[Show all top banners]

ktmpost

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कोरोना भाइरसवाट वच्ने सवैभन्दा उत्तम उपाय
[VIEWED 5391 TIMES]
SAVE! for ease of future access.
Posted on 03-30-20 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जोन्स हप्किन्स युनिभर्सिटीको खोजमुलक तथ्य : यो हो कोरोना भाइरसवाट वच्ने सवैभन्दा उत्तम उपाय

काठमाडौं, चैत १४ । कोरोना भाइरस बिश्वभर महामारीको रुपमा फैलिरहँदा जोन्स हप्किन्स युनिभर्सिटीले यसबाट बच्ने उपायबारे आफ्नो अनुसन्धानको तथ्य सार्वजनिक गरेको छ । सो बिश्वबिद्यालयले गहन अध्ययनपछि कोरोना भाइसरबाट बच्ने सर्वाेत्कृष्ट उपायसहितको निश्कर्ष बाहिर ल्याएको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीले कोरोना भाइरसको सक्रमणवाट वच्नका लागि सरल भाषामा तयार पारेको खोजमुलक तथ्यहरुको नेपाली अनुवाद यस्तो छ :

१. यो भाइरस कुनै जीवित जीव होइन, तर प्रोटीन अणु (डीएनए) हो जसलाई वोसो (लिपिड फ्याट) को सुरक्षात्मक तहले ढाकिएको हुन्छ, जुन नाक वा मुख म्यूकोसाको कोषहर द्वारा अवशोषित गर्दा, तिनीहरूको आनुवंशिक कोड परिवर्तन गर्दछ । उत्परिवर्तन र तिनीहरूलाई आक्रामक र प्रशस्त कोषिकाहरुमा रूपान्तरण गर्छ ।

२. किनकि भाइरस जीवित जीव होइन तर प्रोटीन अणु हो, यो मार्न सकिदैन, तर आफै नष्ट (क्षय) हुन्छ । तर विघटन समय वर्तमान अवस्था र वातावरणमा रहेको तापमान, आर्द्रता र सामग्रीको प्रकारमा निर्भर गर्दछ ।

३. भाइरस धेरै कमजोर हुन्छ तर वासो (फ्याट)को वाहिरी पातलो तहले यसलाई सुरक्षित गर्दछ । त्यसकारण कुनै साबुन वा डिटर्जेंट नै उत्तम उपचार हो, किनकि फोमले फ्याटलाई काट्छ । त्यसैले तपाईंले धेरै बेरसम्म करिव २० सेकेन्ड वा सो भन्दा बढी समय लगाएर हात रगड्दा, धेरै फोम पैदा गर्नु पर्दछ । फोम बढी भएपछि सावुनमा रहेका रसायनले बोसो (फ्याट) सतहलाई भंग गर्छ अथवा तोड्छ जसले प्रोटीन अणु फैलिन्छ । र आफैंमा बिच्छेद गर्दछ र क्रियाशिल रही रहँदैन ।

४. हामी सवैलाई थाहा छ तातोले बोसो (फ्याट) पग्लिन्छ । त्यसैले यो हात, गोडा, कपडा र सबै चीज धुनको लागि २५ डिग्री सेल्सियस भन्दा माथिको पानी प्रयोग गर्न धेरै राम्रो हुन्छ । तातो पानीले अत्यधिक फोम पैदा गर्छ जो अझ उपयोगी हुन्छ त्यसकारण भाइरस क्रियाशिल हुन सक्दैन ।

५. अल्कोहल (मदिरा) वा अल्कोहलको साथ कुनै पनि मिश्रणले ६५ प्रतिशत भन्दा बढी कुनै पनि बोसो (फ्याट) विशेष गरी भाइरसको बाह्य बोसो (लिपिड) तह पगाल्छ अथवा छुट्याउँदछ।

६. एक भाग ब्लीच र ५ भाग पानीको साथ कुनै मिक्सले प्रोटिनलाई सीधै विघटन गर्दछ । साथै भित्रैबाट बिच्छेद शुरु गर्दछ ।

७. अक्सिजनयुक्त पानीले साबुन, अल्कोहल र क्लोरीनपछि लामो मद्दत गर्दछ किनभने पेरोक्साइड भाइरस प्रोटीन पगाल्छ, तर तपाईंले यसलाई शुद्ध प्रयोग गर्नुपर्नेछ तर यसले तपाईंको छालामा चोट पुर्याउन सक्छ । सावधानी अपनाउनु जरुरी हुन्छ ।

८. यस भाइरसमा कुनै जिवाणुनासकले काम गर्दैन । भाइरस, जीवाणु (बेक्टेरिया) जस्तो जिवित जीव होइन । एन्थोबायोटिक्सबाट जीवित नभएको कुरालाई मार्न सकिदैन, तर माथि भने जस्तै गरी तरिकाहरु अपनाएमा यसको संरचनालाई छिटो छिटो विघटन गर्न सकिन्छ ।

९. कहिल्यै पनि प्रयोग गरेको वा नगरेको लगाउने कपडा, तन्नाहरु व अन्य कपडा नहल्लाउनुहोस अथवा झटारने काम नगर्नु होस । जब यो भाइरस स साना प्वाल भएको सतहमा टासिन्छ, मात्र ३ घण्टाभित्र (कपडामा), ४ घण्टाभित्र (तामामा) भएको भाइरस एकदमै निष्क्रिय हुन्छ । कारण यसै बीचमा विभाजित हुन्छ, किनकि तामा स्वाभाविकरुपले एंटीसेप्टिक हो र काठमा पनि निष्क्रिय हुन्छ किनभने यसले सबै ओसिलोपन हटाउँछ । २४ घण्टामा कार्डबोर्डमा, ४२ घण्टामा धातुमा र ७२ घण्टामा प्लास्टिकमा रहेको भाइरस विच्छेदन भई हाल्छ । तर तपाईं कपडा झटारनु भयो वा हल्लाउनु भयो भने, भाइरस अणु ३ घण्टासम्म हावामा तैरिरहन्छ र तपाईको नाकमा प्रवेश गर्न सक्दछ ।

१०. भाइरस अणुहरू बाह्य चिसो, घरको कृतिम एयर कन्डिशनर र कारहरूमा धेरै वेरसम्म स्थिर रहिरहन सक्दछन् । तिनीहरूलाई स्थिर रहनको लागि ओस र विशेष गरी अन्धकार पनि चाहिन्छ । तसर्थ, वायुको चिसोपन कम गर्ने, सुख्खा, तातो र उज्यालो वातावरणले यसलाई छिटो घटाउँछ वा निष्क्रिय पार्छ ।

११. अल्ट्रा भ्वाईलेट लाईटले कुनै पनि वस्तुमा रहेको भाइरस प्रोटीनलाई बिच्छेद गर्दछ । उदाहरणको लागि मास्कलाई कीटाणुरहित र पुनः प्रयोग गर्नु उत्तम हुन्छ । तर सावधान रहनुहोला, यसले छालामा कोलेजेन (जुन प्रोटीन हो) पनि टुक्रा टुक्रा पार्छ, अन्ततः छालामा चाउरीपन र छालाको क्यान्सर समेत निम्त्याउँन सक्छ ।

१२. यो भाइरस स्वस्थ छाला मार्फत जान सक्दै सक्दैन ।

१३. भिनेगर उपयोगी हुँदैन । किनकि यसले बासो (फ्याट) को सुरक्षात्मक तह भंग वा तोड्न सक्र्दैन ।

१४. कुनै स्पिरिटस (मदिरा वा रक्सी) अथवा भोडकाले काम गर्दैन । सबैभन्दा कडा भोडकामा ४० प्रतिशत अल्कोहल हुन्छ तर यस भाईरसलाई निष्क्रिय पार्न ६५ प्रतिशत अल्कोहल चाहिन्छ ।

१५. लिस्टरिन रसायनले काम गर्न सक्छ यदि यसमा ६५ प्रतिशत अल्कोहल छ भने ।

१५. ठाउँ जति बढी सिमित वा साँघुरो गरियो, भाइरस बड्न सक्छ । जति खुला वा स्वाभाविक हावामा हामी रहन्छौ त्यती यसको सम्भावना कम हुन्छ ।

१६. तपाईंले मुख, नाक, आँखा, खाना, चावी तालाहरू, चुक्कल, विद्युतिय स्विचहरू, रिमोट कन्ट्रोल, मोवाइल (सेल) फोन, घडिहरू, कम्प्युटर, डेस्क, टिभी, आदि छुनुअघि र पछि साथै शौचालय तथा स्नानकक्ष प्रयोग पश्चात साबुन पानीले हात धुनुपर्छ । कोरोना भाइरसवाट वच्ने यो नै सवैभन्दा उत्तम भनाई र गराई हो ।

१७. तपाईंले राम्रोसंग हात धोई राख्नुका साथै हातको चिसोपना हटाउने र सुख्खा गर्ने गर्नु पर्दछ किनकी अणुहरू सुक्ष्म भित्रि ठाउँहरु लगायत चरहरुमा रहन सक्दछन् । पटक पटक र बाक्लो मोइश्चराइजर प्रयोग गरेको राम्रो । साथै तपाईंको नङ्गहरु काटि राख्ने र सानो भन्दा सानो राख्नुहोस् ताकि भाइरस त्यहाँ बस्न नसकोस ।

प्रोफेसर, सामाजिक मानवविज्ञान र मध्य पूर्वी अध्ययन, एमेरिटसका ।
मानवशास्त्र विभाग ।
हार्वड शोधकर्ता समाज, हार्वर्ड विश्वविद्यालय,
क्याम्ब्रिज, म्यासाचुसेट्स ।


https://janatatimes.com/archives/44632


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
2020 : Why No Trump !
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters