← Back to Kurakani

mridula koirala

Original Post

NEPALESE PEOPLE Vs Greencard holder Mridula Koirala नियमविपरित ग्रीनकार्डवााल मृदुला प्रधानमन्त्रीको सल्लाहकारप्रधानमन्त्री सुशील कोइरालाको अवैतानिक सल्लाहकारमा मृदुला कोइराला नियुक्त भएकी छन् । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उनलाई सल्लाहकारमा नियुक्त गरेको आजको कान्तिुपरमा खबर छ ।प्रधानमन्त्री कोइरालाको स्वकीय सचिवबाट लक्ष्मण ढकाललाई हटाएपछि मृदुलाले त्यो जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।उनले कांग्रेस संगठन विभाग सदस्य, अमेरिकास्थित जनसम्पर्क समितिको संस्थापक सदस्य र कांग्रेसबाट उत्तर अमेरिकाको केन्द्रिय प्रतिनिधिको रुपमा काम गरिसकेकी छिन् । ५२ वर्षीया कोइराला अमेरिकी ग्रीनकार्डवाला हुन् । निजामती प्रशासनमा ग्रिनकार्ड होल्डर कर्मचारीलाइर् कारबाही गर्न तथा त्यस्तालाइ सरकारी सेवामा प्रवेश हुन नदिन विधेयक संसदमा पेश गरिसकेको सरकारले त्यसविपरित सल्लाहकार नियुक्त गरेको हो ।

taraniraula
Sep 1, 2014 9:26 AM · 19,524 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Latest Kurakani View all
Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant