← Back to Kurakani

खोइ गजल बन्यो बनेन?(भाग-१)

Original Post

साझामा विशेष गरी गजल तिर एउटा राम्रो संस्कार देखेँ ,गल्तिहरु औँल्याईदिने त्यहि भएर एउटा गजल लेख्ने प्रयास गरेको छु ।मलाई काफियाको र अरु गजलका टेक्निकल टर्म्सको बारेमाँ केहि थाहा छैन,गजल सुनेको पढेको मात्र छु , त्यसैले गल्तिहरु औँल्याईदिनुहुनेछ भन्ने आशको साथ ,सिरिषदाई सपोर्ट गर्छु भन्नु भएको छ है! तिमी नै तिमी पाउँछु रानी आफु भित्रको हराईमा होश आजकल रहन छोड्यो भनाई र गराईमा लहराएर सँधै तिमी किन यसरि भागी दिन्छ्यौ ? तिम्रो आँचलको बुट्टा देख्छु ताराको त्यो झराईमाँ मनको न हो लड्डु बन्छ ,घिउ सितै खा भन्छ खोइ के के उम्लिदिन्छ मनभित्रको कराइमाँ टाढा त छैनौ तिमी तै पनि डराउँछु छोडी मलाई हिन्ने हौ कि रहन्छु यहि तराइमाँ सफा पारी राखेको मेरो मनमाँ बास गर तिमीलाई पछुतो हुने छैन यो बसाईँ सराईमा

fucheketo
Feb 29, 2008 11:22 PM · 4,729 views
1 Reply
SurNaTal Feb 29, 2008 11:55 PM
गजलका नियम हरु त मलाई पनि केही थाहा छैन। पढन चाँही मधुर छन यि टुक्राहरु।
Login to join the conversation.

You might be interested in...

Latest Kurakani View all
Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant