक सञ्जालमा भ्रमपूर्ण, नकारात्मक दृष्टिकोणले अफवाह फैलाउने कार्यमा संलग्न रहेको भन्दै पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ । विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम उनलाई कारबाही हुने प्रहरी उपरीक्षक नरेन्द्र प्रसाद उप्रेतीले जानकारी दिएका छन् ।


http://baahrakhari.com/news-details/62346/2018-08-21#.W3wbnSdH-NY.twitter%E2%80%AC

Read Full Discussion Thread for this article