[Show all top banners]

AnandNepal

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Jaysmi

AnandNepal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ह्याप्पि सोनाम ल्होसार
[VIEWED 2658 TIMES]
SAVE! for ease of future access.
Posted on 02-02-22 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले गोरु बर्ष सकिएर बाघ बर्ष शुरु भएको छ ।
बाघ बर्ष शुरु हुने यो सोनाम ल्होसारको तपाइलाइ धेरै धेरै शुभकामना छ।

यसरी १२ वटा वर्ष को गणना मुसा वर्ग बाट हुने र बाह्रौँ बर्ष अर्थात अन्तिम बर्ग चाहिँ सुँगुर रहेको मानिन्छ। यसरी १२ बर्षका जनावरहरु छन -

पहिलो-ज्यिवा(मुसा)
दोस्रो-लअङ(गोरु)
तेस्रो-ताग(बाघ)
चौथो-योस, ह्योइ(खरायो)
पाँचौ-ड्रुक, डुग (ड्रयागन)
छैटौं-डुल(सर्प)
सातौं-त, ता(घोडा)
आठौं-लुक, लुग (भेँडा)
नवौं-टे / ट्रेल (बाँदर)
दशौं-ज्या - ज्य (चरा)
एघारौं-खि / ख्यी (कुकुर)
बाह्रौं-फाग - फग (सुँगुर)

यसरी १२ बर्ष बितेपछि फेरी यिनै जनावरका बर्ष फेरी दोहोरिन्छन।

सोनाम ल्होसारको कथा (यो कथा भिडियोको लागि हो - पूरा छैन ... )

धेरै अघि को कुरा हो एउटा अति नै भयंकर राक्षस थियो। गाउँलेहरुले त्यसलाइ ल्हो भन्दथे। त्यो राक्षस डरलाग्दो त छँदै थियो उसको अनौठो स्वभाव पनि थियो। त्यो प्र्त्येक बर्ष हिमालबाट झर्थ्यो अनि गाउँ नै सखाप हुने गरेर घरबार बिगार्थ्यो, गाइबस्तुलाइ खाइदिन्थ्यो, मान्छेलाइ पनि कुटपिट गरेर मरणासन्न हुने गरेर धपाउँथ्यो। खानेकुरा, गाइबस्तु सबै खाए पनि र मान्छेलाई पनि साह्रै दुख दिए पनि मान्छेको मासु खाएको चाँहि कसैले देखेका थिएनन। तर, अन्नपातले अघाएन भने मान्छेलाइ पनि खाइदिन्थ्यो भन्ने हल्ला ब्याप्त थियो। अन्नपातले पुगेन भने मान्छेलाइ खोज्दै आउँछ भन्ने डरले गाउँलेहरुले अन्नपात घरमै छोडेर भाग्थे।
संधै बर्षको एकै समयमा आउने भएको हुनाले ल्हो आउने बेला हुने बित्तिकै सबै गाउँलेहरु घर छोडेर नजिकका ओडार अनि त्यस्तै लुक्ने ठाउँमा लुक्न जाने गर्थे। त्यसरी लुकेर गाउँलेहरुले मुटु माथि ढुँगा राखेर ल्हो ले गरेको सबै बदमासी सहेर बस्थे।

एक बर्ष को कुरा हो ल्हो आउनु भन्दा केहि समय अघि त्यस गाऊमा एक साधु आइपुगे। ति साधुले आँफु कुलदेवता साङ-सेरक्येम भएको बताए। उनले गाउँलेहरुलाइ ल्हो बाट बचाउने बताए। त्यसको लागि साङ-सेरक्येमले गाउँलेहरुलाइ तयारी गर्न भने।
... ...
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
TPS EAD auto extended to June 2025 or just TPS?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
TPS Renewal Reregistration
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Guess how many vaccines a one year old baby is given
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Sajha Poll: Who is your favorite Nepali actress?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters