हेर्दा हेर्दै हाम्रो देश कस्तो बाट कस्तो भयो !!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हेर्दा हेर्दै हाम्रो देश कस्तो बाट कस्तो भयो !! १) भोका मधिसे आइमाईहरुको लडाई: २) सोझा-साझा कर्मचारीहरुको पिटाइ: बिहारीहरुलाई नेपाली नागरिकता नबाडेकै झोकमा रिसिवी लिएको होला, है ?                         मन्त्रीले सीडीओलाई भकुरिन् चवालीस चवालीस जना मन्त्री भएको माधवकुमार नेपालको मन्त्रिमण्डल साँच्चिकै नमूनै बनेको छ। केही अघिको मात्रै कुरा हो, तमलोपाकी एक मन्त्री चन्दा चौधरीले गाडीको शिशा झ्याम्म झ्याम्म हानेर फुटालेकी। यसपालि चाहिँ फोरम (गच्छदार) को कोटामा मन्त्री बनेकी कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले हात चलाइछिन्। चन्दाले जस्तो निर्जीव शिशालाई हैन, जिउँदो मान्छेलाई हात हालिछिन् उनले। त्यो पनि चानचुनेलाई हो र, जिल्ला भरको सुरक्षा र प्रशासन हेर्ने व्यक्ति सीडीओलाई भकुरिछिन्। कारण ? कारण चाहिँ उही चन्दा कै जस्तै रहेछ। चन्दा चौधरीले पनि पुरानो गाडी पर्‍यो र बाटोमा घच्याक्क घच्याक्क रोकियो भन्ने रिसले शिशा फुटालेकी थिइन्, यी बेगमले पनि पुरानो गाडी आफूलाई पठाएको भनेर नै पर्साका सीडीओ दुर्गाप्रसाद भण्डारीलाई भकुरेकी रहिछिन्। भएको के रहेछ भने यी मन्त्री आज आफ्नो गृहजिल्ला आएकी रहिछिन्। उनको स्वागतका लागि सीडीओले पठाएको गाडी पुरानो परेछ। त्यही रिस उनले पोखेकी रहिछिन्। अझ यी मन्त्रीको कुरा सुन्नुस् न, पत्रकारलाई हाकाहाकी भनिछिन्, हो, मैले सीडीओ कुटेकी हुँ। कठालो समातेर पाँच झापड हिर्काएकी हुँ। जय होस्, हाम्रो नेपालका मन्त्रीहरुको ! फोरम फोरेरै मन्त्री भएका हुन् यिनीहरु। अनि यिनले अर्काको गाला नफोरेर के गरुन् त। हेर्नुस् त मन्त्री हुनुअघि कस्तोसित फाइट भएको थियो फोरमका यी महिला नेतृहरुबीच- भिडियो हेर्न यहाँ क्लिक गर्नुस्। बिचरा सीडीओ! कसरी गरुन् कारबाही! मन्त्रीलाई कारबाही गर्ने हैसियत कहाँ उनको ? प्रधानमन्त्री पनि बिचरा के गरुन्। १०५ डिग्री ज्वरो आएर बालुवाटारको बेडमा सुतिरहेका छन् रे। अरु कुरा जेसुकै भए पनि महिला मन्त्रीहरुको सशक्तिकरण त बेपत्तैसित भा’को रैछ हगि ! आउनुस् यी महान् मन्त्रीको बारेमा केही जानकारी लिइराखौँ। कतै जम्काभेट भइहाल्यो भने चाहिँ टाढै बस्नुहोला नि- करिमा बेगम पर्सा क्षेत्र नं. १ बाट निर्वाचित भएकी हुन्। उनी ३३ वर्षकी भइन्। मधेसी जनअधिकार फोरमबाट उनले प्रत्यक्षमा चुनाव जितेकी हुन्। २०६१ सालमा नेपाल सदभावना पार्टीबाट राजनीतिक जीवन प्रारम्भ गरेकी थिइन् उनले। तर राजनीतिक सक्रियता भने २०६२ सालदेखि शुरु भएको हो। यसबीच उनी पाँच पटक पक्राउ परिसकिन्। सदभावना पार्टी, महिला मञ्चका वीरगञ्ज नगर अध्यक्ष रहिसकेकी बेगम मधेसी जन अधिकार फोरमका केन्द्रीय उपाध्यक्ष हुन्। भारतबाट माध्यमिक तहसम्मको अध्ययन गरेकी बेगम ३ छोरा, १ छोराकी आमा हुन्। Source: mysansar.com  <http://www.mysansar.com/?p=664... <http://www.mysansar.com/?p=611... Last edited: 11-Nov-09 07:27 PM

hit.the.hot · Nov 10, 2009 6:51 PM · 17,483 views

8 Replies

मन्त्रीलाई मुद्दा ठोकियो तर पक्रला त प्रहरीले? सीडीओ कुट्ने मन्त्री करिमा बेगमविरुद्ध पर्साको प्रहरी कार्यालयमा सार्वजनिक मुद्दा दर्ता भएको छ। उनलाई पक्रन पक्राउ पूर्जी पनि जारी भएको छ। अब चाहेमा प्रहरीले उनलाई पक्राउसमेत गर्न सक्नेछ। तर ‘माथिको आदेश’ बिना पक्रन त के, उनलाई कसैले छुनसमेत सक्दैनन्। के साँच्चै सीडीओ कुट्ने मन्त्रीलाई पक्रेर कानुन अनुसार कारबाही होला त ? आफ्नो सरकारलाई टिकाउने मुख्य आधार रहेको पार्टीकी मन्त्रीलाई कारबाही गर्न प्रधानमन्त्री माधवकुमार नेपाल आँट देखाउलान् त ? तर आज दिनभरको स्थिति हेर्दा यो मुद्दा त्यसै खत्तम हुने छाँट पनि देखिन्न। किनभने आज देशभरका सरकारी कर्मचारीहरु आन्दोलनमा उत्रिए। उनीहरु केही न केही कारबाही बिना चुप लाग्ने देखिन्नन्। सार्वजनिक मुद्दासमेत दर्ता भएपछि अब कानुन अनुसार कारबाही गर्न बाटो पनि खुलेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीमाथि हातपात गरेको आरोपमा कृषि राज्यमन्त्री करिमा बेगमविरुद्ध प्रमुख जिल्ला अधिकारीका सुरक्षा गार्डले अबेर साँझ सार्वजनिक अपराधमा मुद्दा दर्ता गरेका हुन्। त्यसअघि जिल्लास्थित सुरक्षा अधिकारीको अनौपचारिक छलफल भएको थियो। छलफलपछि प्रमुख जिल्ला अधिकारीका सुरक्षागार्डमार्फत राज्यमन्त्रीमाथि मुद्दा दर्ता गरिएको हो। जिल्ला प्रहरी कार्यालय, पर्साका मुद्दा फाँट इन्चार्ज प्रहरी निरीक्षक भुवनेश्वरप्रसाद साहले राज्यमन्त्री बेगमलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी भएको पनि सञ्चार माध्यमलाई बताएका छन्। साँझ मुद्दा दर्ता भएको र राज्यमन्त्री दिउँसो नै राजधानी गइसकेकाले पक्राउ गर्न नसकिएको निरीक्षक साहले बताएछन्‌। राज्यमन्त्री बेगम सिमराबाट ४ बजेर २० मिनेटको उडानमा राजधानी आएका छन्। Source: mysansar.com http://www.mysansar.com/?p=669... Last edited: 11-Nov-09 07:29 PM

hit.the.hot · Nov 11, 2009 7:18 PM

कान्तिपुर आज: Source: CanadaNepal.net Last edited: 13-Nov-09 10:01 AM

hit.the.hot · Nov 13, 2009 10:00 AM

To form a government we have to prove majority, once you do not swift to majority, it will be collation and minor party has more bargaining power than their number. The result  is in front of us. A hung government nothing but puppet government, that is the reason we have 44 minister out of ????, find out the percentage and find the total population. If any collated party withdraws , the government collapses, which is a bad part of our kind of democratic practice.  

syanjali · Nov 14, 2009 12:06 PM

hit.the.hot · Nov 17, 2009 10:05 PM

Shame on us that we chose these kind of foolish leader for our nation's future....

gagukakhaa · Nov 17, 2009 10:38 PM

Thanks for sharing.

churse · Nov 18, 2009 12:05 AM

This is a real shame on us! Hamro desh baru pahele nai ramro thiyo? yeha padelekheka manchhe haruko valuenai chhaina, sabai thau ma (including netas) sitchhit machhe lai nalagera yesto bhayeko ho

myzenith · Nov 18, 2009 3:00 AM

This is the press release by Begum. This clearly shows her stubbornness and her inner desire of breaking the country into small parts using racial issues as "Madhesh"... Shame on PM MAKUNE's govt., who is still unable to take any action against this retard!!  Last edited: 18-Nov-09 10:17 AM

hit.the.hot · Nov 18, 2009 9:41 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion