[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 खत्तम पर्ने भए आंग काजी ले कान्तिपुर र नागरिक लाई
[VIEWED 3303 TIMES]
SAVE! for ease of future access.
Posted on 05-21-12 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल  अब  खत्तम  पर्ने  भए  आंग  काजी  ले  कान्तिपुर  र  नागरिक  लाई

तल को समाचार पढेर आंग काजि ले खत्तम पार्चन  नागरिक र कान्तिपुर लाइ

 
 

कालिमाटीमा ८ सय टन तरकारी कुहियो

 टमाटर, काउली बन्दाकोभी, खुर्सानी कुहिए

काठमाडौं, जेठ ८-आदिवासी जनजाति सङ्घर्ष समितिले आह्वान गरेको तीनदिने बन्दका कारण फलफूल तथा तरकारी भण्डारण हुने कालिमाटीमा सयौँ मेट्रिक टन तरकारी कुहिएको छ। उपभोक्ताले सहजरूपमा उपभोग गर्न पनि पाएका छैनन्।

 
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सदस्य एवम् व्यवसायी भगवानचन्द्र उप्रेतीले बन्दका क्रममा हिजो र आज गरी करिब आठ सय मेट्रिक टन तरकारी कुहिएको जानकारी दिए।

साँझ बन्द खुल्दा तरकारी खरिद हुने भए पनि बिहान बन्द हुँदा उपभोग्य बजार र उपभोक्तासम्म पुर्‍याउन नसकिएकाले कालिमाटीमै सबै तरकारी थुप्रिएर कुहिएको बताउँदै उनले भने-'एम्बुलेन्स, दूधलगायतका साधनलाई जस्तै तरकारीलाई पनि अत्यावश्यक वस्तुको रूपमा लिई अवरोध नगर्न आन्दोलनरत पक्षसँग आग्रह गर्दछु।'

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बन्दका पहिलो दिन हिजो सात सय मेट्रिक टन तरकारी भित्रिएकोमा चार सय टन बिग्रिएको छ भने आज साढे छ सय मेट्रिक टन भित्रिएकोमा झन्डै चारसय मेट्रिक टन बिग्रिएको छ। खासगरी टमाटर, काउली बन्दाकोभी, खुर्सानीलगायतका तरकारी कुहिएको छ।

यसैबीच उपभोक्ता हित संरक्षण मञ्चले लगातारको बन्दका कारण किसान र उपभोक्ताले मार खेप्नुपरेको जनाएको छ।
 

बन्दले प्रसुतीमा कर्मचारी अभाव

(1 Vote)
 
 

काठमाडौं, जेष्ठ ९ - पछिल्लो समय राजधानीमा बढेको बन्दका कारण सवारी नचल्दा राजधानीका अस्पतालमा कर्मचारीको अभाव हुन थालेको छ । बन्दकर्ताले अस्पतालका सवारी समेत चल्न नदिएपछि डाक्टर, नर्स, स्वीपर, सुरक्षा गार्ड लगायत कर्मचारी अस्पतालनै नगइ बसेका छन् । अत्यावश्यक सेवाका सवारी र कर्मचारीमाथि समेत हतपात हुन थालेपछि असुरक्षाका कारण उनीहरु कार्यालय नगएका हुन् ।

थापाथलीस्थित प्रसुती गृहमा दुई दिनमा ६० कर्मचारी आउन नसकेको अस्पताल प्रशासक अमर अमात्य बताए । उनका अनुसार बल्लतल्ल अस्पताल आइपुगेका कर्मचारी 'डबल ड्युटी' गर्न वाध्य छन् । 'भक्तपुर बस्ने अधिकांश कर्मचारी सोमबार आउनै सकेनन,' उनले भने, 'तीनीहरुको ठाउँमा आइबारै आएका कर्मचारीले ड्युटी गरिरहेका छन् ।'

आइतबार बिहानै कर्मचारी लिएर आएको प्रसुती गृहको बसलाई बन्दकर्ताले अवरोध पुर्‍याएका थिए । 'नजिक रहेका केही हिंडेर आए', उनले भने । कर्मचारी आउन नसकेपछि अस्पतालमा गरिने नियमित काममा असर परेकेा छ । सरसफाइ, कपडा धुने, हर हिसाबका काममा समस्या परेको हो । उपचारमा कुनै कमी आउन नदिएको अस्पतालले जनाएको छ ।

अस्पतालमा डिस्चार्ज गरिएका सुतकेरीहरुलाई भने एम्बुलेन्समै घर पुर्‍याउन थालिएको छ । प्रसुतीमा आइतबार र सोमबार गरी दुई दिनमा ८६ सुत्केरीको डिस्चार्ज गरिएको छ ।

बन्दले अस्पतालका सवारीमा पेट्रोलसमेत हाल्न नपाएको उनले जानकारी दिए । अस्पताल प्रशासक अमात्यले सोमबार बिहानै पुल्चोकस्थित साझा पेट्रोल पम्पलाई फोन गरी पेट्रोलको व्यवस्था गर्न अनुरोध गरे । 'साझाले पेट्रोल दिन नसक्ने बतायो'उनले भने, 'यस्तै स्थिति २/४ दिनसम्म भए अस्पताल बन्द गर्ने अवस्था हुन्छ ।'

कर्मचारी अस्पताल आउन नसकेर बीर अस्पतालमा पनि समस्या परेको छ । बीरका निर्देशक बुलन्द थापाका अनुसार डाक्टर लिन गएको अस्पतालको गाडीको नम्बर टिपेर धम्काए । उनले भने, 'डाइभर पनि कर्मचारी ओसार्न डराउन थाले ।' उनका अनुसार अस्पतालमा कार्यरत एक हजार एक सय ६८ कर्मचारीमध्ये २५ प्रतिशत हाजिर हुन सकेका छैनन् ।

अस्पतालमा प्रत्येक आइतबार हुने मृगौला प्रत्यारोपण गर्न पर्खेर बसेका बीरामीले समेत २/४ घण्टा बढी कुनुर्ृपर्‍यो । बीरमा एक सातामा एक पटक मात्र मृगौला प्रत्यारोपण गरिन्छ । आइतबारको बन्दले मृगौला प्रत्यारोपण गर्ने डाक्टर समयमा आउन सकेका थिएनन् । 'हामीले बीरामीको उपचारमा समस्या नआओस भनेर होस्टलमा बस्ने नर्सहरुलाई तैनाथ पारेका छौं,' उनले भने ।


http://www.ekantipur.com/nep/2069/2/9/full-story/348163.html
 



 
Posted on 05-21-12 4:46 PM     [Snapshot: 15]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 जलीसके
 
 
Posted on 05-21-12 8:32 PM     [Snapshot: 240]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ कान्तिपुर र नागरिक को सत्ता गोर्खा पत्र र  समाचार पत्र पो , नगर्नु गर्छन नि

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Who are the real Sukumbaasis?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters