← Back to Kurakani

बिषय र प्रसंगले अर्को अर्थ नलागेमा

Original Post

अहिले नेपालीलाई फेसबुकमा तस्विर हाल्न सिर्फ बहाना चाहिएको छ, आज "टोपी दिवस" मा जसरी उन्मादी फेसबुके उत्सब र प्रदर्शन भएको छ भोली कसैले "कट्टु दिवस" आव्हान गर्यो भने त्यसो गर्न पनि हाम्रा मान्छे पछि पर्दैनन् | त्यस्तो प्रदर्शनीमा फरक उमेर समुहकाहरु देखा पर्लान तर त्यस्तो उन्माद अबको यो देखिने र देखाईनु पर्ने युगमा कमी हुँदैन | हामीलाई त सिर्फ बहाना चाहिएको छ | बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्र नेपालमा यो एकै खाले टोपीलाई राष्ट्रियतासंग जोड्नु कति तार्किक, ईतिहाससम्मत र यथार्थपरक हो जान्ने बुझ्ने हरुले गहन बहस गर्लान र गर्नु पर्ने बेला आएको छ | "ब्याक अफ ईन्डिया" देखि "टोपी दिवस" सम्ममा देखिएका यी झाँकी र तामसी उत्सबहरुले मृत महेन्द्रीय राष्ट्रबादको भुत जगाउने दुस्वप्न राखेको आभास हुन्छ | माफ गर्नु होला, तपाई र तपाईको शिरलाई उच्च राख्न तपाईले रोज्नु भएको टोपी प्रति मेरो उच्च सम्मान छ, जुन तपाईको स्वाधीन रोजाई हो | तर चार दर्जन भन्दा बढी आकार र प्रकारको टोपी लाउने नेपाल राष्ट्रका नागरिकले जलप र आलेपमा राष्ट्रवाद प्रदर्शन गर्न जानी नजानी प्रदर्शन गरेको यो टोपी राष्ट्रवाद प्रति भने मेरो भद्र र शालीन बिमती छ | राष्ट्रवाद "टोपी" या "धोती" मा होइन आचरण, ब्यबहार, मन र यथार्थमा हुनुपर्दछ |

businesstycoon
Jan 2, 2016 2:49 PM · 10,085 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Latest Kurakani View all
Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant