← Back to Kurakani

कटुवाल अम्रिका आ'छ रे

Original Post

कटुवाल अम्रिका आ'छ रे हो? अभिनन्दन गर्ने कार्यक्रम कहीँ छ कि? काङ्रेसले पहिले च्यापेजस्तो गरे पनि अहिले ठेङ्गा देखाइदिहाल्यो, अब ज्ञानेको बाउले दरबारमै पालेपोषेको चम्चालाई राजा आउ देश बच्चाउ भन्दै धुप हाल्न जाने कि? स्कोप छ है, पारस र उस्को बाउको फुर्ती निकै बढीरा बेलामा।

lamjung
Jun 7, 2010 12:41 PM · 26,228 views
12 Replies
PeaceSoul Jun 7, 2010 2:04 PM
त्यों पाहिले राजा को चमचा, हिजो दी सी माँ थियो रे . अबा काम देश माँ न मान न सान; तेसी बिदेश तीर लागेको होला नि . बदमास लाइ आरब माँ लगेर ५० डिग्री माँ बेलचा चलाऊ न लगाउनु पर्ने ... चाक बाट धुवा निस्कादा थाहा पौन्थ्यो , बादमॉस ले . माओबादी र यो बद्नास यौतई सिक्का का दुई पाटा हुन
lovenepalalways Jun 7, 2010 5:59 PM
If Katwal was not there, everything will have been ruled by bloody maoists. I salute Katwal for his strong guts.
santa Jun 7, 2010 6:09 PM
Agree with lovenepalalways.........
shantasamundra Jun 7, 2010 7:11 PM
katuwal has the guts rather than all other tiewals.......@peacesoul and lamjung what has our country gained by supporting your fathers aka maoists we need someone like katuwal to support our nation right now
Ved555 Jun 7, 2010 9:35 PM
Ok.. then let's go and give Kattuwaal some "Pants" as the award.
raju161 Jun 8, 2010 12:53 AM
I salute him
sYaKuuRiolAKU_nchImb Jun 8, 2010 5:45 AM
prachanda wanted to fire katuwal katuwal showed what was inside his kattu so pracanda resigned lol pracanda would never mess with katuwal again good job katuwal
dyamn Jun 8, 2010 11:37 AM
katwal is a true Nepali who stood against the terrorists.. i salute him..
timer Jun 8, 2010 11:48 AM
Kattuwal le desh banauchha bhanera sochne haru lai mero salam. Sabai kukur kasi gaye ---, kasle khala bhaneko jasto ho. Kattuwal le desh banayeko bhaye, aja hamro dasa yo hunthiyo, yo pani ho ek jana Birendra ko bamsa nas garen wala ma, kina ki he was also in high power at that time. Nepali lai ladayera khana janeka raja rajuata ra neta haru, hami murkha haru mari mari ladi halchhu, kohi kattuwal ko pachha ma ko anti ma, Last edited: 08-Jun-10 11:49 AM
shyamBDR Jun 8, 2010 11:49 AM
His wise, yet stubborn decision on Army integration was not good for maoist so they try to fire him and place their puppet in CoAS. If Mr Katwal had agreed on integration in terms of Maoist, Prachanda would still be PM and he would have engulfed the country by now. We need people to take their stand on right things. I welcomed Mr. Katwal decision at that time and still think he made a right decision for the country and country men.
grgDai Jun 8, 2010 8:21 PM
कटवाल कड्किए अमेरिकामा Jun 8th, 2010 | By admin | Category: News ग्लोव नेपाल डट कम प्रतिनिधि भर्जिनिया,अमेरिका । नेपाली सेनाको इतिहासकै सबैभन्दा बढी विवादास्पद अवकाश प्राप्त प्रधान सेनापति रुक्माङ्गत कटवालले मुलुकमा जारी संघीयता र राज्य पुनःसंरचना प्रक्रियाका बारे आफ्नो तीव्र असन्तुष्टी व्यक्त गरेका छन् । संघीयताका कारण देश टुक्रन सक्छ भन्दै कटवालले राजनीतिक दलहरुको भूमिकाप्रति पनि असन्तुष्टी जाहेर गरेका छन् । नीजि भ्रमणका क्रममा अमेरिकामा रहेका कटवालले यही जुन ६ तारिख आइतवार यहाँ आयोजित एक कार्यक्रममा यस्तो असन्तुष्टी व्यक्त गरेका हुन् । नेपाल अमेरिका पत्रकार संघले आयोजना गरेको कार्यक्रममा उनले प्रजातन्त्रको दह्रो पहरेदार भन्दै सञ्चारकर्मीहरुको भूमिकालाई भने खुलेर प्रशंसा गरेका थिए । आफू नेपाली सेनाको मनोबल उच्च राख्न सधैं लागिपर्ने स्पष्टोक्ति समेत कटवालले दिएका थिए । संघका अध्यक्ष नगेन्द्र पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कडा रुपमा प्रस्तुत भएका कटुवालले आफ्नो भनाईको आरम्भमै आफू स्पष्टीकरण दिन आएको होइन भनेका थिए । सहभागीहरुले पूर्व प्रधान सेनापति भनी सम्बोधन गर्दा उनले सेनापति कहिल्यै सेवा निवृत्त हुँदैन ( जनरल नेभर रिटायर्ड) भनी अंग्रेजीमा जवाफ फर्काएका थिए । कटवालको शारीरिक हाउभाउ भने बहालवाला सेना प्रमुखले आफू मातहतका निकायलाई दिएको आदेशको शैली जस्तो देखिन्थ्यो । विभिन्न क्षेत्रका नेपालीहरुको बाक्लै सहभागिता रहेको कार्यक्रममा जनरल कटवालले आफ्नो कार्यकालमा भएका सबै विवादास्पद निर्णयहरुको बचाउ गरेका थिए । सेना मात्र मुलुकको एक मात्र संगठित संरचना भएको संस्था भएकोले यसलाई नियम कानुन मिचेर चलाउन मिल्दैन भनेर आफूले अडान लिएको भन्दै उनले भने ‘सेना मात्र यस्तो शक्ति हो जसले सिंगो देश जोगाएको छ । ’ उनले अप्रत्यक्ष रुपमा नेपाली राजनीतिमा सेनाको भूमिकाको आवश्यकतातर्फ संकेत समेत गरेका थिए । विभिन्न देशका रिटायर्ड सेना प्रमुखहरु राजनीतिमा सक्रिय भएको र कतिपयले शासनको बागडोर समेत चलाएको उदाहरण प्रस्तुत गर्दै कटवालले आफू पनि राजनीतिमा आउन सक्ने सम्भावनालाई भने नकारेनन् । सहभागीहरुले राखेका जिज्ञासाहरुको घुमाउरो जवाफ दिएर उम्कन खोजेका कटवालले तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिई प्रेसमाथि गरेको ज्यादतीको कार्य गलत भएको टिप्पणी गरेका थिए । उनले भने ‘मिडियामाथिको त्यो हस्तक्षेप गलत थियो र यदि त्यो समय म सेना प्रमुख भएको भए त्यसो गर्न दिने थिइँन । ’ कटवालले सेनाको भरमा २१ औं शताब्दीमा राजतन्त्र टिक्न सक्दैन भन्ने उदाहरण नेपालको राजतन्त्रको पतनबाट प्रष्ट भएको भन्दै सेनालाई विवादमा नतान्न आग्रह गरेका थिए । नेपाल अमेरिका पत्रकार संघका महासचिव आङछिरिङ शेर्पाले स्वागत मन्तव्य र डि.सी. मेट्रो क्षेत्रका उपाध्यक्ष विष्णु शीतलले धन्यवाद ज्ञापन गरेको अन्तरक्रियात्मक भनिएको कार्यक्रमको सञ्चालन संघकी सचिव सर्मिला उप्रेतीले गरेकी थिइन् । दुई घण्टा भन्दा लामो कार्यक्रममा पत्रकार योगेश उपाध्यायले पनि अतिथिको रुपमा आफ्नो भनाई व्यक्त गरेका थिए । कार्यक्रमको ग्लोब नेपाल डट कम,नेपाल होराइजन्स डट कम,सगरमाथा टिभी र हिमाली स्वरहरु रेडियो ले प्रत्यक्ष प्रसारण गरेका थिए । कार्यक्रम सम्पन्न भएपछि ग्लोब नेपाल डट कमसँग कुराकानी गर्दै जनरल कटवालले अमेरिकामा रहेका नेपालीहरुको देशप्रतिको मायाबाट आफू निकै उत्साहित भएको भन्दै यस्तो भेटघाटको अवसर जुटाइदिएकोमा आयोजक नेपाल अमेरिका पत्रकार संघलाई धन्यवाद समेत दिएका थिए । तर प्रश्नोत्तरको क्रममा ग्लोव नेपाल डट कम प्रतिनिधि र अन्य सहभागीहरुको जिज्ञासाको जवाफ चाँहि कटवालले गोलमटोलरुपमा दिएका थिए ।
crazy_boi Jun 8, 2010 9:28 PM
gree with lovenepalalways......... katwal i salute you as well.
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant