← Back to Kurakani

काठमाडौं बस पार्क

Original Post

गङ्बु बस पार्कले अनुहार फेरेछ| झग्गु झोपडीमा चलाइएका पसलहरु बसाइ सराईमा परेछन भने एउटा बिशाल भावन को निर्माण भएछ | चक्र पथ को पारीक्र्मा क्रममा देखेको हुँ | बिशाल भावनको निर्माण गर्दा हाम्रा महापालिका डाँकटर साब ( पि एच डि ) हरुलाई दिर्घ कालिन योजना बनाउन नसक्नु हामी नेपालीको पुर्ख्यौली कम्जोरीनै हुनु पर्छ | कही कतै पढेको थिए नेपालमा १-५ बर्ष भन्दा बडिको योजनै बन्दैन रे किन्की जती छोटो बन्यो तेतिनै फाईदा आफुलाई हुन्छ | ५०-६० बर्समा आजको भन्दा १० गुणा बढी बस हरु चल्लान , जमिन जती घर बनाएर सिध्याए पछी अर्को बस पार्क बनाउन कता जग्गा खोज्नु ? महलनै बनाउनु परे पनी जमिन भएको ठाउँ चै बस को लागि छोडेर तेस पछी को तल्लामा आफिस र भाडामा लगाउने गरी बनाउदा पो ठीक हुन्थ्यो लाग्यो | ८-१० वटा चोक राखेर भुई तल्लामा पनि घाम पुग्ने गरी बनाउदा पूरानो सिंह दरबार जस्तो महल बन्थ्यो |

Logan
Apr 6, 2019 7:34 PM · 2,312 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant