← Back to Kurakani

मृत हरु को देश मा म एउटा जीउदो भूत

Original Post

म भूत हुँ एउटा जीउदो भूत म कसैलाई तर्साउन्न, कसैको केही पनि बिगर्दिन, किन की म एउटा जीउदो भूत हुँ , अनी यो समाज हो मृत हरु को यहाँ मान्छे ले मान्छे लाई मान्छे थन्दैन कसै ले कसैलाई चिन्दा नी चिन्दैन , यो ब्यक्ति को समाज हो, यहाँ अरु कैसेको मत्लब हुन्न । यहाँ बाउ ले छोरा लाई छोरा भन्दैन , छोरा ले बाउ लाई बाउ भन्दैन , यहाँ केबल नाम छ काम छ अनी दाम छ । अनी म सँग केही छैन न नाम छ, न काम छ न दाम छ अनी मलाई कलले मान्छे गन्छ म त भूत हुँ किन की यो समाज हो मृत् हरु को अनी यो समाज हो मात्र नाम को , दाम को, अनी काम को, जुन म सँग छैन ! यहाँ हासो पनि बनाओटि हुन्छ, माया पनि पैसा मा बिक्छ, यहाँ सार्थक्ता बस्तु मा गनिन्छ, उचाहि पैसा ले नपिन्छ , यहाँ केबल सभ्यता छ , मानबता छैन यहाँ केबल औषधी छ उपचार छैन , किन की यहाँ केबल धन छ मन छैन अन मेरो त मन छ . मान्छे लाई मान्छे ठान्छु , दिल खोलेर माया गर्छु , सबैलाई आफ्नो भन्छु, तेइ भएर म भूत हुँ , किन की मेरो मन छ , यो समाजमा हो मृत हरु को जस्को मन छैन । मलाई दिल खोलेर हास्न मन पर्छ , साथी भाई भेटेर बात मार्न मन पर्छ, मन लगेको खाना मन पर्छ , तर यहाँ केही गर्न पयिन्न्न, हाँस्दा अगाडि पछाडि हेर्न पर्छ , साथी सँग बात फोन बाटै मार्न पर्छ , खाना पनि जोखेर खान पर्छ , अनी यो समाज ले मलाई कसरी मान्छे भन्छ, म त भूत हुँ , यो समाज हो सभ्य हरु को, म सँग त सभ्यता नै छैन ।

amricane
Apr 11, 2011 4:54 PM · 18,252 views
8 Replies
chamatkar Apr 11, 2011 4:58 PM
babal rachana amricane !
NALAPANI Apr 11, 2011 5:06 PM
Ramro ani satik chha americane !! Keep it up bro.
amricane Apr 11, 2011 5:06 PM
thank you chamatkar bro
sustasuman Apr 11, 2011 5:48 PM
2/4 din vayo sajhama feri basanta chhayeko jasto lagna thalya chha Gud Job.. :)
rahulvai Apr 11, 2011 10:37 PM
हैन अमेरिकाने, अघी को " म्रीतदेशका जिउदो भूहरु " गयाब भयो नि? गजब को थियो । कमेण्ट मारौला भन्दा भन्दै देश को शान्ती जस्तै हरायो ।
amricane Apr 11, 2011 10:41 PM
@Rahul bro , timro lagi pheri post gareko chu hai म भूत हुँ एउटा जीउदो भूत म कसैलाई तर्साउन्न, कसैको केही पनि बिगर्दिन, किन की म एउटा जीउदो भूत हुँ , अनी यो समाज हो मृत हरु को यहाँ मान्छे ले मान्छे लाई मान्छे थन्दैन कसै ले कसैलाई चिन्दा नी चिन्दैन , यो ब्यक्ति को समाज हो, यहाँ अरु कैसेको मत्लब हुन्न । यहाँ बाउ ले छोरा लाई छोरा भन्दैन , छोरा ले बाउ लाई बाउ भन्दैन , यहाँ केबल नाम छ काम छ अनी दाम छ । अनी म सँग केही छैन न नाम छ, न काम छ न दाम छ अनी मलाई कलले मान्छे गन्छ म त भूत हुँ किन की यो समाज हो मृत् हरु को अनी यो समाज हो मात्र नाम को , दाम को, अनी काम को, जुन म सँग छैन ! यहाँ हासो पनि बनाओटि हुन्छ, माया पनि पैसा मा बिक्छ, यहाँ सार्थक्ता बस्तु मा गनिन्छ, उचाहि पैसा ले नपिन्छ , यहाँ केबल सभ्यता छ , मानबता छैन यहाँ केबल औषधी छ उपचार छैन , किन की यहाँ केबल धन छ मन छैन अन मेरो त मन छ . मान्छे लाई मान्छे ठान्छु , दिल खोलेर माया गर्छु , सबैलाई आफ्नो भन्छु, तेइ भएर म भूत हुँ , किन की मेरो मन छ , यो समाजमा हो मृत हरु को जस्को मन छैन । मलाई दिल खोलेर हास्न मन पर्छ , साथी भाई भेटेर बात मार्न मन पर्छ, मन लगेको खाना मन पर्छ , तर यहाँ केही गर्न पयिन्न्न, हाँस्दा अगाडि पछाडि हेर्न पर्छ , साथी सँग बात फोन बाटै मार्न पर्छ , खाना पनि जोखेर खान पर्छ , अनी यो समाज ले मलाई कसरी मान्छे भन्छ, म त भूत हुँ , यो समाज हो सभ्य हरु को, म सँग त सभ्यता नै छैन ।
????????? Apr 12, 2011 9:32 AM
क्या लेखिस् केटा, लेख्दै गर ,
chhannuram Apr 12, 2011 4:13 PM
कस्तो राम्रो लेख( कविता) ।।।।।।।चित्त बुज्दो। फेरी लेख्नुस् अनी साझामा राख्नुस् हामीजस्ता पारखी हरुको लागि। साझामा यस्तै रचनाहरुको खान्चो छ।
Login to join the conversation.

You might be interested in...

Latest Kurakani View all
Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant