[Show all top banners]

sabaiko satru
Replies to this thread:

More by sabaiko satru
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

sabaiko satru
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Nepali in United Kingdom
[VIEWED 4055 TIMES]
SAVE! for ease of future access.
Posted on 05-10-07 7:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली काउन्सिलरको पहिलो दिन



नवीन पोखरेल


लन्डन, उमेर ३९ वर्ष । उचाइ जम्माजम्मी ५ फिट साढे ४ इञ्च । नेपाली राष्ट्रिय पोसाकमा ठाँटिएर निर्धारित समयभन्दा दस मिनेटअघि -स्थानीय समय १ः५०) नै कार्यालय पुग्दा उनको स्वागतार्थ तल्ला कर्मचारी पुष्पगुच्छा लिएर तम्तयार भइसकेका थिए ।
'नेपाली काउन्सिलरको अन्डरमा काम गर्दा कस्तो हुने हो भनेर कौतुहलतामा पो रहेछन्,' बेलायतकै इतिहासमा पहिलोपटक काउन्सिलर बनेका नेपाली धन गुरुङले शपथग्रहणका दिन मंगलबार सम्भिmए- 'नेपालीको छोरोले यति विघ्न जिम्मेवारी पाउँदा मेरो हर्षका आँसु झरे ।'

भाषण होइन, चार वर्ष कार्यकालमा कामै गरेर देखाउनुपर्ने हुँदा जोखिम पनि उत्तिकै भएको निष्कर्ष उनको छ । 'पहिलो कठिन त मैले बजेटकै काम देखेको छु । जनताको सेवामा कति खर्च हुन्छ, के कसरी विनियोजन गर्ने हो बुझेरमात्र अघि बढ्छु,' उनले भने- '१८ वर्ष बि्रटिस आर्मीमा छँदा अर्काको कमान्डमा काम गरेको थिएँ, अब आफैंले कानुनको दायराभित्र रहेर अर्कालाई निर्देशन दिन सहज छैन ।'

दिउँसो २ बजे एक्जुकेटिभ सिनियर लर्डबाट 'डिक्लेरेसन अफ एसेप्टेन्स अफ अफिस अफ काउन्सिलर' को शपथ खाएपछि फोक्सटन टाउनका काउन्सिलर गुरुङमा हातमा गह्रुँगो 'फोक्सटन टाउन काउन्सिल स्ट्यान्डिङ अर्डर' फोल्डर परेको छ । जसमा प्लानिङ कम्युनिटी सर्भिसअन्तर्गत जनसरोकारका क्षेत्र टाउन प्लानिङ, व्यवस्थित आवासीय भवन निर्माण परिकल्पना, सडक, बत्ती, एनएचएस, बच्चाको खेल मैदान, अपराध नियन्त्रण, फोहर संकलन, हरियाली र स्वच्छ सहर बनाउने अभिभारा छ । उनले फोक्सटन टाउनका आठवटा वार्ड सम्हाल्नुपर्नेछ, जहाँ करिब दुई हजार नेपालीको बसोबास छ ।

जनतासँग भोट माग्दा गरेको वाचा पूरा गर्न उनी कटिबद्ध छन् । 'मैले केयर होम भिजिटका क्रममा वृद्धवृद्धाबाट पाउनुपर्ने सुविधा समयमा नभएको गुनासो सुनेको थिएँ । त्यसैले अब बीबीसी टेलिभिजनका साथमा मेरो क्षेत्रका २५ केयर होमको निरीक्षण गर्न जाँदैछु,' उनले आफ्नो प्राथमिकताको सूची देखाउँदै सुनाए । आगामी मे १८ मा मेयर चुन्ने जिम्मेवारीमा पनि उनको नाम अंकित छ ।

गुरुङको अन्डरमा कार्यकारिणी टाउन क्लर्क, कम्युनिटी डेभलप्मेन्ट अफिसर, सेक्रेटरी/एडमिनिस्ट्रेटिभ अफिसर, फाइनान्स अफिसर, काउन्सिलर सेक्रेटरी, सिभिक इभेन्ट्स अफिसर र टाउन सार्जेन्ट गरी सातजनाले काम गर्नेछन् । गुरुङ बेलायतको तेस्रो ठूलो पार्टी लिबरल डेमोक्रेट्सका तर्फबाट काउन्सिलरमा उठेका थिए । बेलायतको राजनीतिमा नेपाली नागरिकले उम्मेदवारी पाएर प्रतिनिधित्व गरेको यो पहिलो हो । अवकाशपछि सन् २००४ मा राजनीतितिर प्रवेश गरेका गुरुङ लिबरल डेेमोक्रेट्सजस्तो ठूलो पार्टीले पत्याउनुमै सफलता देख्छन् । 'गोर्खालीहरूले २ सय वर्षयता बेलायतका पक्षमा गरेको बलिदानीको प्रतिफल पनि हो यो,' उनले सुनाए । मेचीको झापामा जन्मिएका गुरुङले सैनिक सेवाको १८ वर्ष समयावधि बेलायत, अफगानिस्तान, बोस्नियालगायत मुलुकमा बिताएका थिए ।
 
Posted on 05-10-07 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This is extremely good news and something to be proud of for all of us Nepalis and friends of Nepal.

Does anybody have Councillor Gurung's email address or mailing address? I would like to send him a congratulatory note. Steps like these need to be celebrated and encouraged.
 
Posted on 05-10-07 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wonderful news.
Congratulations to Mr. Gurung.

May he achieve more success in times ahead!

I agree with Riten (above) that we need to celebrate
news like this.

That said, we tend to focus too much on "what's wrong with Nepal and Nepalis" (and I too am a guilty party to that line of thinking!) . . . but we should also focus more on "what's RIGHT with Nepal and Nepalis worldwide", and learn and draw inspiration from others' success.

oohi
ashu
 
Posted on 05-12-07 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Remarkable achievement no doubt.

Ashu - Couldn't agree more with your "what's right" statement - something that should be applied to other areas too I think :)
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Nepal TPS decision
2020 : Why No Trump !
ICE kidnapping people off the streets over op eds
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
Democrat lies revealed
legal Query for married nepali girl now have taken US citizenship
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters