[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

tragicomic

Tyo Din

jetho390

Mr. D
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पारस को असल चरित्र
[VIEWED 4329 TIMES]
SAVE! for ease of future access.
Posted on 10-12-14 7:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

पारसलाई यसरी देख्दा दुख लाग्छ, फेरी असल मान्छे बन्नुहोस् शुभकामना-सागर प्रसाई

पारसलाई यसरी देख्दा दुख लाग्छ, फेरी असल मान्छे बन्नुहोस् शुभकामना-सागर प्रसाई

२०६० सालको बैशाख महिना। पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठ।
रामकृष्ण ढकालको “नजिक आउनुमा” भन्ने गीतको म्युजिक भिडियोको सुटिङ्ग हुदै थियो। म उनको फ्यान थिए। त्यसबेला एस.एल.सी दिएर काठमाडौँ मामाघर आएको थिए छुट्टिमा। अनेक तिरबाट सोर्स लाएर रामकृष्णलाई भेट्न म भिलेज रिसोर्ट पुगेको थिए- मामा माईजुसँग। हामी पुग्दा पुग्दै अलि छिटो भएछ। त्यसकारण रामकृष्णलाई कुर्नुपर्ने भयो। हामी त्यहि रिसोर्टको एउटा रेस्टुरेन्टमा बस्यौँ।

एक्कासी रेस्टुरेन्टमा सेनाको हुल आयो। युवराजधिराज आउँदै हुनुहुन्छ भनेर सबै मान्छेहरूलाई एक साईड लाग्न अनुरोध गरियो। सबै मानिसहरू उठेर बाहिर निस्के। हामी पनि बाहिर निस्किन खोज्यौँ। त्यो बेला मेरो व्हिलचियर थिएन। मलाई मेरो मामाले ढाडमा बोक्नु हुन्थ्यो। ठ्याक्कै मलाई बोकेर बाहिर निस्कन लाग्दा- तत्कालिन युवराज पारस रेस्टुरेन्ट भित्र छिर्नुभयो। मलाई बोकेको देखेर अफ्ठ्यरो लागेर होला- बस बस भन्नुभयो। हामी फेरी आफ्नो कुर्सीमा बस्यौँ।

वहाँले त्यसपछि- मे आई जोईन यु? भनेर हामी सँग नै बस्नुभयो। वहाँले मलाई- के भाको भनेर सोध्नुभयो? म भर्खर गाउँबाट आएको मान्छे, राजाहरू सँग कसरी बोल्नुपर्छ, मलाई थाहा थिएन। मैले साधारण पाराले बोले। हजुर भन्न आएन, तपाई भनेँ। वहाँले मेरो बारेमा मामासँग धेरै कुरा बुझ्नुभयो। मलाई हेरेर भन्नुभयो- अब काठमाडौँ मै पढ। म मद्दत गर्छु।

वहाँको कुराले म झस्के। एकजना हिड्न त नसक्ने मान्छे काठमाडौँ मा कसरी पढ्न सक्छु, घर भन्दा बाहिर बसेर भने मैले त्यस अघि सोचेको पनि थिईन। अनि वहाँले मेरो मामाको नम्बर आफ्नो गार्डलाई टिपाउनुभयो र आफ्नो मोबाईल नम्बर पनि मामालाई अनि भन्नुभयो- रिजल्ट भएसी मलाई फोन गर्नु। अनि वहाँले म तिर हेरेर भन्नुभयो- तर नम्बर अरुलाई नबाँड्नु नि। मलाई आज पनि, वहाँले त्यो भनेको सम्झदा हाँसो लाग्छ।

त्यसपछि म घर आएँ। सागरले पारसलाई भेटेको भनेर चार गाउँ हल्ला चल्यो। म लोकल सेलेब्रिटि भएँ। दिनहु पारस सरकार कस्तो हुनुदो रहेछ, वहाँले के भन्नुभयो आदी भनेर मलाई सोध्न आउने धेरै मान्छे हुन्थे। त्यो बेला पारस सरकार सँग खिचेको भिडयो त झन्डै झन्डै गाउँका सबै घरका टेलिभिजनमा चले।

एस.एल.सीको रिजल्ट भयो। युवराजधिराजको मोबाईल नम्बर डाईरीमा टिपेको त थियो र फोन गर्ने आँट आएन। अब यतै घरतिरकै कलेजमा पढ्ने कुरा भयो। यतिकैमा काठमाडौँबाट मामाको फोन आयो। युवराजका सचिवले आफै मामालाई फोन गरेर, मेरो बारेमा सोध्नुभयो रे अनि वहाँले मलाई काठमाडौँ डाक्नुभयो रे। म हतार गरेर काठमाडौँ आईपुगे। मेरो त्यो बेला पनि व्हिलचियर थिएन। त्यो बेला व्हिलचियर पाउन पनि मुश्किल हुन्थ्यो क्यार, त्यति धेर मान्छेले चढ्दैन थिए। हामी युवराज सरकारका सचिवजी लाई भेट्न जाँदा, मामाले मलाई बोक्नुभएको देखे पछि, भोलिपल्ट नै मैले एउटा व्हिलचियर पाएँ। जिवनको पहिलो व्हिलचियर।


उनै सचिवजी ले मेरो लागी सजिलो हुने एस.ओ.एस कलेज खोजेर त्यहाँ निशुल्क पढ्ने व्वयस्था
मिलाईदिनुभयो। किताब, कापी र ड्रेस किन्न भनेर महाराजधिराज सरकारको कोषबाट मलाई १५ हजार रुपैया दिनुभयो। यसरी अरूको ढाडमा बोकिएर हिडने मान्छे- काठमाडौँमा आएर, व्हिलचियरमा चढेर, एउटा नामी कलेजमा निशुल्क पढ्ने भए। सबै कुरा व्यवस्था भएपछि, फेरी एकपल्ट पारस सरकार सँग भेट भयो। वहाँले भन्नुभयो- सबै कुरा मिल्यो हैन। अब राम्रो पढ्नु, केहि पर्दा खबर गर्नु।

त्यसपछि म भक्तपुर नै बसेर पढ्न थाले। पारस सरकार सँग त्यसपछि कहिले भेट भएन। बिस्तारै राजनैतिक उथल पुथल भयो। जनआन्दोलन भयो। देशमा गणतन्त्र आयो। यस बीचमा पारस सरकार सिर्फ पारस साह हुनुभयो। वहाँले आफ्नो जिन्दगीको मोड बदल्नुभयो- बेपरवाह हुनुभयो। पुलिसको फन्दामा पर्नुभयो, जेल जानुभयो। आज फेरी वहाँको तस्बिर पत्रिकामा छापिएको रहेछ- पुन प्रकाउ भनेर। वहाँको अनुहार कालो भएको रहेछ, दुब्लाएर ख्याउटे हुनुभएको रहेछ। अनि मेरो नजरमा त्यो पुरानो हाम्रो भेट र वहाँको तस्बिरको झल्को आयो। अनि मैले यो पोस्ट नलेखी रहन सकिन।

मैले यो पोस्ट पारस सरकार (शाह) असल हुनुहुन्छ भनेर देखाउन लेखेको हैन। म राजावादि हैन। गणतन्त्रवादि पनि हैन। म असलतावादि हु। पारस साहले आफ्नो जिवनमा धेरै नराम्रा काम गर्नु भयो होला। तर कमसेकम वहाँले मेरो जिन्दगी चाही परिवर्तन गर्नुभयो। वहाँसँग त्यसरी अकस्मात नभेटेको भए, म पढ्न यहाँ आउने थिईन- मेरो जिन्दगी अर्कै हुने थियो। त्यसकारण मेरो वहाँसँग केहि न केही स्नेह पक्कै छ। वहाँलाई यसरी देख्दा मलाई दुख लाग्छ। वहाँ फेरी असल मान्छे बन्नुहोस् भन्ने शुभकामना छ ।


 
Posted on 10-16-14 4:40 PM     [Snapshot: 1069]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I have to agree with above post. I am full supporter of democratic Republic. But I have found Paras Shah better human than Dipendra. Have met him couple of times and have found personally how down to earth he is. P.S I am against the institution not person
 
Posted on 10-16-14 7:31 PM     [Snapshot: 1133]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Indeed.It certainly would befog anybody to recognize the ex-prince of ex-Kingdom of Nepal these days.Surprisingly,it didn't take eons but jass couple of years to veer off from once most eligible bachelor person to the most outlaw character.The sequence of incidents in which he was engaged from long time has brought him now in such eye-watering situations.A gem of the family(or a country?) has looses all the sparks and support with his own doing.But,a diamond can be polished back and things can put back in order once Paras shah stop chasing the unavailable dragon.Citizens are naturally dismayed to view hand-cuffed selfie of their infamous prince sporting pitiful attire with faded attitude which also might have ring bells aloud among royal circles who are best known for their excessive elation of their pride and power that comes from the blood connections.Paras must inundate himself with Hope from head to toe in present occasion as it is such a force that sees no hurdles,giving power to overcome the disturbing scenarios.He must go back Nepal for his own good and engage in social activities,exhibiting a stellar story that no one theorize.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Business Ideas in Nepal?
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
Supporting issues on principle instead of blind brainwashed support
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters