म अनि यो सहर दिनभर जिन्दगि एउटा रफ्तारमा आफ्नै गीत गाउदै चलिरहेझें लाग्छ मलाई अनि रातभर सुनसान यो सहरमा यो जिन्दगि भित्रभित्रै बलिरहेझें लाग्छ मलाई | यो सहरमा मैले कैयौं रातहरु छटपटीमा बिताएको छु यो लहरमा मैले कैयौं बातहरु मनभित्रै गुम्साएको छु म पत्थरहरुको बिचमा बाचेको रहेछु क्यारे मन रोएको येहा कसैले देख्दैन | मलाई कहिलेकाही एस्तो लाग्छ यो सहरलाई केवल उपयोग मात्र गरु आफ्नो आकंछ्याको लागि अनि आफ्नो महातोकंग्छ्याको लागि | योसँग अत्मियेता गास्न सक्दिन म एस्लाई मनभित्र टास्न सक्दिन म किनकि professionalism को खोल ओढेर येहा अन्तर्मनका बेदनाहरुको खिल्ली उडाइन्छ येहा मान्छे कम machine हरु ज्यादा पाइन्छ |
sojhoketa1 · Nov 11, 2011 10:44 AM · 11,935 views
bhaab ramro chaa...
Geology Tiger · Nov 11, 2011 11:57 AM
thanks...any other comments appreciated...
sojhoketa1 · Nov 11, 2011 12:23 PM
very well written
adventurer · Dec 1, 2011 11:35 PM
" दिनभर जिन्दगि एउटा रफ्तारमा आफ्नै गीत गाउदै चलिरहेझें लाग्छ मलाई अनि रातभर सुनसान यो सहरमा यो जिन्दगि भित्रभित्रै बलिरहेझें लाग्छ मलाई " हो मित्र, यो जिन्दगि भित्रभित्रै बलिरहेझें लाग्छ मलाई ...............
Mulmiz · Dec 2, 2011 1:01 PM
kabita padhera comment garidinu bhayekoma sabailai dhanyabad...
sojhoketa1 · Dec 2, 2011 4:05 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion