मेरो टाउको साह्रै दुख्थ्यो जतिबेला मेरो टाउको ठाडो थियो । बिहान जुरुक्क उठ्नासाथ रनक्क रन्केर दुख्थ्यो दिनभरि सनक्क सन्किँदै झनक्क झन्केर दुख्थ्यो राती त झन् निद्रै भुलेर टनक्क टन्केर दुख्थ्यो मेरो टाउको साह्रै दुख्थ्यो मलाई साह्रै पीडा दिन्थ्यो । अचम्म भयो ! आज मेरो टाउको झुक्यो अनायास झुक्यो झुक्नासाथ मुटु हाँस्यो जसै मुटु हाँस्यो वृथाभिमान विलिन भयो ठाडो हुँदा भरिएको टाउको झुक्नासाथ रित्तो भयो रित्तो के भयो पीडा सारा छुमन्तर भयो मुटुबाट छिर्का हान्दै प्रेमानन्दको पो वर्षा भयो । जसै मेरो टाउको झुक्यो प्रेमाश्रुले भरिएर हृदय उठ्यो जन्मौं जन्मको बन्धन फुक्यो । Bizay sangroula
Smriti-malla · Feb 8, 2024 3:37 PM · 9,668 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion