[Show all top banners]

mampaka

More by mampaka
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Hijadas in Nepal Bar Assoc.
[VIEWED 2861 TIMES]
SAVE! for ease of future access.
Posted on 05-09-06 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Look at these Bar Association people. Why are nt they consistent with theri own decision. Gaddar Chor haru.


सर्वोच्चको चियापानमा सहभागिताबारे विवादL


कान्तिपुर संवाददाता


काठमाडौं, वैशाख २५ - कानुन दिवसका उपलक्ष्यमा प्रधानन्यायाधीश दिलीपकुमार पौडेलको प्रमुख आतिथ्यमा मंगलबारको चियापान कार्यक्रममा सहभागी हुने/नहुने विषयमा कानुनव्यवसायीहरूबीच विवाद उब्जेको छ ।
सर्वोच्च अदालत बार एसोसिएसनले चियापन बहिष्कार गर्ने भएको छ भने नेपाल बार एसोसिएसनले सहभागिता हुने संकेत गरेको छ ।

सोमबार नेपाल बारले घुमाउरो भाषामा जारी गरेको विज्ञप्तिमा कानुन दिवसलाई स्वागत गर्दै यसलाई वास्तविक अर्थमा साकार पार्नुपर्ने जनाएको छ ।

'विधिको शासनलाई प्रत्याभूत गर्ने दिन वैशाख २६ गते मनाउँदै आइरहेको सन्दर्भमा कानुन व्यवसायी र न्यायपालिकाको बीचमा कुनै मतभेद हुनुपर्ने होइन भन्ने हाम्रो धारणा रहेको छ,' विज्ञप्तिमा छ ।

सर्वोच्च बारले भने विगतमा नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशलाई कुनै पनि औपचारिक कार्यक्रममा नबोलाउने निर्णय गरिसकेको उल्लेख गर्दै सहभागी हुनु पहिलेको निर्णयको भावना तथा मर्मविपरीत हुने जनाएको छ ।

'प्रधानन्यायाधीशको प्रमुख आतिथ्यमा सम्पन्न हुने कार्यक्रममा सहभागी हुनु बार निर्णयको भावना र मर्मविपरीत हुन्छ,' सचिव इन्द्र लोहनीद्वारा जारी विज्ञप्तिमा छ । युवा कानुन व्यवसायीहरूले पनि प्रधानन्यायाधीश संलग्न हुने सार्वजनिक कार्यक्रममा सहभागी हुन नहुने सुझाव नेतृत्वलाई दिएका छन् । यही विषयमा छलफलका लागि सर्वोच्चले बारलाई दिउँसो बोलाएको थियो । प्रधानन्यायाधीश पौडेलसहित १० न्यायाधीश र बार टोलीबीच दुई घन्टा छलफल भएको थियो । त्यसक्रममा सर्वोच्चका अस्थायी न्यायाधीश पवनकुमार ओझाको विवादास्पद नियुक्ति र त्यसपछि बारले पुस १८ गते पौडेल र ओझालाई सार्वजनिक कार्यक्रममा बहिष्कार गर्न भएको निर्णयबारे छलफल भएको थियो । सहभागी स्रोतले ओझालाई पदमुक्त गर्ने सम्बन्धमा प्रधानन्यायाधीश र अन्य केही न्यायाधीश सकारात्मक बनेको जानकारी दियो ।

'प्रधानन्यायाधीशबाट प्रतिबद्धता आएपछि नेपाल बार चियापानमा सहभागी हुन लागेको हो,' स्रोतले कान्तिपुरसँग भन्यो ।

बार-बेञ्च छलफलपछि वरिष्ठ अधिवक्तासहितको सल्लाहकार समितिको बैठक नेपाल बारमा बसेको थियो । त्यसक्रममा अधिकांश वरिष्ठ अधिवक्ताले मंगलबारको कार्यक्रममा सहभागी हुनुपर्ने धारणा राखेका थिए ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
TPS Work Permit/How long your took?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters