यो सेतोपाटि डट कम ले सरकारी काममा हुने आनियामिताता र अन्य समसामयिक कुराहरु राम्रोसंग उठाएको छ जस्तो लाग्छ / तर यो लिंकमा भएको लेखमा के भनेको होला ? सरकारी/अर्धसरकारी इन्जिनेयर भएर काम गरेका मान्छे हरुलाई राम्रो थाहा होला , बिसेष गरेर राहुल दाई त अझ बढी थाहा होला :)
http://setopati.com/raajneeti/2298/
यहाँ भने अनुसार " जेठ बीचतिर सुरु भएको कामको गुणस्तर कमजोर भएको र १ करोडको बिल नै चर्को भनी चिन्तित इञ्जिनियरहरुमा अर्को अढाई करोड भुक्तानी दिनुपर्ने अवस्था आएपछि 'भागाभाग' जस्तै भएको छ।"
"'१ करोड रुपैयाँको कार्यक्रम स्वीकृत भयो, अर्को अढाई करोड आयो तर कार्यक्रम अझै स्वीकृत भएको छैन,' आयोजनाका कर्मचारीले भने।"
स्वीकृत नै नभएको कामको भुक्तानी माग्यो भन्ने कुरो कत्तिको साचो हो ?? कि येस्ता online ब्लग/news ले समाचारहरुलाई अतिरन्जित रुपमा प्रस्तुत गरेका हुन् ??