[Show all top banners]

sardarsing
Replies to this thread:

More by sardarsing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Never Trust A King
[VIEWED 1974 TIMES]
SAVE! for ease of future access.
Posted on 06-03-05 6:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोलीकै कुरा गर्ने हो भने राजा त्रिभुवनले २००७ सालमै एक वर्षभत्र संविधानसभाको चुनाव गर्ने कुरा गरेका थिए । त्यो चुनावको दिन कहिल्यै आएन । उल्टै, २००७ साल फागुन ७ गतेबाट तीन वर्षपुग्न एक महिना बाँकी छँदा, २०१० साल माघ ७ गते राजा त्रिभुवनबाट भएको अर्को घोषणाले सात साललाई उनले प्रजातन्त्र आएको रूपमा नभई राणाको हुकुमी शासनको ठाउँमा राजाको हुकुमी शासन स्थापित भएको दिनका रूपमा हेरेका रहेछन् भन्ने स्पष्ट भयो । प्रजातान्त्रिक शक्तिहरू र परिस्थितिजन्य घटनाहरूले नरोक्ने हो भने अहिले पनि राजाको रोडम्याप त्यस्तै देखिन्छ । राजा त्रिभुवनको ७ माघ २०१० को घोषणाको त्यो अंश यस्तो छः

"अन्तरनिहित राजकीय सत्ता तथा शाही विशेषाधिकारद्वारा कार्यकारिणी, व्यवस्थापिका तथा न्यायसम्बन्धी सर्वोच्च अधिकार राजामा नै रहने हाम्रा पर्ुखाहरूको पालादेखि नै चलिआएको हाम्रो मुलुकको परम्परा र प्रथा हो । हाम्रा विशिष्ट पर्ूवाधिकारीहरूद्वारा सुम्पिएको अख्तियारअनुसार सो अधिकार केही समयको लागि, वहाँहरूका प्रधानमन्त्रीहरूद्वारा प्रयोग गरिएको थियो । फाल्गुन ७, २००७ को हाम्रो घोषणाद्वारा सो अख्तियारी झििकएको हुनाले अब सबै क्षेत्रमा सर्वोच्च अधिकार केवल हामीमा नै छ ।"

समय धेरै फेरिइसकको छ, राष्ट्रिय रूपमा र अन्तर्रर्ााट्रय रूपमा पनि । तर अधिनायकतन्त्र कि प्रजातन्त्र भन्ने मुद्दा भने पुनः ब्यूँतिएको छ । २०४६ को जनआन्दोलन र २०४७ को संविधानले जनतामा र्सार्वभौमसत्ता रहेको र त्यसको प्रयोग संसदीय प्रजातन्त्रको प्रणाली अनुसार गर्ने व्यवस्था गरेको हो । त्यो व्यवस्थाविरुद्ध माओवादीले हतियार उठाइरहेकै बेलामा राजाले संसदीय प्रजातन्त्रलाई नै बिदा गरिदिए । तत्पश्चात् "अब सबै क्षेत्रमा सर्वोच्च अधिकार केवल राजामा नै छ" भन्ने शासकीय व्यवहार झन् झन् उदाङ्ग हुँदै आएको छ । माओवादी युद्ध अब दर्ुइ अधिनायकवादी शक्तिका बीचको युद्धको रूपमा बढ्न थालेको छ । तर शान्ति स्थापनाको बाटो खोज्नका लागि पनि मुलुक फेरि संवैधानिक प्रजातन्त्रमा र्फकनु आवश्यक छ, साथै मुलुकको विकास, जनताको जीविकास्तरमा सुधार र राष्ट्रको अन्तर्रर्ााट्रय प्रतिष्ठाका लागि पनि ।

- http://www.himalmedia.com/hkp/2062/jestha-16-31/bishleshan_rajniti.html


सर्पले डसेर मार्छ, राजाले हासेर मार्छ ।
 
Posted on 06-03-05 6:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिद्धान्ततः लोकतन्त्र भएको ठाउँमा राजतन्त्र र राजतन्त्र भएको ठाउँमा लोकतन्त्र हुँदैन । लोकतन्त्र र राजतन्त्र अलग अलग कुरा मात्र हैन, विपरीत स्वार्थ र संस्कृतिका उपज हुन् । राजतन्त्र लठैतहरू -आधुनिक सर्न्दर्भमा बन्दुकेहरू) को सहयोगमा टिकेको हुन्छ भने लोकतन्त्र आम नागरिकको विवेकमा आश्रति र सञ्चालित हुन्छ । राजतन्त्रमा राज्यको सम्पर्ूण्ा शक्ति एउटा यस्तो व्यक्तिमा निहित हुन्छ, जसको योग्यता र क्षमता कसैले परीक्षण र प्रमाणित गरेको हुँदैन । र, जो आफ्नो कामको लागि कसैप्रति जवाफदेही पनि हुनुपर्दैन । कुनै देशले भाग्यले, इतिहासको कुनै कालखण्डमा देशभक्त, इमान्दार र विवेकशील राजा पाएमा त्यो देशको उन्नति हुन पनि सक्छ । तर इतिहासमा त्यस्ता राजा विरलै पाइएका छन् । संसारमा अहिलेसम्म भएका राजाका क्रियाकलाप, शासन शैली र चरित्र हर्ेर्ने हो भने अधिकांश राजाहरू क्रूर, अहङ्कारी, जनविरोधी र लहडी रहेका पाइन्छन् ।

- http://www.himalmedia.com/hkp/2062/jestha-16-31/rajniti_bishleshan.html
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
lost $3500 on penny stocks !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters