[Show all top banners]

nakkali keti
Replies to this thread:

More by nakkali keti
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

ThahaChaena

Geology Tiger

shirish
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 एउटा चिसो रात
[VIEWED 4357 TIMES]
SAVE! for ease of future access.
Posted on 03-30-09 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा चिसो रात

"आज पनि हिटर बनाइ दिएनछ मोराले। भाडा चैं महिना नलाग्दै बुझाउनु पर्ने रे......."
रिसले फत्फताउँदौ सानो हिटर बालेर सिरकमा गुट्मुटिएको मात्र के थिएँ कसैले
ढोका ढक्ढकायो। ढोकासम्म गएर स्वागत गर्ने जाँगर थिएन गुट्मुटिएरै कराएँ  "भित्र आउ....."। उस्ले लामो कालो कोट लगाएकी थी। अरुबेला जस्तो कोठामा नछिरेर कोटका खल्तिमा हात घुसारेर ढोकामै अढेस लगाएर उभिरही। बाहिर हिउँ परी रहेको थियो। जाडोले रातो भएको उस्को नाक बत्तिको उज्यालोमा टलक्क टल्कियो। सधैं चन्चल देखिने उस्का आँखा आज उदास थिए। "किन जाडोमा बाहिर उभिएकी... भित्र आउ" मैले अर्हाएँ। उ मेरो खाटको छेउमा आएर बस्नसाथ रक्सिको नमिठो गन्ध नाकमा ठोक्कियो। "आफुले नखाँदा कस्तो गन्हाउँदो रहेछ। आफुले खाएको बेला नखाकालाई पनि  यस्तै हुदो हो " मेरो मनले तुरुन्त सोच्यो।
बार गएर आएकीमैले स्वभाबिक प्रश्न गरें। उस्ले होइनमा टाउको मात्र हल्लाइ केही बोलिन। " हेर न मेरो हिटर बिग्रीएको बनाइ दिएकै छैन। कस्तो जाडो छ है आज। चिया खान्छौ?" मैले गुनासो, परिस्थिती र प्रस्ताब एकै चोटि तेर्स्याएँ। उस्ले फेरी टाउको मात्र हल्लाइ केही बोलिन। हाम्रो संगतले उ पनि बेला न कुबेला चिया खान तयार हुने भएकी थी। चिया बसाल्दै गर्दा मैले उ तिर पुलुक्क हेरेँ। उ भुइँ तिर हेरेर घोरीइ राखेकी थी। आज केही भएको छ भन्ने कुरा को सुइँको त मैले अगी नै उ छिर्न साथ पाइसकेको थिएँ तर कुरो के को उ भनी रहिकी थिन अनी मैले सोधी हाल्न सकेको थिन। "बिबेक कहिले फर्किने भयो त? ईमेल गर्‍यो तिमीलाई?" चियामा चिनी हाल्दै मैले सोधें। मेरो प्रश्न सुन्न साथ उस्को गोरो अनुहा रातो भयो अनी अगी देखी रोकी राखेका उस्का आँसुहरु गाला हुँदै भुइँतिर खसे। "जेनिन के भयो तिमीलाई?" मैले आत्तिदै उस्का हात समाएँ। उ मेरा हातहरु बेस्सरी समएर रोइरही मानौँ मेरा हातहरुमा उस्का सम्पूर्ण ब्यथा पोखिरहिकी छे। म त्यो खहरेलाई रोक्न चाहन्न थें त्यसैले मौन रहें।

क्रमश:

















Last edited: 30-Mar-09 01:38 PM

 
Posted on 03-30-09 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो छ तर अत्ती अत्ती नै छोटो भएन र भन्या?
 
Posted on 03-30-09 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I know अत्ती नै छोटो छ। खास कुरा के भने मलाई अचेल कथाको १,२  वटा paragraph लेखेर जता ततै फाल्ने बानी लागेको छ। यो पनि हिजो घर सफा गर्दा भेट्टाको। साझामा टाँस्यो भने complete गर्न कर पनि लाग्छ तारिफ (hopefully) पनि पाईन्छ भनेर अहिहेलाई टाँस्दै गरेको। बाँकी भोली है। Thanks for comment.


 
Posted on 03-30-09 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ghar chado chado safa gara hai nakkali?  ekdam ramro shuruwat chha. 
 
Posted on 03-30-09 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हस हुन्छ !


भोली फरक नपरोस है त


लेखाइ राम्रो छ तारिफ त नआउने भन्ने देख्दै देख्दिन म त !


 
Posted on 03-30-09 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात भरी बसेर पढ्ने लेख्ने काम नगरेको धेरै भाको थ्यो।तारिफ आउने पक्का भए पछी त आज रात भरी घुडा धसेर भएनी लेख्नु पर्ने भो।
हस हुन्छ ! भोली फरक पर्दैन।

Khusii thanks for encouragement!

 
Posted on 03-30-09 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुरुवात त तारिफ गर्न योग्य नै रहेछ।  अर्को भाग भोलि पक्का है त। घर सफाइ सिद्धिहाल्यो जस्तो छ हिंजै लौ अब कस्सिएर अर्को भाग कोरे हुन्छ नि।  
 
Posted on 03-30-09 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नक्कली को सक्कली लेखाइ सदा झै तारिफेबल नै छ। छिटो लेखे, छिट्टै पढ्न पाईन्छ के।

 
Posted on 03-30-09 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I thought somebody spent his/her night in cell lol.

 
Posted on 03-31-09 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उ मेरा हातहरु
बेस्सरी समएर रोइरही मानौँ मेरा हातहरुमा उस्का सम्पूर्ण ब्यथा पोखिरहिकी
छे। म त्यो खहरेलाई रोक्न चाहन्न थें त्यसैले मौन रहें।


उ बिस्तारै स्थीर भइ।  मैले उस्लाई हेरिरहें। उस्का निला आँखाहरु झनै उदास भए। " बिबेकले बिहे गर्दै छ" उस्ले कोटको बाहुलाले आँसु पुछ्दै
बिस्तारै भनी। " को सँग?" मेरो मनमा चिसो पस्यो।           " नेपाली केटी सँग" उस्ले यती मात्र भनी। म अवाक भएँ।

बिबेक र म एउटै स्कुलमा पढ्थौँ।  स्कुल पछी हाम्रो खासै संपर्क भएन। सँयोगबस पछी यहाँ एउटै युनिभरसिटिमा एड्मीसन गरेंछौ। नेपालीहरु सार्है कम भएको  यो 
युनिभरसिटिमा हामी अपार्टमेन्ट बाँडेर बस्न थालौँ। बिबेक गम्भिर स्वभाबको थियो, पढाई प्रती सधैं लगनसिल। हुन त मान्छेहरुले हाम्रो जोडी मिलाउन नखोजेका होइनन तर खै किन हो कुन्नी हामी बिच त्यो भावना कहिल्यै मौलाएन। प्रेम गर्नुको कारण नभए जस्तै नगर्नुको पनि कारण हुँदैन रहेछ। उ जेनिनसँग नजिक हुँदै गयो। उनिहरु लाइब्रेरिमा सँगै काम गर्थे। जेनिन एक अमेरिकि, हँसिलो अनुहार भएकी, बोलिरहन मन पराउने। फरासिलो स्वभाब भएकी जेनिनसँग मेरो मित्रता पनि छिट्टै गाँसियो।

हामी ३ जनाले कयौं रमाइला पलहरु सँगै बाँडेका थियौं। तर आज जेनिनले सुनाएको कुरा मेरो कल्पना भन्दा बाहिर थियो। म स्तब्ध थिएँ। " बिबेकले किन बिहे गर्न लाग्यो? उ त बिहे गर्न भनेर नेपाल गएकै होइन।
के उस्को जेनिनसँग जीवन बिताउने बिचार  थिएन?" अनेक थरी प्रश्नहरु मेरो माथिङलमा घुमिरहे। "यती ठुलो ब्यथा पोख्न उ मकहाँ आएकी छे मैले केही भन्नु पर्छ" म बौरिएँ। " यो कुरा सुनेर सार्है दु:ख लाग्यो"  भनेर म उस्को पिडाको अबमुल्यन गर्न चाहन्न थेँ। त्यसो भए के भनौं त ? उस्को साथी को  नाताले  "पिर नगर, तिमीले अर्को राम्रो केटा पाउँछौ" भनौं कि बिबेकको साथीको नाताले उस्को वकालत गरौं वा "त्यस्तो पनि गर्ने हो भनेर उस्को निन्दा गरौं" म फेरी अर्को भुमरिमा परें। "मेरो केही सामान लैजानु छ" भनेर उ बिबेकको कोठामा पसी। सधैं पतर पतर गर्ने मलाई आज शब्दहरुको साँच्चै ठुलो खडेरी पर्‍यो। उ आफ्ना टुटे फुटेका स्‍मृतिहरु समेटेर बाहिर आइ। मैले ढोकानेर पुगेर उस्लाई अँगालो मारें। उस्का आँखा फेरी रसाए।

 "कस्तो नौटंकी रहेछ। गधा! कमसेकम मलाई भनेर गएको भए म जेनिनलाई बोकेर आउँथे र त्यस्को बिहेमा? यो केटाहरुको जात नै नहुने..... के ठान्छन यिनिहरुले केटीहरुलाई?" म रीसले तातिदै इमेल हेर्न थालें। नभन्दै बिबेकले इमेल गरेको रहेछ।

प्रिती तँलाई अचम्म लाग्छ होला। म बिहे गर्दै छु। मलाई पनि 
अचम्म लागिरहेको छ। हेर अहिले सम्म केही नराम्रा  काम गरिन। सधैं आफुलाई सबै कुरामा सछम प्रमाणित गरें। तर पनि मेरो बुवा आमाले मेरो आफ्नै जीवनको एउटा फैसलामा विश्वाश गर्न सक्नु भएन। हो  म अहिले झगडा गर्न सक्छु। केही नभनी फर्किन सक्छु। तर आफन्तसँग के को संघर्स। आफन्त सँग त सहयोग हुन्छ, सहकार्य हुन्छ। त्यसैले म समर्पण गर्दै छु।  मैले एकजनालाई रुवाएर यहाँ धेरैलाई हँसाएको छु। तर म आफु भने त्यही एक जनाको लागि रोइरहेको छु। म यि कुराहरु जेनिनलाई बुझाउन सक्दिन। तैले त पक्कै पनि बुझ्छस होला। मलाई माफ गरिदे।

"म बुझ्छु तेरो परिस्थिती" मैले मन मनै भनें। बाबु आमाले छोरा छोरी 
छोरा छोरी मात्र नभएर एउटा अर्को मान्छे पनि हो भन्ने यथार्थ बुझिदिएको भए आज बिबेकले यो सम्झौता गर्नु पर्ने थिएन होला। सम्झौतामा गाँसिएको सम्बन्ध सफल हुन्छ भन्ने के ग्यारेन्टि? जाडोले चिसो भएको मेरो रात दुई प्रीय साथीहरुको बिछोडले झनै चिसियो। म निदाउन सकिन।

समाप्त

 


 
Posted on 03-31-09 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रस्तुतीको त के तारिफ गर्नु र फेरी ! अब्बल दर्जा को छ ! हुन त लघु कथा होला तर पनि फेरी त्यही गुनासो छ ! एकदम छोटो !


जे होस् लेख्ने काम जारी राखौ ! धन्यवाद प्रिती !


 
Posted on 03-31-09 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो छोटो - कती चाँडो सकाको - अली लामो भएको भए अझ राम्रो हुन्थ्यो भन्ने लागेको छ


अब दामी छ भनेर भन्नु पर्दैन होला - कतो रारो लेखेको - अक्षेर होइन नि कथा है


 
Posted on 04-01-09 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Khushii
घर त कहिले काँही पो सफा गर्ने हो त। सधैं गर्‍यो भने फेरी कहिले काँही के गर्ने नि? Again thanks for encouragement.

चिप्ले जी
तारिफ योग्य भनी दिनु भएकोमा धन्यवाद। बाँकी भाग कस्तो लाग्यो त?

राहुलभाई दाई
म मान्छे मात्र नक्कली हो कुरा त तारिफेबल गर्छु नि। Thanks for comment.

i_my (आईमाई ???)
u r funny.... कसैले जेलमा रात बिताएको बारेमा कथा भएको भए शिर्सक "खोरमा एउटा चिसो रात" हुन्थ्यो।

ritthe
किन तारिफ नगर्ने फेरी? त्यही पाउँला भनेर रातभरी बसेर लेखेको। गर्या रहिछ त। Thanks for saying अब्बल दर्जा को । BTW मेरो नाम चाँही प्रिती होइन है। म पनि बाठो पो छु त

serial
छोटो मिठो हुन्छ होइन र? दामी छ भनेर भन्नु पर्छ नि नत्र अर्काको मनको कुरो कसरी थाहा पाउनु? Thanks for liking it.

बाँकी सबै मेरो चिसो रात तात्यो कि तातेन भनेर उत्सुक हुने पाठकहरु लाई पनि पढि दिनु भएकोमा धन्यवाद।

 
Posted on 04-01-09 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>BTW मेरो नाम चाँही प्रिती होइन है। म पनि बाठो पो छु त। <<<


बाठो?  कि बाठी हौ?


 
Posted on 04-01-09 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तिम्रो पासवर्ड थाहा पाये मैले **** (४ वटा एस्टरिस्क)हैन?" भन्दा "काँ हुनु नि चारवटा एस्टरिस्क, 'Pink' पो हो त" भने जस्तै हुन्छ होला भन्ठान्या त बाठी पो रैछिन् !


ल अब जे भये नि त्यो कोठा चाँही अली छिटो छिटो सफा गर्नु पर्‍यो क्या !


 
Posted on 04-01-09 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई नि सार्है मन पर्‍यो
 
Posted on 04-01-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नक्कली, बाँकी भाग पनि पढें। तारिफयोग्य नै छ बिना कुनै संकोच। अब अर्को कोशेलीको लागि हात थापिरहेको छु है।    
 
Posted on 04-01-09 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नक्कली केटी कथा एक सास मा सके,छोटो मिठो अनी लाजवाब छ् प्रस्तुती।


लौ अरु पनि बाडौ न राती पढ्दै लेख्दै गर्दा भरिएका पान्नाहरु।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Now Trump is a convicted criminal .
Why Americans reverse park?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
TPS Renewal Reregistration
" अनि ग्रिन कार्ड बन्यो त ?"
Nepali Passport Renew
मैले नबुझेका केहि गीत का lyrics हरु
Shot Dead
जाडो, बा र म……
Driver license help ASAP sathiharu
Nims- एक उन्मत्त साँढे
TPS Reregistration and EAD Approval Timeline.......
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters