← Back to Kurakani

ग्याङग् फाईट नगरि छठ पर्व नमनाउने रे !

Original Post

कलैया : नजिकिँदै गरेको छठ पर्वका लागि छठघाट बनाउने बिषयमा विवाद हुँदा यहाँको महागढीमाई नगरपालिकामा स्थानीयबीच झडप भएको छ । महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिर उत्तरतर्फको सार्वजनिक जग्गामा छठघाट बनाउने बिषयमा कुरा नमिल्दा मथुवा र कचहरिया टोलबासी झडप भएको हो । झडपमा मथुवा टोलका आठ र कचहरीया टोलका तीनजना घाइते भएका छन् । घाइतेमध्ये मथुवा टोलका मोतीलाल कुशवाहा, राजन कुशवाहा र मुकेश कुशवाहाको अवस्था गम्भीर छ । झडपमा घाइते भएका मोतीलाल गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका सचिव हुन् । http://annapurnapost.com/news/...

Khaobaadi_Netaa
Oct 29, 2018 6:36 PM · 3,684 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant