← Back to Kurakani

जन्डिसमा जाँड चै नखानु है !!

Original Post

अनन्त पुन ( बर्समान ) दाइले भारी मतले बिजय हासिल गरे पछि बधाई दिन उनको डेरामै पुगियो . दाइ पहिले देखि नै सारै सरल सहयोगी र निर्भिग मान्छे . मगर जातले नै सारै आँटिलो हुन्छन ,जनयुद्धमा ६ ७ जना सेनालाइ त घाइते आवस्थामै उनले यमलोक पुर्याको रे . तेइ भएर होला पृथ्बी नारायणको मुख्य लडाकु पनि मगर हुने गर्थे , ब्रिटिश आर्मीले पनि उनीहरुको योग्यत़ाको खुबै कदर गरे . डेरामा म सहित अरु २ जना पुगेका थियोउ बधाई दिन , दाजुले त ल बस भाईहरु भनेर भाउजु ( ओनसरी घर्ति ) लाइ डबकिमा छानेको जाड ल्याउन लागाए . भाउजु फेरी पूर्व सबामुख भए पनि घरमै जाड , सक्सी सब बनाउनु हुन्छ . जाड ल्याए पछि ल सुरु गरम भनेर जाड दिनु भयो . काठमान्डूमै धेरै समय हुर्केको भएर मलाई लोक्कल ठर्रा मन पर्दैन . तर दाजु आफैले भने पछि खन्ना भन्ने आँट गर्न सकिन . हामीलाइ जाड पस्केर दाजुले पनि एक बोटुका जाड स्वाट्ट पर्नु भयो . बर्समन दाजुलाई यो भन्दा पहिले कडा खालको जंडीस भएको थियो र प्रचण्डको अथक प्रयासले वहा बाच्न सफल हुनु भयो . वहाले तेसरी जाड स्वाट्ट पारेको देखेर मैले " दाइ हजुरले त खान नहुने " भने . वहाले लगत्तै ' ह्य , कस्तो कस्तो युद्ध बाट त बाँचियो , यो जाबो तिन पानेले केहि हुदैन भाई, फेरी यो त घर मै बनाको भन्नु भयो भद्र स्वोरमा " एकछिनमा दाजु भाउजु संग बिदा भएर निस्कियो , तेस्को केहि समयमा पार्टीले दिएको जिम्मेवारी सफलतापुर्बक निर्बाह गरेर म अम्रिका फर्किए . अम्रिका फर्केको ३ दिन मै समाचार आयो " दाइ लाइ जन्ड्डीसले फेरी च्यापेर चिन लागेको छ " . जन्ड्डीसमा रक्सि जाड बिष सरह हुन्छ भनेको सुनेको थिए हो कि क्याहो , एसको बैज्ञानिक तर्क चै थाहा छैन .

edv2023
Dec 10, 2022 6:13 PM · 14,207 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant