निलो आकाश निलो रहेन छ जब माथि उड्न थाले यो निलो आकाश हराउदै गयो निलो आकाश एक्कासी कालो भयो म झसङ्ग भए ! के हो यो मृघतृष्णा म कहाँ छु कहाँ जादै छु केहि ठेगान थिएन एक्कासी सुर्यको किरण देखे कालो आकाश रातो भयो म फेरी अचम्म परे कस्तो आकाश यो घरि घरि रंग फेर्ने !
ujl · Apr 24, 2017 10:10 PM · 24,927 views
wah wah
BadhiJanne · Apr 25, 2017 2:04 PM
ujl जी, सानो लेख्ने जमर्को मैले नि गरें है अन्यथा नलिनुस ल . ------------------------------------------------------------ कस्तुरीको भाँती स्व-बास्ना खोज्दै धुन्मुन्नी रहेको उ कहिले कस्तो देख्थ्यो , कहिले कस्तो मलाइ रंगहिन आकाश हुँ म उसले यसरी हेर्यो निलो देख्यो त्यसले त्यसरी हेर्यो कालो देख्यो जसले जसरि हेर्यो, हेर्न चाह्यो तेस्तै देख्यो म तेस्तै बनि दिएँ, जुन रंग उसले चाहन्थ्यो . अनन्त रहस्य र असिमित आशा अनि सपना लुकाएर आफैमा रुमल्लिरहेको आकाश हुँ म उसले गहिरो बेदना अनि चिसा रात देख्यो त्यसले ढुंगेलो मुटु अनि मृत संबाद देख्यो जसले जसरि चिर्यो, त्यस्तै भित्रि आँत देख्यो म त्यस्तै बनि दिएँ, जुन बात उसले चाहन्थ्यो . - थाहा छैन
ThahaChaena · Apr 26, 2017 12:21 PM
@ ThahaChaena..... That's a nice piece of creativity !! Keep it up.
ujl · Apr 26, 2017 8:35 PM
Last edited: 26-Apr-17 11:02 PM
afanta · Apr 26, 2017 10:48 PM
One from me... उड्ने पन्छी म आकाश को खोजि मा उढ़े जती माथि जाना खोज्छु तेती नै तल तनिन्चु साएद पखेटा खेलौना जनिना या धर्ति को महत्यो बुजिना कस्तो आकाश रहेछ यो गंताबे नै थाहा पाउन सकिन तारा को लोभ मा आए माटो को महत्यॊ कैले बुजिना पखेटा को भर मा अड्किए खुट्टा को महत्यॊ कैले बुजिना स्वोतन्त्र चरी म आज आकाश को पनि भएन धर्ति को त म छद पनि छैन Sorry for the upper one
afanta · Apr 26, 2017 11:02 PM
@afanta...Nice one. Enjoyed reading! Keep it up.
ujl · Apr 26, 2017 11:12 PM
आफन्त मित्र, कस्तो मज्जाको सन्दर्भ धर्तिको चरोको रुपमा आफैलाई देखें . धन्यवाद उज्ल .
ThahaChaena · Apr 27, 2017 7:04 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion