Posted by: Nepe December 1, 2004
A paradox?
Login in to Rate this Post:     0       ?        
यसो हर्ेदा कुरो ठिकै त हो ।छयालीस सालको आन्दोलनको राप र तापले प्रज्ञा प्रतिष्ठानलाई नारायणहिटी दरबारका पन्जाबाट मुक्त गरिदियो । तर दर्ुभाग्यवश, तातो ताप्केबाट फुत्केको आहत माछो तल भुङ्ग्रोमा पर्?यो । माने के भने प्रतिष्ठान सिंहदरबारको नोकरशाहीतन्त्रको कैदी बन्न पुग्यो । प्रतिष्ठानलाई सिंहदरबारका पन्जाबाट मुक्त गर्नु आजको ज्वलन्त खाूचो थियो । तर स्वतन्त्रतासूग डराउने र दासताको पूजा गर्ने पाडाहरू इतिहासलाई उल्ट्याएर फेरि यसलाई नारायणहिटी दरबारकै कैदी बनाउन कन्दनी कसेर लागिपरेका छन् । मालिकको गाडा तान्नु पाडाको प्रारब्ध हो । यी पाडाहरू निहुरिएर प्रभुको गाडालाई काूध दिइरहेका छन् । नेपाली साहित्य र कलाको इतिहासमा विवेक र बोलीको स्वतन्त्रताको रक्षा गर्न ज्यानको बाजी थाप्नेहरू नभएका होइनन् । कृष्णलाल सुब्बाले बाजी थापे र ज्यान दिए । देवकोटाले पुस्तकालय खोल्ने उद्योग गरे र कासीतिर लखेटिए । रिमाल दासताविरुद्ध हातमा नाङ्गो खुकुरी बोकेर अर्द्ध-विक्षिप्त मुद्रामा सडक-सडक दगुरे । युद्धप्रसाद मिश्र, वासु शशी र पारिजात मुखमा कालो पट्टी बाूधेर सरस्वती सदनअगाडि बसे ।
Read Full Discussion Thread for this article