ग्यास स्टेसनमा एक दिन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

शैक्षिक योग्यताको हिसाबले मैले गत डिसेम्बरमा मात्र टेक्सस राज्यको एक प्रतिष्ठित विश्वोविद्यालयबाट कम्प्युटर प्रविधिमा स्नातक गरेकोछु । त्यस उपलब्धिका आधारमा त म क्यलिफोर्निया राज्यको कुनै प्राबिधिक कम्पनीमा नै नभएपनि स्थानिय सानातिना सफ्टवेर कम्पनीको कर्मचारी हुनुपर्ने । दुर्भाग्य, नियतिले ल्याएपुर्यायो १५०० ज्याक्स्बोरो हाइवेमा - माफ गर्नुहोला यो कुनै सानोतिनो सफ्टवेर कम्पनी होइन यो त एउटा ग्यास स्टेसन हो। अनि त के दिनचर्या शुरु हुन्थ्यो- "hey,What's goin on?"; "I appreciate your business" र "Have  a Nice day" बाट। निश्च्यपनि अमेरिकाको करिब छ बर्षे यस उपलब्धिबाट मन हर्षित त थिएन नै । तैपनि अलि अलि विश्वोव्यापी आर्थिक मन्दी र अलि अलि आफ्नो अकर्मण्यतालाई दोष दिँदै भोलिका सुनौला दिनको कल्पना गर्थेँ । नेपालकी गृहणिको जस्तै भएको थियो मेरो दिनचर्या फरक त खालि यति कि उनिहरु भालेको डाँकसँगै घरेलु धन्दा लाग्छन भने म चाहिँ घडीको alarm सँगै आफ्नो भाग्यनिर्माणतिर लाग्थेँ ।   जिन्दगीनै धिक्कार लाग्थ्यो जब अमेरिकामा कुकुरपनि नउठ्दा आफुचहिँ चार कोषपर काममा जानुपर्दा ।    भन्छन नि दिन जसरी शुरु गर्‍यो त्यसरी नै बित्छ । त्यहिभएर आफ्नो अनुहारबाट म कहिलेपनि आफ्नो मधुर मुस्कान हराउन दिन्नथ्ये--कदचित मनमा जतिनै दु:ख किन नहोस् । तर यि नरपिचाशहरुले कहाँ यस्तो गर्नदिनु र? स्टोरको ढोकामा तिङरिङ्ग घन्टी बज्छ, म आफ्नो पहिलो ग्राहकको स्वागत गर्न  अघि तम्सन्छु । "Hey how are you doing today ?" त्यस महाशयको मुखबाट मधुर मुस्कान त के एउटा   बोलीपनि फुत्दैन । मैले मनमनै विचार गरेँ शायद विहानविहानै काम जानुपरेकोले ठुस्केकोहोला । तर अहँ आफ्ना सामान लिएर फर्कने बेलामासम्म समेत न त फेरी भेटौँला छ न त धन्यवाद । शायद मेरो ठाउँमा कोही गोरजातिका मान्छे हुँदो हो  त वेलिविस्तार शुरु हुन्थ्योहोला, "ज्वाइँले नयाँ boat किनेका रहेछन् , बोटिङ  गइयो, साँझतिर barbaque गरियो, साह्रै मज्ज आयो, यावत यावत ।  यि यसता महाशय हुन् जो अलि अलि पढिलेखेका छन्, अलि अलि सम्पत्तिवाल र अङ्रेजी बोल्ने गोराहरुलाई मात्र विश्वोवासी अर्थात् अमेरिकावासी ठान्ने । म पनि के कम अरे बाबा यस देशमा बसी त्यात्रो पढि आएको मान्छे पो हुँ, उसले कुरा गर्न चाहदैन भने म मात्रा किन बोल्ने? मैले पनि मुन्टो बाटरेर उसको फिर्ती पैसा दिएँ र आफ्नो कामतिर लागेँ । त्यतिकैमा एक पोटिली जवानीले मस्त युवती भित्र पस्छीन् । उनको गाडी अनेकौँ रङले पोतिएको थियो, लेखिएको थियो-- "class of 09 ;I am done; I fulfilled my parents' dreams"। यसरी दुलहिझैँ सिङरिएको गाडी देखेर मैले उनलाई एकपछी अर्को प्रश्न गर्नथालेँ   -- "तिमी आज साह्रै खुशी देखिन्छौ , केही स्पेसल् छ ?" उनले भनिन, "म आज graduate भएँ"। उनको जवानीले उन्मात शरीर र वयस्क बोलिचालिले हो न हो कुनै ठुलै युनिभर्सिटीबाट स्नातक वा स्नातकोत्तर नै गरिनहोला भनेर मैले सोधेँ, "कुन युनिभर्सिटीबाट उत्तिर्ण गरेकी ?" विनाकुनै संकोच उनले भनिन,"युनिभर्सिटीबाट होइन हाई स्कुलबाट" म मनमनै भन्दैथिएँ हे दैब जाबो हाई स्कुलबाट पास भएरपनि कत्रो फुर्ती हो, हाम्रो उहाँ नेपालतिर त जाबो हाई स्कुल  खर्पन बोक्नेले देखी कुमालेलेसम्म पनि पास गर्छन् ।  उनले थपीन्, "हेर मेरो सफलतामा उनिपनि साह्रै खुशी छिन्",आफुसगैँ आएकी एक महिलालाई इङित गर्दै उनले भनीन् । देख्नमा ति अर्की महिला अलि जेष्ठ थिए तर थिए अति सुन्दर । कौतुहल्ताकामाझ मैले जसै सोधेँ, "ति स्त्री तिम्री दिदी हुन?" ति पहिली युवती रातोपिरो हुँदै स्टोरबाट बाहिर निस्कि । मैले मेरा  अमेरिकन साथीहरुले कहिलेपनि अमेरिकन महिलाको शरीरिक बनौट र उमेरकोबारेमा टिप्पणी नगर्नुभन्ने कुरा बिर्सिए । वास्तवमा ति महिलाहरु आमा-छोरी रहेछन । आफ्नी आमाको उमेरसँग आफ्नो उमेरको तुलना भएकाले ति महिला दुखी थिइ, तर आमाचाहिँ आफ्नो उमेर आफ्नो छोरिकोसगँ तुलना गरिदिएकाले बाहिर बाहिर दुखी भएपनि भित्रभित्र भने खुशी थिइन् ।   जसै ति महिला रुदैँ बाहिर जादैथिएँन एक भद्रपुरुष उनलाई सम्झाउँदै भित्र प्रवेश गर्छ । यि महाशयकोपनि आफ्नै महत्मेय छ-- उनको गुनासो नभएको कुनैपनि निकाय हुँदैँन् । विगतमा आकाशिँदो मूल्यव्रिदिकाबारेमा मसँग होइन टेक्ससका सभासद्हरुसँग कराउनू भनेर झपार खाएपछी यि मसँग केही डराएकाथिए । पेशाले यिनी एक पुराना गाडीहरु बिक्री गर्ने डिलरका कामदार हुन् । स्टोरमा एक चक्कर जस्तो मारेर अत्यन्त रिसहा मुद्रामा भने, "तिमिहरु यहाँ हामीजस्ता सोझा जनतालाई चुस्न बसेका जुका हौ, जाबो एउटा जुसको पनि २ डलर चार्ज गर्ने ? अनि ग्यासको भाउपनि कति महँगो हो?" "मेरो सरापमात्र लाग्ने हो भने तिमीहरु सबै टाट पल्टेपनि हुन्छ ।" मैले मनमनै विचार गरेँ, "यदि सार्किले चिताउँदैमा जर्सी गाई मर्ने भए नेपाल उहिले नै अमेरिका भईसक्थ्यो"।    हजुर ग्यास स्टेसन ठाउँ यस्तै हो यहाँ अनेकौ हैसियतका मान्छे आउँछन् (तर विशेषगरी निम्नवर्गिय)। यि अर्का    महानुभाव पेशाले निवित्र अमेरिकि सेना हुन्  जो अहिले एक बिमा कम्पनीकोलागी काम गर्छन् । यिनको लवाइ-खवाइबाट नै  अन्दाज गर्न सकिन्छ कि यिनी धनाढ्य छन्-- उही नेपालमा अलि अलि भुँडी लागेका, अलि अलि कपाल कैलो परेको मान्छेलाई ठकुरी या त राजखान्दानका बनाइदिन्छन् नि, यिनीपनि अमेरिकि ठकुरी ।  सम्पत्ति टन्नै भएपनि यिनमा झनै बढी सम्पत्ति बनाउने मोह देखिन्थ्यो । फलस्वरुप: उनले किन्ने सामान केवल चिट्ठामात्र हुन्थ्यो(अमेरिकाको प्राय: राज्यहरुमा राज्य शिक्षाको सहयोगार्थ किराना स्टोरमा चिट्ठा बिक्री गरिन्छ) र ३० पैसा पर्ने बिस्कुट। भन्थे यो चिट्ठा त जितौ मा बहामस गएर गल्फ खल्छु । हे दैब यहाँ मान्छेलाई सातै दिन सातै रात काम गर्दा त जिविका चलाउन गार्हो छ, यि महाशयचाहिँ चिट्ठाको जितौरिबाट बहामस गल्फ खेल्नजान तम्सिएका । मेरा साहूबाको भनाइ थियो, "तिमी विद्यार्थी भएकाले तिमी पैसा कमाएर पढाई पूरा गर्न चाहन्छौ,  यि मनिससँग चाहिँ पहिलेनै टन्नै पैसा छ त्यसैले उनी बहामस गएर गल्फ खेल्न चाहन्छन् ।कुरा ठीकै लाग्यो । जसरी दिन छिपिँदै जान्छ ग्यास स्टेसनमा विभिन्न खाले बहुरुपियाहरु आउछन्-एककिसिमका बहुरुपिया हुन्- नावालिग भएरपनि वालिगको ढोङ रच्ने । यस्तै एक नावालिग 'वालिग'को प्रवेश हुन्छ स्टोरमा । यिनको हुलियापनि अलि अचम्मकै थियो- जुलाई महिनाको गर्मिमा कालो कमिजमा, कालो कट्टु र थिएपनि यिनी काला जातिकै अनि उनले आफ्नो कट्टु आफ्नो एक हातले अठ्याएका थिए । उनको साथमा थिइ एक गोरी सुन्दरी-सायद त्यस युवाका प्रेमिका थिइन् होला ।  उनले मसँग एक पाकेट चुरोट, एक सिगार र एउटा zig zag रोलिङ पेपर मागे । अनि मैले बल्ल थाहा पाएँ किन त्यस्ता न इलम, न पढाई, न पैसा भएकासँग लागेकी ति सुन्दरी । अनुहारले अलि कलीलो देख्ने यि युवासँग मैले परिचयपत्रको लागि अनुरोध गरेँ । परिचयपत्रको फोटोसँग वास्तविक अनुहारको त्यती मिल्ती नदेखेर मैले सशंकित मुद्रामा  प्रश्न गरेँ, "यो फोटाका तिमीनै हौं ।" एक्कासी आक्रोशित भएर उनले भने,"तिमिहरुको काम नै यस्तो १८ वर्ष पुगिसकेकालाई पनि अनेकौं समस्या दिने, बाहिर त आइज म देखाउँछु तँलाई म कति वर्षको भएँ ।" यसरी एक युवाले मलाई पाखुरे बलको चुनौती गरेको मेरा सहकर्मी रिकलाई सहीनसक्नु भएछ क्यार नेपथ्यबाटै (कूलरबाट)चिच्याए, "मेरो स्टोरबाट निस्कीहाल नत्र !" यसरी एक अनयाश चिच्याहटबाट एक सानी बालिकाको त सातो नै गएछ । यि तिनै Hispanic बालिक हुन् जो मसँग पछील्लो समय निक्कै झ्याम्मिएकी थिएन् । उनी जसै आफ्नी आमासँग स्टोर पस्थिन् म उनलाई "Que paso nina" भनेर स्वागत गर्थेँ ।  पहिले पहिले त लाजले भुतुक्कै हुन्थी । तर पछी पछी त शायद मेरो टुटेफुटेका स्पनिस उनलाई हास्याँस्पद लाग्थ्यो होला उनले मेरो स्पनिसको खिल्ली गर्न थालीन् । उनले छुत्नेबेलामा आफ्नो तोतेबोलिमा मलाई "chee you neck time,have a nike day" भन्थीन् । पछी यस्तो दिनपनि आयो एकदिन ति बच्चिलाई नभेट्दा मलाई दिन नै अपुरो भएजस्तो लाग्थ्यो । झल्ल्यास मलाई एक लेखकको "मेरो सानू साथी" नामक कथाको याद आयो । फगत केही घण्टाको रेलयात्रामा त त्यसरी मित्रता बढ्नसक्छ भने मेरो त झन उनिसँग दिनका दिनै भेट हुन्थ्यो । मनै त रहेछ जीवनको कुनै मोडमा मन मिल्ने मान्छे साथी बन्दोरहेछ र उमेरको कुनै पर्वाहाविना बालापन उर्लेँदोरहेछ । उनिसँग मेरो एक किसिमको मित्रता र सहानुभूति रहेको थियो । यस्तै एक सहानुभूति मेरो मेक्सिकन कमदारहरुप्रति पनि थियो । यि महानुभावहरु दिनभरी टण्टलापुर घाममा अमेरिकनहरुले नरुचाएका निम्नवर्गिय काम गर्दछन् । यिनिहरुको कथन थियो--"mucho trabajo pokito dinero" अर्थात् काम जति गरे नि पैसाचाँही थोरै । हुनपनि सुनौलो भविष्यको कल्पना गरेर अनेक संघर्ष र अध्यागमनको आँखा छलेपनि आशातित कमाइ नहुँदा मन भाँचिनु त स्वभाविक नै हो । जसै म ति कामदार र मेरी सानी साथीको बारेमा सोच्दैथिएँ यि एक महाशयले विभिन्न खाद्य सामाग्री र एक ३० प्याक बियर लिइ काउण्टरतिर आए । यिनी हुन् -माईकल- पेशाले जँड्याहा जो आफ्नो पुर्खाको सम्पत्तिले धनी भएका । त्यसैले स्टोर आउँदा नि यिनी हरेक दिन गाडी फेरी फेरी आउन्छ, तर खाद्यान्न किन्न सरकारको अनुदान foodstamps को प्रयोग गर्थे भने मादकपदर्थको लागि social security check को प्रयोग गर्थे । यो सब देखेर उनिपछीका ग्राहक रिसले मुर्मुरीरहेका थिए । उनी १ सन्तानका पिता र हप्तामा ६० घण्टा काम गर्ने जेहेन्दार थिए । उनको गुनासो थियो --"म भने मरी मरी काम गर्ने अनि foodstamps को लागि दर्खास्त हाल्न जाँदाचाहिँ म qualify भएन रे, कारण मैले धेरै काम गर्छु रे। "अनि के त त्यसो भए एक दर्जन बच्चा पाउने अनि काम नागरिकन घर बस्ने? तब हुन्छ foodstamps को लागि qualify" स्टोरमा कोही नभएको मौका पारी उनले मज्जैसँग प्रशासन पंक्तीसँग मुर्मुरिने फुर्सद पाए । जानुअघि उनले आफ्नी छोरीलाई एउटा पेप्सी किनिदिए जसको बादलामा छोरीले धन्यवाद भनिन् । म सोच्दैथिएँ आफ्नै बुवासँग केही किनिमाग्दा नि धन्यवाद- अनुशासन हो कि संस्कार- बुझ्नैसकिन मैले । जसै ति पिता आफ्नो पैसा खल्तीमा हालेर विदा हुँदैथिए उनको खल्तिबाट २५ पैसाको ढ्याक खसेछ । उनिपछीका भद्र पुरुषले उनलाई कोट्याँदै भने," यि दाई तपाईँको २५ पैसा तपाईंले खसाल्नु भएको" । एक ५० पैसा पर्ने हुलाक टिकट किन्न आएका ति महाशयले त्यो २५  पैसा प्रयोग गर्न सक्थे, तर कसमेकम १ डलर त हुनुपर्थ्यो नि । त्यो २५ पैसा लिएर किन बद्नामी कमाउने, मैले उनलाई मनमनै प्रश्न गरेँ। ति मानिसले टिकट किन्न मलाई १ डलर थम्याए । क्यास रेजिस्टरमै रहेको टिकट दिएर मैले उनलाई ५० पैसा फिर्ती पैसा नै दिन बिर्सेंछु । ति मानिस टोल्याउँदै मेरो मुहारमा हेरिरह्यो । मैले उनलाई उनको फिर्ती पैसा दिन बिर्सेंर पर्खिबसेका रहेछन् उनी त । मैले माफि मग्दै उनलाई भने ,"मैले बिर्सेंछु ।" ति मानिसको मुहारमा मैले उपहासको हाँसो देखिरहेको थिए, "बिर्सेंको कि मेरो ५० पैसा खान खोजेकी?" निम्न जातीका मान्छेसँग यस्तो कुरामा रिसाउनु ठीक थिएन् त्यो मलाईपनि थाहा थियो। अब तपाईं नै भन्नुस् त के मैले उनको ५० पैसा खाने मनसाय राखेँ होला त ?                             यसरी नै बितिरहेकाछन् दिनहरु ।  विहान विहान उठ्नु पर्दा त लाग्छ काम नै छोडिदेउ, तर पैसा त कमाउनै पर्‍यो नि । यि दुई तक्काका मानीसका सस्ता लाल्छना सुन्दा त अमेरिका आएर यत्रो मेहेनत गरेको व्यर्थ जस्तो लाग्छ । तर पनि भोलीका दिनले नयाँ किरण ल्याउला भन्ने कुरामा आशावादी भएर बाँचिरहेको छु । यि घटनाहरु लेखकको जीवनमा आधारित भएकाले कसैको वास्तविक जीवनसँग मेल खाएमा संयोग मात्र मानिनेछ । निश्च्यपनि यस लेखको आशय कसैको भावनामाथी खेलवाड गर्नुपनि होइन ।                                                                                                                                                                                    

BirKrishna · Jul 1, 2009 1:39 PM · 29,126 views

17 Replies

This story represents many people's struggle to existence in this recession. Thanks!

sajha_addict · Jul 1, 2009 1:54 PM

साथी राती जती त्एस्को दिन तेती नै उज्यालो हुन्छ यो कुर म विश्वाश राख । तिम्रो यो कथा शायद अमेरिका म बस्ने सबै विद्यार्थी हरु को chha आज जे सुकै होस् भोली तिम्रो हुन्छ हुन्छ यो कुर म विश्वाश राख

Sajivan · Jul 1, 2009 2:25 PM

yastai ho sathi gas station ko jindagi...........ma pani tyahi najikai main street mai ho sathi...........lol same story   every single day..........keep writing.....

gwache · Jul 1, 2009 2:29 PM

Very Nicely written....and it actually resembles with mine 99%

mysteryman2055 · Jul 1, 2009 3:22 PM

अहिलेको समय भुतले खाजा खाने बेला परेको छ , दु:ख सुख का कुरामा साथीले चार कोस बिहानै दौदनु पर्‍यो भन्नु भयो , हामी र हाम्रा साथीले एक तर्फी एकाउन्न माईल ४ घण्टाको लागि दौडाएका देखेका छौ , त्यो गर्मी महिनामा हैन मध्य हिउले पुरिने समयमा। घर बसेर बियर धोक्नु भन्दा २ । ४ पैसा आइ हाल्छ, कलेजको तिर्तारलाई मद्घत पुग्ला भनी .तेही हो , यहाँ आएर भोग्नु पर्ने अमेरिका र त्यहा (NEPAL) बाट कल्पित अमेरिका को अन्तर अनुभब गरिदै छ र गर्दै छौ  . एउटा काजी साब कोन्फेरेन्के मा आउनु भएको ,  चट्ट कालेज भर्ना भाई हाल्छ अनी त राजामहल्को बास हुने कल्पना एक महिने विसा अनी भर्ना हुने कुरा डाडा पारीको आगो तपाईं भयो , उन्को अबैध बस्ने कुरामा शाहमती कसैले दिएनन , यहाँका भुग्तभोगिले . उन्को सौभाग्य नेपाल फर्किए तर हुईया हाकेर आएका , होस्टल को प्रमुख खोसिएछ , तर अहिले क्यानाडा पुगेका छन रे. यो धागोका लेखक लाई सम्झँदा ति काजी साहेबले सबै लाई धन्यबाद दिनु पर्ने हो , त्यो त त्यही बस्ने लाई मात्रै थाहा हुन्छ अबैध्य बसाइको दुखेसो । ति भद्र पुरुष अझै मलाई बस्न दिएको भए के के गरी सक्थे बनी , बोलचाल पनि छैन रे . सुनौला दिन अबस्य आउछन, २ । ४ दिन ढिला टाढा मात्रै हो ।   

syanjali · Jul 1, 2009 5:02 PM

very thoughtful writing. make me emotional. Don't give up, keep on trying. u will get it. keep hope.

kabitapiya · Jul 1, 2009 8:03 PM

yestai ho, kasaile nadekheko bholi ko lagi aaja ko hamro din lai kharab gardai chhaun hami sabai , yestai ho yahao ko rit

mulmiz · Jul 1, 2009 8:40 PM

nice and real story.I appreciate ur writing art.

crackboy · Jul 1, 2009 9:02 PM

  Last edited: 01-Jul-09 11:10 PM Last edited: 01-Jul-09 11:11 PM

ccr · Jul 1, 2009 11:10 PM

Same story here man. Had master degree tara Gas station ko ghanta....Ghar aayo,2-4 bottler beer bajayo, sajha heryo...sutyo..bholi dekhi tehi suru...sayad yehi ta hola bhanchan ni dhobi ko kukur na ghar ko na ghat ko....aaru ta thaa chaina ma chai tehi ho...No money, no hope,,no more dream....

राछस · Jul 2, 2009 1:33 AM

well said and narrated birkrishna...us ma basne praya 40-50% student ko daily activity nai tyehi cha...bihana uthyo ani dinbhari customer herdai basyo.....behal cha ni jindagi....tyei matra ho ra??? kahile kahi lagatar shift ma kaam garda po rish uthcha ni...once i've worked 38 hours regular without break...can you imagine that???tara ke garne dost!!! semester ko paisa ta clear ganrai paryo..pheri insurance, rent, utility, beer, food pani ta hernu paryo ni

viceroy53 · Jul 2, 2009 11:41 AM

जिन्दगिको यथार्थ चित्रण! कथा भन्दा पनि आफ्नै ब्यथा जस्तो लाग्यो।

crazy_love · Jul 2, 2009 12:08 PM

gajab chha raja ... keep it up

ramprasadneupane · Jul 2, 2009 3:51 PM

Go back to Nepal before getting caught with homeland security. Hey say thanks to god for being so lucky, otherwise would be gone forever.

Jack khattri · Jul 2, 2009 9:54 PM

nicely composed; a very good read indeed !! good luck with your job hunt too

wtf · Jul 3, 2009 12:34 AM

yesaree morayra life ko prime time bitaunu bhanda ta Nepal gayara sano tino jagir garay hudaina ra bhannaya??? mailay pani gas ma dherai kaam garay.. sochu Nepal gayako bhaya sathi haru jastai hakim huntheya hola... sabai bhai bahinee haru layee mero bi namra aanurodh.. yesari atma mari mari oomer khanu bhana baru sodesh ma gaya ra sano tino kaam nai garum na.. ki kaso?  

dyamn · Jul 3, 2009 2:13 AM

Thanks all for your precious comments. Another one on the same pattern--under making-- looking forward for more comments. 

BirKrishna · Jul 6, 2009 6:40 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion