[Show all top banners]

nepcha1
Replies to this thread:

More by nepcha1
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 माओबादी = हत्याराहरुको समूह?
[VIEWED 1872 TIMES]
SAVE! for ease of future access.
Posted on 11-16-11 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 http://weeklynepal.com/index.php/2011-08-01-14-01-32/3926-2011-11-16-05-16-53
कालीबहादुर कोटेश्वरमै प्रकट
काठमाडौं, कात्तिक ३० । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याकाण्डका मुख्य आरोपी कालीबहादुर खाम (विविध) धेरै लामो अन्तरालपछि गत सोमबार कोटेश्वर पेरिसडाँडास्थित माओवादी पार्टी कार्यालयमा प्रकट भए। पटकपटकको स्थगितपछि सोमबारबाटै सुरु भएको केन्द्रीय समिति बैठकमा सहभागी हुन हत्याराको आरोप लागेका खाम आफ्ना केही सहयोगीका साथ पार्टी कार्यलयमा प्रकट भएका थिए। उनी पार्टी कार्यालयमा प्रकट मात्र भएनन्, केन्द्रीय कमिटी बैठकमा अन्य सदस्यसरह पूर्ण रूपमा सहभागीसमेत भए। बैठकमा पार्टी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष मोहन वैद्यबाहेक अन्यले नबोलेकाले खामले पनि केही बोलेनन्। बैठकमा सहभागी एक नेताका अनुसार बैठक सुरु हुनुभन्दा केही समय पहिले नै बैठककक्ष प्रवेश गरेका खाम बैठककक्षको सबैभन्दा पछिल्लो भागमा बसेका थिए। लामो समयपछि बैठकमा सहभागी भए पनि उनी अन्य सदस्यहरूको आँखामा पर्न रुचाएको नदेखिएको सहभागी नेताको भनाइ थियो। ती नेताका अनुसार प्रचण्डको पक्षमा खुलेर लागेका खाम मोहन वैद्य पक्षधर नेताहरूको नजिक त पर्नै चाहेका थिएनन्। हत्याका आरोपीसँग एउटै बैठकमा बस्नुपर्दा आफूलाई निकै ग्लानि भएको जानकारी गराउँदै बैठकमा सहभागी एक सदस्यले मंगलबार हामीसँग भने, 'हाम्रा पार्टीमा अनेकखाले मानिसको सहभागिता रहेकाले यसलाई पनि त्यसै रूपमा लिँदा उचित हुन्छ।' 'बैठकमा खामको उपस्थितिबारे आगामी बैठकमा कुरा राख्ने जानकारी गराउँदै उनले थपे, 'हत्याको आरोप लागेपछि बसेको कुनै पनि बैठकमा सहभागी नगराइएका खामलाई यो बैठकमा किन र कसले बोलायो जानकारी छैन।'
सोमबारको बैठकमा मात्र होइन खाम मंगलबारको बैठकमा पनि सहभागिता जनाउन पार्टी कार्यालय पुगेका थिए। बिहान ११ बजेका लागि बैठक बोलाइएको भए पनि खाम बिहान १० बजे नै पार्टी कार्यालय प्रवेश गरिसकेको थिए। सर्ट, पाइन्ट लगाएका खामले हातमा ज्याकेट झुन्ड्याउँदै केही सहयोगी तथा केन्द्रीय सदस्यहरूको बीचमा रहेर पार्टी कार्यालय छिरेका थिए। मंगलबार भने उनको हाउभाउ सोमबारको भन्दा निकै फरक थियो। सोमबारको तुलनामा उनी केही खुलेका देखिन्थे। खामको सहभागितबारे आश्चर्य प्रकट गर्दै वैद्यनिकट अर्का नेताले हामीसँग भन्नुभयो, 'बैठकमा नै उपस्थित हुन आउनुभएको होला, तर आज बैठक नबसेपछि उनी बाहिर सहयोगीहरूसँग गपिकदै थिए।'
रामहरि श्रेष्ठको हत्याकाण्डपछि पार्टी अध्यक्ष प्रचण्डको विशेष निगाहमा केन्द्रीय सदस्य पदमा बढुवा भएका खामलाई श्रेष्ठको हत्यासँगै ठगी तथा यार्सागुम्बाको अवैध कारोबारमा संलग्न भएको भन्दै प्रहरीको मोस्टवान्टेड सूचीमा समेत राखिएको छ। प्रहरीले माओवादी नेता खाम जहाँ भेटिन्छन् त्यहीँबाट पक्राउ गर्न भन्दै मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको थियो। तर, पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन। प्रहरीको पक्राउ लिस्टमा रहे पनि उनी निर्धक्कसँग पार्टी कार्यालयमा उपस्थित हुनुलाई सामान्य मान्दै माओवादीका एक नेताले भने, 'सर्वश्वसहित जन्मकैद पाएका नेताहरू निर्धक्क साथ हिँडिरहेका छन्, खामजीलाई आरोप मात्र लगाइएको हो, त्यसैले उहाँ पार्टीको बैठकमा सहभागी हुनु नौलो कुरा होइन।'वा माओवादीलेझैं आफूलाई प्रजातान्त्रिक देखाउन मात्र खोजेको हो निकट भविष्यमै यस कुराको पुष्टि हुनेछ।
 
Posted on 11-23-11 8:39 PM     [Snapshot: 146]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
Nepali Passport Renew
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Nims- एक उन्मत्त साँढे
whats wrong living with your parents ?
cannot accept Visa candidates
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters