[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कहाँ गयो त्यत्रो पैसा?
[VIEWED 1706 TIMES]
SAVE! for ease of future access.
Posted on 05-29-15 6:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कहाँ गयो त्यत्रो पैसा?













लड्नु र हार्नु अहिले अहिले हामी नेपालीको नियति भएको छ।

सधैं गरिबी र अभावसँग लडिरहेका धेरै नेपालीलाई भूकम्पले उठ्नै नसक्ने गरि लडाएको छ। त्यसमा पनि जो गरिब छ, कमजोर छ, असहाय छ, त्यसले सधैं लड्नु परेको छ। हार्नु परेको छ। भूकम्पसँग पनि त्यसैले सबैभन्दा बढी हारेको छ।

सधैं दुःखिरहेको देश वैशाख १२ गते खप्नै नसक्ने गरि दुःख्यो। देशको राजनीतक अकर्मण्यताले थोपरेको पीडामाथि प्राकृतिकले झन् ठूलो पीडा थप्यो।

हारेर लडेका र लडेर हारेका यिनै नेपालीलाई उठाउँन संसारभरका मनकारी मन र सहयोगी हातहरू जुट्न थाले। देश-विदेशमा रहेका नेपाली र नेपाली संघसँस्थासँगै विदेशी नागरिक र संघसँस्था पनि जुटे। नेपाललाई सहयोग गर्न अघि बढे।

हामीले विभिन्न संघसंस्था मार्फत सहयोग गर्‍यौ। हाम्रो सहयोगसँगै करोडौं हैन, अरबौं रुपैया संकलन हुन थालेका समाचार आए। ती मध्ये कति ‘कागले कान लगे’ जस्ता भए। हाम्रा ठूल्ठूला संचारयन्त्र पनि कागका पछाडि पखेटा फिँजाएर उडे।

खुसीको कुरा-नेपालका लागि करोडौं, अरबौं रूपैया होइन, डलर संकलन भएको अनुमान छ। आश्चर्यको कुरा– तर कहाँ गयो त्यत्रो पैसा?

सामाजिक सञ्जाल र समाचारहरूमा देखिए अनुसार अहिले नेपालमा पैसैपैसा हुनुपर्ने हो तर राहत नपाएर भोकै सुत्न वाध्य अझै धेरै छन्।

कसरी उठ्यो त्यत्रो पैसा?

अहिले पनि हाम्रा रोदन, क्रन्दन, दुःख, पीडा र आँशु संसारभर बिकेका छन्। हाम्रा सांस्कृतिक र ऐतिहासिक धरोहरका भग्नावशेष पनि बेचिएका छन्। हाम्रा पीडाका तीनै तस्बिर देखाएर संसारभरबाट पैसा उठाइँदैछ। सामाजिक सञ्जाल र समाचारमा हामीले देखे-सुनेकोभन्दा अझै कति हो कति धेरै पैसा उठेको हुन पर्छ? अनुमान लगाउँन सकिदैन।

फेसबुकले दुई दिनमा एक करोड डलर उठायो। संस्थापक मार्क जुकरवर्गले २० लाख डलर थप्ने घोषणा गरे। योसँगै रेडक्रस, युनिसेफ र प्लान युएस जस्ता ठूला सँस्थाले झन् ठूलो रकम संकलन गरेका छन्। तर कति गरे? थाह छैन!

यी संस्थाबाट उठेको रकम पचास प्रतिशत पनि पीडित र सम्बन्धित पक्षमा पुग्ने/नपुग्ने बसह र चर्चा पनि चले। हावा नचली पात हल्लिदैन। यस्ता संस्थाले आफूले प्रयोग गर्ने ट्वाइलेट पेपरको खर्च समेत राहतमा जोडेका हुन्छन्। थाह नहुने कारण पनि त्यही हो।

‘रेडक्रसको रातह प्रयत्न टोर्नेडोको प्रकोपभन्दा खराब छ।’ सन् २०१२ मा अमेरिकामा आएको टोर्नेडोमा रेडक्रसले गरेको कामलाई लिएर ठूलो आलोचना भएको थियो। रेडक्रसको मुख्य कार्यालय अमेरिकामै छ।

यी बाहेक नेपालमा गएको भूकम्पका नाउँमा विभिन्न वेभसाइटबाट अनगिन्ती संस्था र व्यक्तिले पैसा उठाएका छन्। मेरो सामर्थ्यले भ्याएसम्म गुगल्समा खोजी गर्दा अग्रणी स्थानमा गोफण्ड र क्राउडराइज मुख्य रहेका छन्।

यो लेख तयार पार्दासम्म नेपालमा गएको भुकम्पका नाउँमा गोफण्डमा मात्रै झण्डै ९ सय क्याम्पेन चलाइएको छ। लगभग ५० लाख डलर उठेको देखिन्छ। ‘नेपाल भिलेजर्स अर्थक्विक फण्ड’ भनेर अप्रिल २८ मा सुरू गरिएको क्याम्पेनमा जोयना डोनेभान (म्याडिसन, विस्कन्सिन, अमेरिका)ले मात्र १ लाख ६२ हजार डलर उठाएकी छिन्। सबैभन्दा कम मे ४ मा सुरू गरिएको क्याम्पेनमा २६ सय ३५ उठेको छ। यसका क्याम्पेनरमा एक नेपालीकै नाम छ।

जोयना डोनेभान जस्तै सयौं व्यक्तिले गोफण्ड लिंक गरेर पैसा उठाएको देखिन्छ तर त्यो सबै नेपाल पुग्छ कि पुग्दैन? उत्तर कोहीसँग छैन।

अर्को ठूलो र अत्याधिक प्रयोग हुने क्राउडराइज मार्फत भूकम्प पीडितका नाउँमा पैसा उठाउने संस्था र व्यक्ति पनि त्यतिकै छन्। यो साइटमा कति पैसा उठ्यो र कति संस्था तथा व्यक्ति संलग्न छन् भनेर देखाइएको छैन। तर पनि के अनुमान गर्न सकिन्छ भने गोफण्ड भन्दा क्राउडराइजको प्रयोग बढी भएको हुन सक्छ।

यी बाहेक जस्टगिभ डटअर्ग र नेटवर्क फोर गुड डटकम प्रयोग गरेर पनि रकम संकलन गरिएको छ। संसारभरका विभिन्न व्यक्ति र संस्थाले चालेका यी क्याम्पेनबाट कति उठ्यो, कति नेपाल पुग्यो? यकिन तथ्यांक छैन, हजारौ हजार संस्था र व्यक्तिले भूकम्प पीडितका नाउँमा चलाएका विद्युतीय क्यापेनलाई हेर्दा के अनुमान लगाउँन सकिन्छ भने लाखौं, करोडौं हैन अरबौं डलर उठेको हुनु पर्छ। तर यी बिभिन्न वेभसाइटबाट पैसा उठाउँने यी हजारौं संस्था र व्यक्ति कहाँ छन्? प्रश्न झन् पेचिलो छ।

धेरै शुभचिन्तक र मनकारी मनले नेपालीको दुःखलाई आफ्नो दुःख सम्झी सहयोग गरेका छन्। कतिले यसैलाई स्वर्णिम अवसर ठानी व्यापार पनि गरेका छन्? कतिपय एनजीओ र आइएनजीओका लागि चोरलाई दसैं आएजस्तो भएको छ।

हामीले के गर्‍यौं?

हामी धेरैले आफ्नै सरकारलाई विश्वास गरेनौं। विश्वासिला संस्था पनि फेला पार्न सकेनौं। त्यसको परिणाम हामीले पनि यस्तै संस्थामार्फत सहयोग रकम पठायौं। तर हामीले जति पठायौं, त्यो रकम पुग्यो पुगेन? पुगे कति पुग्यो? त्यसको खोजी गर्नपटि्ट लागेनौं।

यी संस्था मार्फत संकलन गरिएको रकम कम्तिमा ९ देखि ४३ प्रतिशतसम्म कटौती गरिन्छ। पुर्‍याउनेले पनि प्रशासनिक तथा अन्य विभिन्न खर्च कटाएर मात्र दिने गर्छन्। कतिले धमिलो पानीमा माछा मार्ने काम गर्छन्।

विद्युतीय क्याम्पेन नेपाली र नेपाली नाउँका धेरै संघसँस्था र व्यक्ति समेत चलाएका छन्। प्रश्न उठ्छ, हामी नेपाली स्वयं कति इमान्दार भयौं? छातिमा हात राखेर आफैलाई सोधौं। आशा छ हामी इमान्दार मात्र हैन, धेरै इमान्दार छौं।  

सरकारलाई  किन विश्वास गरेनौं?

विश्वासको आधार इमान र निष्ठा हो। अहिले पनि सरकारसँग यी बाहेक सबैथोक छ। सरकारको विगत र विगतका सरकारको क्रियाकलापले जनताको विश्वास जित्न सकेन। त्यसमाथि ‘प्रधानमन्त्री राहत कोश’ भन्ने नाम आफैंमा अविश्वासिलो भयो। यसको अर्थ प्रधानमन्त्री, मन्त्री र दलहरुले बाँडिचुडी स्वाहा गर्ने भन्ने हाम्रो बुझाई नै सरकारका लागि थप घातक भयो। बरु यसको नाउँ परिवर्तन गरेर ‘राष्ट्रिय राहत तथा उद्धार कोश’ बनाए हामी धेरैमा रहेको भ्रम कम हुन सक्ला।

अहिले आफू हिरो बन्न देश–विदेशका व्यक्ति तथा संघसंस्थाले सरकारलाई वाईपास गरेको आरोप पनि लगाइन्छ। त्यो आरोपको घेराभित्र प्रायशः नेपाली र नेपाली संघसंस्था नै परेका छन्। कतिले गर्‍यौं पनि होला! मान्छे हौ, स्वार्थ र लोभ हामीसँगै सधैं बाँचेको हुन्छ। तर सरकार स्वयंले यिनको विश्वास जित्न नसकेको तथ्य स्वीकार्न सरकार तयार छैन।

तै पनि अहिले सरकारलाई विश्वास नगर्नुको विकल्प छैन। देशी–विदेशी धन्दावाल एनजीओ–आइएनजीओभन्दा सरकार ठीक छ भन्नै पर्ने भएको छ। यस विषयमा ‘राज्यलाई तिरस्कार, मुलकलाई माया’ भनेर यसै सेतोपाटीमा अमित ढकालले प्रस्ट्याइ सक्नुभएको छ।

हामी राज्यका कारणले राष्ट्रलाई अपमानित गरिहेका त छैनौं? यो पक्षबाट पनि सोच्नु छ। राज्यलाई खबरदारी गर्नु जस्तै राष्ट्रलाई सम्मान गर्नु हाम्रो कर्तव्य हो। राज्य संयन्त्र मात्र हो, राष्ट्र हाम्रो घर हो। राज्यलाई अविश्वास गर्न सकिन्छ तर राष्ट्रसँग अलग हुन सकिँदैन। राष्ट्रसँग नजोडिनु भनेको राज्य र राष्ट्रलाई्र झन् कमजोर बनाउनु हो। राष्ट्र एक्लो हुनु हो। परनिर्भरता बढाउनु हो।

सरकार र दुतावासको भूमिका

देशमा सरकार अभिभावक हो भने विदेशमा दूतावास। सरकारले अभिभावकीय भूमिका खेल्न नसक्नु विडम्बना भए पनि नेपाली दूतावासहरुले यो भूमिकाबाट पञ्छिनु हुँदैन। विदेशमा रहेका झण्डै ४० लाख नेपालीलाई समेट्न सके रातहमा मात्र हैन पुनर्निमाण पनि ठूलो सहयोग पुग्न सक्छ।

व्यक्ति–व्यक्ति र संस्था–संस्थाबाट उठाएको रकम एकै द्वारबाट भित्र्याउन सके सानो–सानो सहयोगले ठूलो फरक ल्याउन सक्छ।

अमेरिकामा मात्रै झण्डै तीन लाख नेपाली रहेको अनुमान गरिन्छ। हामीले जीवनको अर्को एकदिन, एकहप्ता, एकमहिना वा एकवर्ष मातृभूमिका लागि भनेर रातहमा जस्तै पुनर्निमाणमा पनि जोस–जाँगर चलाउन सके ऋणमा डुबेको मातृभूमि नेपालको परनिर्भरता घट्न सक्छ। यसका लागि सरकारबाट सापेक्ष नीत र दूतावासहरुबाट उत्साहवर्धक भूमिकाको खाँचो छ। 

स्मरणिय छ, वैदेशिक ऋणको सावाँ–व्याज गरि देशले अहिले दैनिक झण्डै ६ करोड रूपैयाँ भुक्तान गरिरहेको छ। कति डरलाग्दो छ त्यो गरिब देशको अवस्था? 

सकारात्मक सोच, संकल्प र अठोटले जस्तोसुकै पीडाको आँशु पनि पुछ्न सकिन्छ। मनोबल बलियो भए जस्तो सुकै दुःखबाट पनि पार पाउन सकिन्छ। अहिले खाँचो त्यसैको छ। उन्नतिको पथ मान्छेको सोचले निर्माण गर्ने हो।

अमेरिकाको कुरा गर्दा राजदूतको अभावमा पूर्ण निक्रिययता छाएको कुरा अहिले स्पष्ट हुदै आएको छ। राजदूत बिना राजदूतावासले सिन्को भाँच्नु हुदैन? भन्ने प्रश्नको उत्तर समयले देला तर अहिले सक्रियता बढेको देखिन्छ। यसै विषयमा मैले अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीसँग छोटो टेलिफोन वार्ता गरेको थिएँ।

डा. साप् तपाइँ आउनुभन्दा अघि र पछि के फरक भयो?

– त्यो त तपाइँहरुले देख्ने कुरा हो। मुख्यतः मिडियाले।

तपाइँले कस्तो पहल गर्नु भो?

– अमेरिकी सरकारसँग कुरा भइरहेको छ। नेपाली समुदायलाई समेट्ने प्रयत्न पनि भइरहेको छ।

पुनर्स्थापनाका लागि कस्ता योजना आउँदैछन्?

– सरकारले ‘पोष्ट डिजास्टर निड’ कार्यक्रम ल्याउँदैछ।

पुनर्स्थापनामा विदेश बस्ने नेपालीको भूमिका कस्तो हुन सक्छ। यसमा सरकारले कस्तो नीति ल्याउँला?

– पुनर्स्थापनाको काम सरकारले मात्र गर्न सक्छ तर सबैको सहभागिता आवश्यक छ। सरकारलाई मियो र टेक्ने लौरो बनाउनु पर्छ।

विदेशमा रहेका नेपाली संघसंस्था पनि सरकारसँग किन आवद्ध हुन सकेनन्?

– बुझ्न र बुझाउन नसकिएको हो, अहिले त्यो ‘कन्फ्युजन’ लगभग समाप्त भै सकेको छ।

अमेरिकामा मात्रै लगभग तीन लाख नेपाली छन् भनिन्छ। यो ठूलो संख्या हो। के अपेक्षा गर्नुहुन्छ?

– एक जनाले २० डलर मात्र दिए पनि पुनर्निमाणमा धेरै सहयोग हुन्छ।

अमेरिकामा बस्ने धेरै नेपालीमा त्योभन्दा बढी गर्न सक्ने क्षमता छ। कतिले २०–५० घर बनाइदेलान्। कतिले एक–दुई बनाइदेलान्। त्यो पनि नसक्नेले पाँचदश मिलेर एउटा भए पनि बनाई देलान्। यस्ताका लागि के छ?

– तपाइँहरुले जहाँ भन्यो त्यहीँ, जे भन्यो त्यही गरिदिन्छ सरकाले? सरकालाई विश्वास गर्नुहोस्। तपाइँहरुको प्रत्येक डलरको हिसाब दिन्छ। एकद्वार प्रणालीभन्दा उपयुक्त अरु केही छैन। 

अन्त्यमा,

हुन त स्वंयम्भुका आँखाबाट तप्‌तप चुहिएका आँशुले देश भिजाइरहेको बेला केही हुनेखानेहरुले वर्थ डे र एनिभर्सरी भनेर केक काटेको पनि देखियो। हातमा रक्सीका गिलास लिएर रमाईलो गरेको पनि देखियो। खासमा, उनीहरुका लागि यो व्यक्तिगत स्वतन्त्रताका कुरा हो।

केहीले एउटा चाउचाउ वा एक बोलत पानी बाँडेर दशवटा सेल्फी खिचेर फेसबुक तिर टाँसेको पनि देखियो। त्यो कटुसत्यमाथि कटाक्ष गरेको पनि देखियो। राहत टुरिस्टहरु पनि देखिए। यी पनि आफूले सकेको र जानकार कुरा हुन्।

तर मलाई केक काटेर चियर्स गर्ने अनुहारभन्दा एउटा चाउचाउ वा एक बोतल पानी बाँडेर फेसबुकमा सेल्फी टाँस्नेका अनुहार नै निका लागे। तिनले कसमसेकम केही त दिए। खुसी मनाएर घरमा बसेनन्। संवेदनहिनता र निर्लज्जता त प्रकट गरेनन्। दुबै खाले प्रस्तुति, बुद्धि र कौशलको कुरा हुन्।

गर्ने बेला हो, यो। सकेको गरौं, सबैले गरौं। देशलाई अहिले सहयोगको खाँचो छ। तर, हामीले गरेको त्यत्रो सहयोग कहाँ गयो भनेर भोलि पछुताउँनुभन्दा सचेतता अपनाउन झन् खाँचो छ। 


 
Posted on 05-29-15 11:49 AM     [Snapshot: 112]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you Siva Prakash for this article. This is the kind of research oriented article that we need to give light to issues that have been plaguing Nepal.

पुनर्स्थापनाको काम सरकारले मात्र गर्न सक्छ तर सबैको सहभागिता आवश्यक छ। सरकारलाई मियो र टेक्ने लौरो बनाउनु पर्छ।

I take offense at the ambassador's views.
The Nepali ambassador for USA dr Arjun karki says that only government should do the reconstruction and others should help it (He specially says by giving money).

We have already seen, dear ambassador that currently those in power in Nepal are only interested in helping themselves and their ase pase. Did you not see the photo that have been circulated with the 601s taking tents meant for those whose house had collapsed and are living out in the open.

In your interview you say some people helped once and took 10 photos. At least they helped, right? They filled a vacuum that government had left due to its incompetence.

Let us even forget about the last 15 years after the establishment of Loktantra. Let me first ask you. What have you and government which you are part of done so far?? For the first 4 days after the disaster we didn't hear anything from the government. Then we started hearing that government doesn't need any more help from friendly countries who were sending relief to Nepal. There was total mismanagement at the airport. Now we are still hearing about relief material which are rotten and rotting in warehouses.

We do not believe that government can do the reconstruction fairly. Because in every task it does, there are Netas who like to get a portion for themselves and their goot. The actual people in need do not get them. If you agree to this then why not allow individuals and donors to choose how and where they want to help. After all you are taking their money. अरु को पैसा मा गिद्धे दृस्टी लगाउनु ठिक हैन | The government should help these donors and not expect it the other way around.

Dr. Arjun ji, I don't know if you are aware. In today's world Government should include the people. Not just at election time but in every day decisions. Governments should gather people's voices and act accordingly. Not act like king of shorts and impose their opinion and views on people through a position of power. You want to create one more ministry to put one more party's neta? then call for people meeting where they can voice and government should do accordingly. People are conscious now and are not merely meek spectators. We have a voice. Right now you do not even have the mandate to be speaking for the people of Nepal. Loktantra ma people ma power hunu parcha Neta ra sarkar ma haina.

Last edited: 29-May-15 12:51 PM

 
Posted on 05-29-15 12:09 PM     [Snapshot: 132]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के सोचे डा. कर्किजिले ?
हाम्रा नेता हरुले आएको जिन्सी सहयोगमा पनि अरु राजनैतिक दल हरुको सिधै हात पर्नु पर्छ भन्ने माग त्यो एस एल सी परिक्षामा कसको कसको मान्छे राखिनु पर्छ भनि जिल्ला शिक्षा कार्यालयमा पार्टिका मानिसको माग बसे झैँ गरेका छन् | सरकारले यिनै घुस्याहा पार्टीलाई सहभागिता बनाउदै जाने अनि नगदी हजम गर सजिलो हुन्छ अनि आफ्ना आफ्ना पार्टी का मानिस मात्र ले पाउदा आउने चुनाबमा भोट धेरै खस्ला भन्ने सोच पुर्याने तरखरमा लागेका होलान अनि कार्किजिले अर्को पल्ट कांग्रेस सत्तामा नाए पनि अरु पार्टीलाइ खुसि बनाइ राखे लोक मान कार्की  जस्तै हुन पाइञ्छ कि भन्ने सोच लाइ मद्य नजर राख्दै यो भित्रि बार्ता दिनु भएको हो कि |
त्यो हास्यब्यंग मा देखाएका गृह मन्त्रीको पारामा आफुलाई मिलाउन खोज्नु भएको हो कि ?
आफ्ना कार्य कर्तालाई यस घडिमा परिचालन गर्न नसक्ने जाथा हरु देश बन्द गर्न आए भने सबलाई काउसो दलेर पठाई दिने |
Last edited: 29-May-15 12:22 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Why Americans reverse park?
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters