म छाल हुं किनारा मा बांधिन सक्तिन म बेग हुं बिस्तारै बग्न् सक्तिन बदल्न सक्छौ भने प्रयास गर म स्वयंम मा छु कसैमा आश्रित हुन सक्तिन। म किरण हुं अन्धकार मा लुक्न सक्तिन म भोली हुं हिजो मा अटाउन सक्तिन छेक्न सक्छौ भने प्रयास गर म बिहानी मा छु सांझ मा रमाउन सक्तिन।