बुद्ध , आज बल्ल फुर्सद मिल्यो मलाई , तिम्रो धेरै याद आयो , तिमीले सिकाको बाटो हरु सम्झन मन लाग्यो , तिम्रो मन्त्र मा एक छिन मन्त्र मुग्द मन लाग्यो , बुद्ध तिमी कहाँ छौ ? तिम्लाई एक छिन भेट्न मन लाग्यो । बुद्ध मलाई माफ गर , तिम्रो सम्झना मलाई बर्ष मा एक दिन मात्र आउछ, तिमी छौ भन्ने कुरो पात्रो ले मात्र सम्झाउछ ,, के गर्ने बुद्ध म साह्रै स्वर्थी भको छु , तिम्रो याद मलाई जयन्ती मा मात्र आउछ । म पापी हुँ तेइ भएर मेरो मन मा तिमी छैनउ तिम्लाई हिन्सा मन पर्दैन , म त पैसा तिरेर हिन्सा हेर्न जान्छु तिमी कुटिलटा जान्दैनो म त बर्षइ भरी कुटिलाटा पालेर बस्छु एल्लाई कसरी पछाडि पारु ? एस्को खुट्टा कसरी तानु ? यो भन्दा अगाडि म कसरी बढु ? म त मेरो समय अरु को कुभलो मा बिताउछु , तेइ भएर त म पापी हुँ र त तिमी मेरो मन मा छैनउ, बुद्ध तिमी कहाँ छौ ? मैले सुनेको लुम्बिनी बाट तिमी हिंडि सक्यौ रे , लुम्बिनी हिजो आज मधेस र थारु को युद्ध मा चौपट छ रे , त्यो देखेर तिमी लुसुक्क कसैलाई नभनी राती हिंडेउ रे बुद्ध तिमी त्यहाँ बाट भागी सक्यौ रे ! तिम्लाई काठमाडौं मा देखे भन्ने पनि भेटे मैले , बोउध र स्वयम्भु मा देखा परेउ रे , पहेलो बस्त्र मा तिमी मन्त्र जप्दै थेउ रे, अनी एक्कासी बम को आवाज ले तिमी जस्केउ रे , अनी फेरी तिमी त्यहाँ बाट पनि बेपत्ता भएउ रे । तिम्लाई शान्त चाहिन्छ तर त्यहाँ शान्ती छैन , तिमी प्रेम चाहिन्छ तर त्यहाँ प्रेम छैन , तिम्लाई अहिन्सा चाहिन्छ बुद्ध तर त्यहाँ बम बाहेक केही छैन, तेइ भएर तिमी सबै को प्यारो राजधानी छोडेर हिंडेउ रे । बुद्ध तिमी कहाँ छौ ? मैले बोध गया मा नि बुजे, त्यहाँ तिमी कैलेई फर्केनौ रे , तिम्रो जन्म स्थान नै नक्कली बनयो भनेर दु:ख मानेउ रे , तिम्ले तेसो गर्न नहुने पो थियो कि भनेर अशोक लाई नि भनेउ रे तर अशोक हिजो आज बेस्थ छ , उ अग्नी को परिक्ष्यन गर्दै छ , उस्लाई धर्ती मा बसेर आकाश को मिसाइल खसाउनु छ , त्यहाँ केबल घ्रिना छ , तेइ भएर तिमी त्यहाँ छैनउ , बुद्ध तिमी कहाँ छौ ? मैले सुनेको तिम्लाई अमेरिका लागेर बेचे रे , कुन पापी ले तिम्लाई झुक्याएर बेहोसी मा अमेरिका लगेर - टाईम वार्नर को ठुलो घर मा लगेर लीलामी गर्‍यो रे, बजार को बिकाउ बस्ती जस्ताइ तिमी मा मोल चडाइ भयो रे, तिम्लाई त अमेरिका मा समान सरि बेच्न राखे रे , बुद्ध तर मलाइ थाहा छ तिमी त्यहाँ पनि छैनउ , अमेरिका त आँफै मा आतंक हो , हिन्सा को परीभाषा हो , बिनास्कारी हो , अनी तिम्लाई त बिनास मन पर्दैन , हिन्सा तिम्रो कतै छुदैन । कुनै खरबपती ले आफ्नो घर मा सजाउन राखेकोd बाकस बाट सुतुक्क निस्केर हिंडेउ रे , किन कि तिमी स्वोतन्त्रता मा विश्वाश गर्छौ कुनै सिसा ले तिम्लाई छेक्दैन रे । तेइ भएर तिमी त्यहाँ छैनउ रे , बुद्ध तिमी कहाँ छौ ? शायद मैले ग्रथ मा पढेको , मेरा बा ले भनेको सुनेको , तिमी कतै ठुलो आकाश मा तीन तारा भनेर बसेको छौ होला , तिम्लाई चाहेको जस्तो शान्ती त्यहाँ मात्र छ , किनकी त्यहाँ मानब छैन , तेइ भएर त त्यहाँ शान्त छ , तर कैले सम्म थाहा छैन , कुनै दिन मानिस ले फेरी प्रगती गर्ला ठुलो मा ठुलो हतियार बनाउला , तिमी बसेको तारा पनि झार्ला अनी फेरी तिमी कहाँ जान्छौ बुद्ध तिमी अर्को बास्स्थान खोज्दै गर है , मानब दानब भइे सको भन्ने कुरा याद राख है , बुद्ध तिमी फेरी अर्को ठाउँ खोज है । amricane Last edited: 08-May-12 10:18 AM
amricane · May 7, 2012 1:59 PM · 12,860 views
Just brilliant.
sam123453 · May 7, 2012 3:44 PM
अम्रिकाने मित्र सधै झैँ अत्यन्त भावपूर्ण कविता ... एउटा राम्रो शुभचिन्तकको नाताले मात्र भन्न खोजेको हो अन्यथा नलिनु होला धेरै राम्रो राम्रो भावहरु छन् कवितामा र यी भावहरुलाइ अझ राम्रोसँग कस्न र बाध्न सकिन्थ्यो कि?
Geology Tiger · May 7, 2012 9:33 PM
जी ति दाजु , म तपाई र तपाइँ जस्तै अन्य साझा का मित्र हरु को प्रेरणा र सुझाब ले गर्दा अइले सम्म कविता लेख्दै छु , मेरो रचना मा कतै कुनै कमजोरी भयो भने निसंकोच मलाई भन्नुस मा सुधार्ने प्रयास गर्ने छु . तपाई को सुजाब र सल्लाह को लागि सदा आभारी रहने छु amricane Last edited: 08-May-12 10:11 AM
amricane · May 8, 2012 10:10 AM
होइन हो अमरिकने बन्धु, पैसा कमाउन लागिरा बेला तपाई को कविता ले डिस्टर्ब गरेर हैरान. के गर्नी नशा न हो, चुरोट को नशा ले जस्तै कविता को नशा ले छोड्ने भएन. झन् तपाइको कविता पढेपछि सामग्री पनि तेही पाए कविता लेख्न. ल सुन्नुस मेरो तरफ बाट पनि एउटा कविता. हुन त कमुनिस्ट कमरेड हरुले अर्काको कुरा सुनेर प्रतिक्रिया जनाउने मान्छे लाई प्रतिक्रियाबादी भन्छन क्यारे तेस्माने मा यो मेरो प्रतिक्रिया बादी कविता हो. तिमि मा छ बुद्ध साथी, म मा छ बुद्ध बुद्ध लुकाउने तिमि, बुद्ध लुकाउने म अनी कहाँ खोज्ने बुद्ध? बुद्ध देखाउने हरु यहाँ पाखे हुन्छन पाखे तिमि हुन नसक्ने, पाखे म हुन्न पाखे बन्न को देखाउछ बुद्ध? कुतर्क तिमि गर, कुतर्क म गर्छु बुद्ध को नाम मा झगडा गर्न पर्छ अनी पो हामि स्मार्ट बन्छम उपदेश मनन गर्नु, पुजा नगर्नु मेरो मुर्ति को मुर्ति पुजेर, झगडा तिमि गर्ने, म गर्ने झगडा बुद्ध ले भनेको कल्ले मान्ने ? बुद्ध जयेन्ति होइन यो , सराद्धे हो बुद्ध को स्रद्धा ले गरेको भए पो सराद्धे, कर ले गरेको ले साएद यो कराद्धे हो बुद्ध को
timi_mero_sathi · May 8, 2012 11:51 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion