लिन्क चाइयो हो भुरा भुरी हो !!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हन हो त्यो बज्जे हरी बम्से को जे भो राम्रै भो भन्ने सिलेमा कहाँ हेर्न पाइएला  हो ? झ्याउ लागि सक्यो खोज्दा खोज्दा .....

BudoBaaje · Jul 16, 2009 10:15 PM · 20,842 views

11 Replies

ए मर्न नसक्या बुढा। एसो पेन्सन को पैसा झिकेर नेपाल बाट क्यासेट झिकाये हुन्न ? जनै को साचो कती सम्मा भिर्ने हो गाठे ?

bhariyadai · Jul 16, 2009 10:39 PM

बाजे लिन्कले काम गरे हेर्नुस् नत्र माफ गर्नुस् है!! http://www.veoh.com/browse/vid...

tamanglakola · Jul 17, 2009 12:22 AM

यो बूढालाई मर्नी बेलाँ नि हरियो काँक्रो चाइया छ...

bhikhaari · Jul 17, 2009 2:34 AM

हा हा हा बाजे का मरेका थियौ एत्रो दिन ,अहिले सिलेमा हेर्न मन लागेर भुरा भुरी सम्झेछौ त। भुरा भुरी अनी साझा का गाउँले हरुले त बुडो बाजे मरे रे भनेर श्राद्ध पनि गरी सके। पिन्ड चै बगाउने ठाउँ नपाएर अहिले सम्म फ्रीज मा छ।

pacific salmon · Jul 17, 2009 6:36 AM

I remember one incidence from  campus. Once one of the student died and there was a small program outside to pay tribute to the dead student.  As everybody was taking 2 minute silence a big  board of the film   " J BHO RAMRAI BHO " passed us by slowly. Last edited: 17-Jul-09 06:47 AM

no_quiero · Jul 17, 2009 6:43 AM

No quiero bro- that was funny ! Ha Ha !!

Maalpaani · Jul 17, 2009 9:36 AM

pacific मित्र बडो राम्रो कुरो गर्नु भो

Mulmiz · Jul 17, 2009 1:33 PM

मेरो मेसिनले चलचित्र हेर्न दिदैन, यो आगो स्याल (mozilla firfox ) राखेर हो कि. 

syanjali · Jul 17, 2009 4:35 PM

सबै ले गफ  दिन मात्रा जान्ने बै ! भुत्लो  भाङ्लो  कसैले केही गर्ने होइन ! कसैले केही तातो पानी लाएन ए  ! अहिले कुनै तरूनी ले हेल्प गरन भन्या भा खदिएको  थाल ( c.d. ki k ho ) किनेरै दिन्थे होला असत्ती मोरा हर्ले ! मेरो पिन्ड फ्रिंजा राख्ने को घर मा एक हुल त म लो पा पसोस । वाइ   सि  एल , माओवादी पसोस । बिरेन प्रधान हरु पसोस ...सबै मीस्सिएर बनेको  कुखुरा   पुच्छर  9 COCKTAIL HOLA SAYAD ) पसोस ...मेरा पाकेका भुत्ला हरुको कसम २४ घण्टा मा मेरो असिर्बाद लागि जाओस ! 

BudoBaaje · Jul 19, 2009 3:22 PM

हे बाजे, बैतरनी तर्ने बेलामा कहाँ फिलीम को लिन्क खोजेर बसेको बरु राम भन्नुस् बाजे राम

dd_sh · Jul 19, 2009 3:31 PM

अब जमाना मा बनेको भये त राम ले नि फिलिम हेर्न छाडेर किन जंगल जंगल रामलीला  गर्दै हिड्थ्यो होला र? त्यो मुला युद्ध जितेर भगवान भएको मुला को कुरा नगर है बा म सँग । जुद्ध मा रावण् ले जित्या भा त्यही मोरो भगवान हुन्थ्यो । हाम्रो धर्मै खत्तम ......जस्ले मार्यो त्यही भगवान हुन्छ । अली धेरै बर्ष पछी प्रचडो पनि भगवान हुन बेर थिएन तर कुर्सी मा अली धेरै दिन  कन्नो टास्नै सकेन र पो । जितेर मात्रा कहाँ ईतिहास लेख्न पाईन्छ र? सत्ता पनि त हातैमा हुन पर्‍यो भन्छु म

BudoBaaje · Jul 19, 2009 6:15 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion