← Back to Kurakani

डिप्रेशनको औषधि खाइरहेकि डाक्टर प्रतिभा धौभडेल मृत अवस्थामा

Original Post

काठमाडौंको छाउनीमा डाक्टर प्रतिभा धौभडेल मृत अवस्थामा फेला परेकी छन्। छाउनीस्थित घरको शौचालयमा बिहीबार बिहान करिब ९ बजे धौभडेल झुण्डिएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार धौभडेल उक्त घरमा आफ्ना श्रीमान कविराज भण्डारीसँग बस्दै आएकी थिइन्। झुण्डिएको देखेपछि श्रीमान भण्डारीले उनलाई छाउनी अस्पताल पुर्‍याएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको थियो। भण्डारी पनि डाक्टर हुन्। धौभडेल लामो समयदेखि डिप्रेशनको औषधि खाइरहेको एसपी अधिकारीले बताए। शव पोष्टमर्टमको लागि टिचिङ अस्पतालमा राखिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। https://www.setopati.com/socia...

ktmpost
Mar 29, 2024 11:20 AM · 3,145 views
1 Reply
pitambar Mar 29, 2024 1:13 PM
USMLE is a gamble . पास हुने मालामाल, नहुनेको बेहाल
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant