← Back to Kurakani

ठुलो कुरो ।

Original Post

ठुलो कुरो । त्यो दुई काने चप्पलको टाउको बिभत्स तरिकाले चुंडिदा टुकी बत्तिको साहराले जोड्ने कोसिस गरे पनि अथक प्रयास पछी किला घुसारेर बिजय उत्सव मनाएको छौ ? पानी पर्दा, हिलो बटुलेर गज्यंग गज्यंग खुट्टाका औंलाको काप्चाबाट निक्लेको अमुर्त कलालाई राती सुत्ने बेला चिलायर मुर्त बनाएका छौ ? पाकेको सिङान बोकेर भातको माडले चङ्गा टालेको छौ कि खैनीको बट्टा कुच्चाएर राम लक्ष्मण बनेका छौ ? फर्सीको पातमा फर्सीकै पिरो तरकारी र नपाकेको भात खान भए पनि रात भर खासाबाट ल्याएको ज्याकेटको भरमा देउसी नसकिंदै परालको कुन्युमा निदाएको छौ ? धानको भरी बोकेको छौ ? ? गंहु चुटेको छौ ? गुलेली हन्न दिन भर खोलाको तिरमा गट्टा टिपेको छौ ? गोठालो जाँदा पाङोको आलु उखलेर पोलेको छौ कि केराउ बक्कुला चोर्न भिर उक्लेको छौ ? गट्टिवाल जुत्ता लगाएर मामा घर गएका छौ कि त्यहि जुत्ता स्कुलमा लगेर हिरो भका'छौ ? माटोसँगको परिचयमा जीवन जिएको छौ ? सक्छौ बाँकी जीवन त्यो बिगत सम्झेर बस्न , रमाउन ? सन्तोक छ ? मुस्कान छ ? खुशी छ ? यदि छैन भने.... ठुलो कुरो नगर , ठुलो कुरै नगर !!! Last edited: 12-May-24 10:09 AM Last edited: 12-May-24 10:12 AM

Jhaukiri
May 12, 2024 9:28 AM · 18,147 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant