राजालाई नारायणहिटी दरबारमा ल्याउनसक्ने तागत छ : कमल थापा (भिडियोसहित)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं, जेष्ठ १० । राप्रपा नेपालको प्रथम केन्द्रीय महाधिवेशन आजदेखि राजधानीमा सुरु भएको छ । महाधिवेशनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष कमल थापाले अब बन्ने संविधानमा राजसंस्थालाई पनि स्थान दिनुपर्नेमा जोड दिए । उनले षड्यन्त्रपूर्वक राष्ट्रिय एकताको प्रतीक राजसंस्थालाई पाखा लगाइएको आरोप लगाउँदै जनताको अभिमतलाई सम्मान नगरे जनताले राजसंस्थालाई पुनःस्थापना गर्न सक्ने बताए । थापाले गणतन्त्र र धर्म निरपेक्ष विदेशीको एजेन्डा भएको दाबी गर्दै त्यसलाई लागू गर्नेहरुको पर्दाफास गर्ने चेतावनी पनि दिए । कार्यक्रममा सञ्चारमन्त्री एवं नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले राजनीतिमा जनताले पुरानो ठानीसकेको विषयलाई फेरि कलहको विषय नबनाउन आग्रह गरे । यस्तै, एमाले नेता कृष्णगोपाल श्रेष्ठले पहिचानसहितको संविधान निर्माणमा एमालेले राप्रपा नेपालसँग सहकार्य गर्ने बताए । - See more at: http://imagekhabar.com/samacha...

p_didi · May 25, 2014 6:39 PM · 15,641 views

3 Replies

लोल पौलिना ..... कमल कान्छाले आफ्नै पार्टीलाई त मिलाएर लैजाने तागत राख्दैनन् बिचराले राजालाई कसरी नारायणहिटी ल्याउनु ...? त्यस माथि खानुसम्म खाएर ढाडिएको ज्ञान बहादुरलाई बोक्न त्यो फिस्टे कमल कान्छाले न्वारनदेखिको बल लगाए पनि सक्ने छैनन् यति कुरामा तिमी ढुक्क भए हुन्छ.. गफै त हो सोल्टी .. गफै गफमा तिम्रो त्यो प्रोफाइल पिक्चर चाँही कसले कहाँ लाग्यो नि ?

Geology Tiger · May 25, 2014 7:12 PM

Guys, just chill and don't get over excited about what Kamal Thapa says.

perrybhadra · May 25, 2014 9:22 PM

Geology tiger, teti saro hate garnu pani ramro haina hau mitra. Gyan bahadur le testo dherai naramro kaam gareko jasto ta lagdaina yar. Katai timile pani raj darbar hatyakanda ma gyan bahadur ko haat chha bhanera yati saro khedo gareko ta haina ? LOL!! Malai ta yi dui paise daka neta bhanda Gyane dai nai thik lagcha, comparatively. Jai hindu rastra nepal !!

SamAtticus · May 25, 2014 9:32 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion