Posted by: Nepe December 1, 2004
A paradox?
Login in to Rate this Post:     0       ?        
तिनका हातमा बिन्तीपत्रका चाङ थिए । बिन्तीपत्रमा भनिएको थियो( स्वामी महाराज, कृपा गरी प्रज्ञा प्रतिष्ठानको संरक्षक भइबक्स्योस् र हामी असक्त भक्तलाई संरक्षण दिइबक्स्योस् । बिन्तीपत्रको भाका सुनेर प्रा. डा. हरू प्रसन्न भए । जोडीका हातमा दरबारको हरियो घाूस थियो, खापसियो थियो र डोरी थियो । घाूस गजप् छ बा ? हेरेर प्रा. डा. हरूका ज्रि्रा रसाए । तिनले नाक दिए । जोडीले खापसियोले तिनका नाक छेडे । अनि रक्ताम्य प्वालमा डोरी सजिए । यसरी दोपाया प्रा. डा. हरूको औतार फेरियो र ती चौपाया पाडामा परिणत भए । अघिअघि लोभलाग्दो हरियो घाूस छ, पछिपछि छन् भोका पाडाहरू । ल्याप्चे पाडाहरू डोरिूदै दरबारको दक्षिणद्वारमा पुगे । ती अहिले द्वारसामु किलामा बाूधिएर धनुष्टङ्कार मुद्रामा तेर्र्सो परेका छन् ।कुन्साङ काका भन्छन्( टीकाकार घटराज भट्टर्राई पाडा सम्प्रदायका विचारवान् प्रवक्ता हुन् । अति गहन चिन्तनपछि प्रवक्ता महोदयले भनेछन्( प्रज्ञा प्रतिष्ठान महाराज महेन्द्रको निजी सम्पत्तिले खोलिएको हो । अतः मौसुफको सम्पत्ति मौसुफकै उत्तराधिकारीलाई सुम्पिदिनर्ुपर्छ । गम्नोस्न पाठकवृन्द, मालिकप्रतिको यो कति उच्च बफादारी ? कति गहिरो यो भक्ति ? जताको मेवा, उतैको सेवा ।
Read Full Discussion Thread for this article