माया गर्न थालिसकेछु अब छोड्न सक्दिन आँखा तिमीमा परिहाल्यो अब मोड्न सक्दिन तिमी बाहेक अरुसँग माया जोड्न सक्दिन मस्तिष्कभरी तिम्रै दृश्य घुमिरहन्छ आजकल आफ्नो टाउको आफैले ठोकेर फोड्न सक्दिन धेरै मुटुका फुलबारीमा माया रोप्न खोजें तिमी बाहेक अरुकुनै फूल गोड्न सक्दिन तिम्रै हुन्छु जीवनभर भनेर कसम खाको छु आफ्नो बाचा नमरुञ्जेल अब तोड्न सक्दिन तिमी माया गर या नगर , म त तिमीलाई माया गर्न थालिसकेछु अब छोड्न सक्दिन http://merasabdaharu.blogspot....