← Back to Kurakani

Ghazal

Original Post

नेताको भाषण मलाई जनता ठगी खाने चाल जस्तो लाग्छ नेताको शाषण जनतालाई भ्रममा राख्ने जाल जस्तो लाग्छ राजनीति भन्ने चीज कस्तो अनौठो हो हजुर बुझ्नै नसकिने, अरुलाई दोष िदने र आफूलाई पर्दा छेक्ने ढाल जस्तो लाग्छ सत्ययुग रामलाई, कलियुग रावणलाई भएर होला हजुर, देशभक्ति त देशद्रोहीले ओढ्ने देखावटी खाल जस्तो लाग्छ प्रजातन्त्र र लोकतन्त्रसँगै विकास र शािन्त परलोक हुँदा नेतालाई हाम्रो देश चाँहि काटो समान माल जस्तो लाग्छ देशको रक्षक भनाउदा नेताहरू नै भक्षक भएपछि नेता त आफ्नै जनताई मृत्यु बाँड्ने एक काल जस्तो लाग्छ हाम्रो देशलाई हेर्दा हामी सबैको मन असाध्यै रुन्छ किनकी हाम्रो देशको ताल बाछोले खेदेको हरिणको हाल जस्तो लाग्छ

YolmoPa
Oct 14, 2012 9:31 AM · 9,208 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Latest Kurakani View all
Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant