[Show all top banners]

Masane

More by Masane
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 लौ महान गौरबशालि नेपाली हो भोका बालबालिका लाई लिटो किनेर खुवाउने को को छ ?
[VIEWED 1709 TIMES]
SAVE! for ease of future access.
Posted on 05-12-13 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


www.nconepal.org/#


 काठमाडौं- अनाथ बालबालिकालाई आश्रय दिँदै आएको नक्सालस्थित बालमन्दिर आर्थिक अभावले आफैं अनाथ भएको छ। सरकारी सहयोग नपाउँदा २०२२ सालमा स्थापित नेपालकै पुरानो बालमन्दिरलाई १ सय ४८ अनाथ बालबालिकालाई पालनपोषण गर्न समस्या भएको छ।
 
 
 
पर्याप्त खान नपाउँदा भर्खरै बोल्न थालेका नानीहरूको ओठ कलेटी पर्न थालेको छ

आर्थिक संकटले यहाँ आश्रय लिँदै आएका अनाथ नानीहरूले लिटो र ल्याक्टोजिन समेत खान पाएका छैन। पर्याप्त खान नपाउँदा भर्खरै बोल्न थालेका उनीहरूको ओठ कलेटी पर्न थालेको छ। 'कतैबाट पनि सहयोग नपाएपछि गृहमा रहेका १ सय ४८ बालबालिकाको खानपिनमा समस्या आएको छ,' नेपाल बाल संगठनका निर्देशक रमेश भूमिले भने, 'उनीहरूलाई जेनतेन साँझ–बिहानको खाना जुटाउँदैछौं। उनीहरूका लागि अन्य आवश्यकता पूरा गर्न सकेका छैनौं।'

बालमन्दिरमा ३ महिनादेखि १५ वर्षसम्म उमेरका बालबालिका छन्। 'बच्चाको पेट भर्न हामीले उधारोमा खानेकुरा ल्याउने गरेका छौं,' उनले भने, 'कहिले कोहीसँग, कहिले कोहीसँग माग्दै गुजारा चलाउँदै आएका छौं।' नानीहरूका लागि स्टेसनरी, लत्ता–कपडा, खैलौना किन्ने पैसासमेत अभाव रहेको उनले सुनाए।

नेपाल सरकारले बजेट नदिने र अन्य दाताहरूले पनि सहयोग गर्न छाडेपछि बालमन्दिर अहिले चरम संकटमा परेको उनले सुनाए। 'कर्मचारीले दुई वर्षदेखि तलब पाएका छैनन्,' उनले भने, 'बच्चाहरूको आधारभूत आवश्यकता पूरा गर्नसमेत समस्या छ।'

बालबालिकाको आधारभूत आवश्यकता र कर्मचारीको तलब गरी मासिक ६ लाख जति लाग्ने उनले सुनाए। एउटा बच्चालाई खानपिन र अन्य खर्च गरेर दैनिक औसत १ सय रुपैयाँ लाग्ने उनले सुनाए। बालगृहमा २१ कर्मचारी रहेको उनले बताए।

स्वदेशी तथा विदेशीले यहाँका बच्चालाई धर्मपुत्र स्वीकार गरेबापत आउने आम्दानीले जेनतेन चल्दै आए पनि अहिले धर्मपुत्र लिन विदेशी नआएकाले समस्या परेको हेा। 'यहाँका कतिपय कर्मचारी कोही आएर बच्चा ग्रहण गरे तलब पाइन्थ्योकि भन्ने आसमा देखिन्छन्,' बालमन्दिर स्रोतले भन्यो, ' यो अत्यन्त दुःखलाग्दो अवस्था हो।'

अनाथालयमा रहेका बच्चालाई धर्मपुत्रको रुपमा ग्रहण गरेबापत नेपालीले ७५ हजार रुपैयाँ तिर्नुपर्छ भने विदेशीले ५ हजार अमेरिकी डलर (४ लाख जति) तिर्नुपर्छ।

नेपाल बाल संगठनका केन्द्रीय महासचिव कृष्णशंकर साहले बालमन्दिर सरकारी निकायको बेवास्ताको सिकार बनेको सुनाए।
 

Picture-1480

नक्सालस्थित बाल मन्दिरमा रहेका ३ महिने बालक सम्राट। उनी भिमसेनगोलास्थित बागमती पुलको तल बेवारिसे अवस्थामा भेटिएका थिए। तस्बिर – उपेन्द्र लामिछाने

Picture-1499


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Why Oli must go for the UML to survive?
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters