[Show all top banners]

bluesfan1

More by bluesfan1
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बाह्र लाखको कविता
[VIEWED 4361 TIMES]
SAVE! for ease of future access.
Posted on 10-22-08 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.khasskhass.com/12lakhko.htm

बाह्र लाखको कविता



सुन्दर
जोशी

वेष्ट पाल्म बीच, फ्लोरिडा


मेरो मुटु लगलगी कामी रहेको अमेरिकामा तीन महिनामात्रै बस्न पाउने छाप लागेर बाहिर निस्केको दुई घण्टा भई सक्यो गोष्ठिको आयोजकले भन्नु भए जस्तै मेरो स्वागतको प्रतिक्षामा कोही भेटिएन यो बिरानो मुलुकमा डि. एफ्. डब्लु. विमान स्थलको चहल पहल देखेर नै सातो उडिसक्यो, कहाँ जाने -  कसलाई गुहार्ने - घरि घरि गोजी छाम्छु बाह्रलाखको कविता गोजीमा सुरक्षित दौरा सुरुवाल पाल्पाली ढाका टोपिमा छाटिएर आफ्नो छन्दोबद्ध कवितालाई लय हाली हाली पढ्नेछु स्वदेशको नाङ्गो तस्वीरजस्तो मेरो कविताले परदेशमा बसेकाहरूलाई क्वाँक्वाँ रुवाउनेछ मेरो बाह्रलाखको कविता पढि सके पछिको आफ्नो प्रसिद्धिको कल्पना गर्दै अवतरण गरेको थिएँ यो स्वप्न भुमिमा तर यतिवेला मेरो मुटु लगलगी कामी रहेको एउटा अञ्जान भय त्रासले आक्रान्त मेरो मुटु एउटा बबुरो कविले नेपालमा जोहो गरेको सम्पत्ति पुरै बाह्र लाख बुझाएर भिसा हानेको राहदानीलाई टुलुटुलु हेर्छु
 

'ब्यर्थै भागिस देश छाडेर -' मनले मलाई नै दोषि औला ठड्याइरहेको   'के गर्नु नभागेर ? सबै भागि रहेका छन् पहाड रगताम्य , तराइ दनदनी बलीरहेको , कोशीहरूमा शुद्ध सङ्गलो पानी बग्दैन आजभोली सबै भयभित छन्, सबै भागिरहेका छन् अध्ययन, अनुसन्धान, खेलकुद, मनोरञ्जन, समाजसेवा अनेक बहानामा सबै भागिरहेका छन् कविता सुनाउने वहानामा पनि भागेँ के अपराध गरेँ ?' दिमाग खुस्केको मानिस झै एक्लै बड्बडाउन थालेछु गोष्ठिको नाईकेको छन्दबद्ध कविता जस्तै मधुर वाणीहरू सम्झीन थालेँ, 'डलरको खेति हुन्छ अमेरिकामा बाह्र लाख उकास्न बाह्र महिना कुर्नु पर्दैन अनि हिसाब लगाउ जिन्दगीमा कति कमाउने छौ ?'
 

साँच्चै कविता जस्तै लयबद्ध उस्ले भनेजस्तै सपनाको खेतहरू कहाँ छन् होला अनी खै काहाँ त्यो गोष्ठिको आयोजक जस्ले स्वयं तपाईको स्वागतमा विमानस्थल हाजि हुनेछु भनेको थियो

 

मेरा आँखाहरू भिडमा उस्को अनुहार खोज्दा खोज्दै थाकी सके त्यै पनि आश मारेको छैन उस्ले दिएको नम्बरमा फोन गर्दा गर्दा साटेको खुजुरा सबै सकिइ सक्यो उनीहरूलाई सर्म्पर्क गर्ने अर्को कुनै माध्यम थिएन त्यत्रो ठुलो गोष्ठिको आयोजक सम्भवतः अरु काममा ब्यस्त भयो होला
     

'आफै आउन नपाए पनि कसैलाई पठाउन पनि सक्थे, किन कोही देखा नपरेको होला ?' मेरो मन यति अधिर भै कहिल्यै छट्पटाएको थिएन फेरि भिडमा आँखा डुलाउन थालेँ

 

"हैन, तपाईँ नेपाली जस्तो देखिनुहुन्छ नि ?" अनायास यी वाणिहरू ठोकियो मेरो कानको पर्दामा विजुलीको गतिमा त्यो ध्वनी आएपटि फर्किएँ । एकजना निकै हट्टा कट्टा ज्वाजल्य व्यक्तित्व भएको मानिसलाई सामु पाएर हेरेको हेर्यै भएँ आँखाबाट हर्षको आँसु झण्डै बाँध फुटाइ बगेनन् हत्तपत्त सोधेँ, "हजुर गोष्ठिको आयोजक मध्येकै हुनुन्छ ?"

 

" गोष्ठि ? आयोजक ? खै के भन्नु भा' हो तपाईले मैले केही बुझिन मैले तपाईलाई नेपाली लागेर सोध्या मात्रै  "

 

आँसु त त्यसै पनि बग्न आतुर भै सकेको थियो तर अब हर्षको हैन बेदनाको भएर तर रोकेँ रोक्नै पर्थ्यो मैले साहस गरेर बाह्रलाखको कविताको भूमिका सारांशमा सुनाएँ निकै भावुक भयो भने उस्ले कोटको बाहुला बटारेको देखेर खङ्ग्रङ्ग भईसकेको थिए कोटको बाहुला बटार्नेहरूबाट भयभित थिएँ तर, समय हेरि

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
Supporting issues on principle instead of blind brainwashed support
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters