What do you guys say after reading follwing articles.
१) हल्सी बाश भए पनि के नभए पनि के?
- ZZ बाट -
हामीमा नराम्रो बानी के छ भने, कुराको गुदि भन्दा बोक्रामा धेरै सम्बेदनशील हुन्छौ । के भनेको थियो, कुन परिप्रेक्ष्यमा भनेको थियो भन्ने कुरालाइ गौण बनाउदै कसले भनेको थियो भन्नेमा अल्झिन्छौ । सहि हो कि गलत हो भन्ने सोच्नु पहिले समाचार वा लेख कसले लेख्यो भन्ने खुल्दुली लाग्छ । समाचार वा लेख को सन्दर्भ भन्दा बढी महत्त्व त्यसलाइ जनआस्था, देशान्तर, पुनर्जागरण, जनादेश वा निष्पक्ष कसले छाप्यो भन्ने चासो बढी हुन्छ । यो बानीले हामीलाइ यथार्थको नजीक पुर्याउन सघाउदैन ।
http://www.mysansar.com/?p=1721
----------------------------------------------------------------------------------------
२) “हल्सी बास नामका कर्मचारी बैंकमा छैनन्” न्युजब्लेजमा प्रकाशित लेख माअोवादीविरुद्धको प्रोपोगाण्डामात्रै
मेरो नाम लक्ष्मण भट्टराई हो र म हाल न्युयोर्क, अमेरिकाको म्यानहाटनस्थित Credit Suisse बैंकमा काम गर्छु। यहाँ म सफ्टवेयर इञ्जिनीयरका रुपमा कार्यरत छु। म माइसंसार ब्लगको नियमित पाठक हुँ। न्युजब्लेज डट कममा प्रकाशित हाल्सी बासद्वारा लिखित माअोवादीहरुले भारतबाट स्विट्जरल्यान्डमा पैसा स्थानान्तरण गरेको भन्ने लेखका बारेमा केही कुरा प्रष्ट पार्न चाहन्छु।
http://www.mysansar.com/?p=1720
----------------------------------------------------------------------------------------
३) हाल्सी बास र न्युजब्लेजको वास्तविकता
-अविन पराजुली-
हाल्सी बास नामका एक व्यक्तिले त्यति नाम नचलेको एउटा साइट न्युजब्लेज डट कममा माअोवादी नेताहरुले भारतबाट स्विट्जरल्यान्डको बैँकमा पैसा ट्रान्सफर गरेको भनी लेखेको एउटा लेखका बारेमा यहाँ निकै चर्चा भएको देखेँ। मैले पनि आफूले थाहा पाएका केही कुरा पाठकहरु समक्ष बाँड्न चाहेको छु।
http://www.mysansar.com/?p=1716
----------------------------------------------------------------------------------------
४) पैसा ट्रान्सफर गर्न माअोवादी नेताहरु स्विट्जरल्यान्डमा ?
हल्सी बास/स्विट्जरल्यान्ड
म स्वीस नागरिक हुँ र बौद्ध धर्म मान्छु। म सिद्धार्थ गौतम जन्मिएको देश नेपालको लुम्बिनी र काठमाडौँ, पोखरा, लुक्ला, गोरखा र कयौँ हिमाली क्षेत्रमा धेरै पटक गइसकेको छु। म नेपाललाई नेपालीहरु सरह माया गर्छु।
http://www.mysansar.com/?p=1714