नेपाली सांगितिक ब्याण्ड नेपथ्यले शनिबार लण्डनको वेम्बलीस्थित एरेनामामा एक भब्य सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुती दिँएको छ । विश्वको तेस्रो ठुलो तथा लन्डनको दोस्रो ठुलो इन्डोर कन्सर्ट भेन्युमा गएर आफ्नो प्रश्तुती दिने नेपथ्य नेपालकै पहिलो ब्याण्ड हो । नेपथ्य ब्याण्डका गाएक अमृत गुरुङ र उनको समूहले शनिबार आफ्नो प्रस्तुती दिएको हो । नेपथ्यको प्रस्तुति हेर्न हल्याण्ड, बेल्जियम, नर्वे तथा अमेरिकाबाट समेत नेपालीहरु बेलायत पुगेका थिए । कार्यक्रममा अमृत गुरुङले वेम्बलीमा आएर प्रस्तुति दिन पाउनु आफ्नो सपना जस्तै भएको र त्यो अहिले साकार भएको बताए । १९९० मा स्थापना भएको ब्याण्डले नेपालमा युद्धको समया शान्ति यात्रा समेत गरेको थियो । कार्यक्रमा नेपथ्यले आफ्ना चर्चित गीतहरु रेशम, जोगले हुन्छ भेट, तालको पानी लगायतका गीतमा आफ्नो प्रस्तुति दिएको थियो । कार्यक्रममा करिब १० हजार नेपालीको सहभागिता रहेको थियो । हेर्नुहोस् फोटोफिचर र भिडियोमा नेपथ्यको प्रश्तुति यस्तो रह्यो तस्बिर सौजन्य : अमर कडेल,फोटो पत्रकार महासंघ नेपाल वेलायत शाखा । भिडियोमा पनि हेर्नुहोस् नेपथ्यको प्रस्तुती source : setopati.com/kala/2907/
Rudramati · Aug 5, 2013 10:17 AM · 7,280 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion