तर ---- दीप

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Normal 0 false false false MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:10.0pt; font-family:"Times New Roman"; mso-ansi-language:#0400; mso-fareast-language:#0400; mso-bidi-language:#0400;} तर -- यस्तै दशैको बेला थ्यो। घरबाट बेलैमा खाजा खाएर के के न गरुम्ला भनेर हिनीयो बाङ्गे र म एक दिन--घरबाट निस्किदा उत्तर को साईत परेछ --त्यतै लागिदै थ्यो-- पीपलबोटे किस्न मन्दिरको सिंढीमा शिबदाई उनका गण सँग बिराजमान रेछन। बाङ्गेले उनलाई देख्ने बित्तिकै अब फेरी चुरोट माग्ने भए भन्दै बाटो फेर्ने कुरा गर्दै थ्यो भिमसेन थान तिर बाट तोपे आयो। तोपे चिनेजाने कै हो। सिङ तिखार्दै हिन्थ्यो उ। त्यति बेला तोपे पनि दर्शन ढुङ्गो जस्तो थ्यो हामी पनि। जुधेको बेला झिल्का छरीन्थे। उ हाम्रै टोलको त थिएन, छिमेकी टोलको थ्यो। उस्ले सधै झै सर्टका दुई तिनटा टाँक खुलै राखेको थ्यो मानौ नलेखेको तर पढ्न मिल्ने गरी छातीमा &quot;जुध्ने छ आँट कि झुक्ने छ छाँट?&quot; कुँदेको छ उस्ले। बाङ्गे र मलाई देख्ने बित्तिकै सुतेको कलर पनि उठायो सर्टको। ट्वाक पनि सँगै भएको भए त्यो आँट उस्ले सायद गर्दैनथ्यो तर ट्वाक थिएन त्यहाँ। तोपेको फुर्ती देखेर बाङ्गेले भन्यो &quot;फेरी सिङ्ग उठायो त यस्ले, त्यै सिँगमा समातेर जोत्नु पर्छ कि क्या हो? बाङ्गे पनि तात्ने हो कि जस्तो गर्न थाल्यो। बाङ्गे र मैले गन्जी माथि पातलो स्वेटर ला थिम-- स्वेटर चै बौधमा किन्या--एक जोडी -- किन्या त बाङ्गेले हो त्यसैले उस्को चै चुक्ता थ्यो मेरो उधारो----हामीले यत्तिकै त न छाती खोल्न मिल्थ्यो न कलर उठाउन। उस्कै टाँक खोल्या छ, कलर उठाछ -- उस्कै सर्ट हो क्यारे। जे मन लाग्छ गरोस। मैले भनें। उ एक्लै थियो, हामी दुई जना। त्यसमाथि हाम्रै टोल। अनि शिब-गण पनि त्यहीँ। तोपेको केही चल्ने थिएन। तर उस्ले बाङ्गे र मलाई एक एक दनक मात्रै दिन भ्यायो भने पनि उस्को बिजयी गर्जन हुन्थ्यो। पुरा शिबदाई अनि तिनीहरुको ग्यांगको अगाडी दुईटालाई यस्तो साउलीन सट दिएँ मैले, ट्वाँटै नखाई दुईटै जड्याँ जस्तो ढलपल--तर के गर्ने--छुट्टयाई हाले--&quot; भन्दै त्यसमा समय श्रोता अनि परीस्थीती अनुकुलको बयान उ लगातार गर्दै हिन्ने थियो। हामी कस कसलाई मात्रै होईन--खास भाको यस्तो भन्दै हिन्नु? हामी तिर कैले डाईडेक कैले साईड स्टेर दिंदै किस्न मन्दीर अघि के पुगेको थ्यो तोपे, सिँढीबाट शिबदाई गर्जिए &quot;ए, त्यो टाँक ला अनि कलर फोल्ड गर त&quot;। तोपे टक्क अडीयो। उस्ले चारै तिर हेर्यो। म त्यही उभिएकै थिए, कुन सडको बाङ्गे चै शिबदाईलाई चुरोट दिन पुगी सकेछ। तोपेले परीस्थीती प्रतिकुल भएको बुझ्यो क्यारे भन्यो &quot;हैन दाई गर्मी गर्मी जस्तो भएर खोलेको टाँक -- कलरको बारे त खै भन्थ्यो कुन्नी शिबदाईले तोपेको कुरा सकिनु अघि नै भने &quot;त्यो कलर फोल्ड गरेर छातीको टाँक लाईहाल अहिले हैन भने यस्तरी भेटछस कि फेरी सधैको लागि ठण्डा होलास नी --&quot; बाङ्गे अहिले शिबदाई संगै तर उनको पछाडी बसेको थ्यो। शिबदाई चुरोट सल्काउदै थिए, बाङ्गे सलाईको काँटी हावाले निभाउला भनेर छेक्दै थियो। तोपेका हेराई शिबदाई तिर सिधै पुग्न सकेका थिएनन्। उ चुपचाप उभिईरहेको थ्यो त्यहाँ। के गरी ससम्मान त्यहाँ बाट उम्किने हो त्यो बिचार गर्दै थ्यो सायद। शिबदाइले गण तिर हेर्दै भने -- यस्ले राम्रो कान सुन्दैन जस्तो छ -- नजिकै गएर भन्नु पर्छ की क्या हो?&quot; उनका गण उठेका मात्रै के थिए, तोपेले कलर ओराल्यो अनि सर्टको टाँक लायो, अनि फटाफट मुकेसदाईको पसल भट्टी देब्रे पार्दै उत्तर तिर लाग्यो। जान त कता लाग्या थ्यो कुन्नी तर अहिले सके सम्म छिटो ओझेलमा पर्ने सुरमा थ्यो उ। तमासा नी सकियो, बाङ्गेले तोपेलाई शिबदाई र उस्को सम्बन्ध उस्ले देको चुरोट र सल्काउन गरेको मद्दतले दर्ता गरायो। अनि हामी नी बाटो लागिम फेरी----ओरालो--पन्चेधारा-- धुम्बाराही हुँदै रिङ्ग रोड पुगेर त्यहाँ बाट दाहीने लागीयो। धोबी खोला पुलाँ एक छिन बसीयो, पुल मुन्तीरको हरकले धेरै बेर टिक्न दिएन---चुरोटका धुबाँले लाईन किल्यर गरीयो--भन्या मुखाड तान्या धुवाँ नाकाड निकालियो। सास फेर्न छोड्या भोली पल्ट दुई दिन भन्थे। सासको लाईन त किल्यर गर्नै पर्यो। त्यस पछी उकालो लागीयो। उकालो सकिए पछीको चोकबाट देब्रे लागेर अलि माथि पुगे पछी बाटो काटेर दाहीने लागीयो। शान्ती गोरेटो, मैजुबालको सम्झनाले धेरै सतायो त्यहाँ अघि पुलाँ बस्दा बस्दै अनि के गर्नु? त्यहाँ यता गर्दा हुन्छ कि भन्यो उता गर्दा हुन्छ कि भन्यो। हुँदन। एउटा बाटो बाट अर्कोमा गयो, अर्को बाट अर्कोमा। घर नबिराई झ्याल ढोका बार्दली कौसी सबै भ्याउनु पर्ने ट्याम लाग्ने भैगो। फेरी त्यै दिन बाङ्गे सँग बौद्ध जाने उपाय रैन छ। कस्तो बोर भो भने। हिन्दा हिन्दा थाकेर लखतरान भैयो। &quot;यी घरै पिच्छे जस्तो <span style="font-fa

Deep · Sep 26, 2011 11:58 AM · 32,853 views

17 Replies

&quot;यी घरै पिच्छे जस्तो तरुनी छन यहाँ, धेरै चाहिया पनि होईन, पाए तँलाई नी एउटी नभए नी मलाई एउटी सम्म भए पुगीहाल्या थ्यो अहिलेलाई। तर खै? के भाको के भाको---&quot; मैजुबाल तिर सुन्दरी भोजमा एकादशी ब्रत लिनु पर्ने छाँटकाट देखिए पछी उस्का हवाई हेराईले घरहरु छेक्दै बाङ्गेले आफ्नो दुखेसो पोखेको थ्यो। मैले के भन्नु? आफै त महादेब -- &quot;यार अलि अलि त मेरो संगत झुर भएर पनि हो--तेरो केई भरै छैन --यसो अलि अलि हुन्छन नी ---ल भैगो मलाई सकिनस रे -- आफुलाई त एउटी ठीटी रिजाप गर्नु पर्छ नी -- उसै त उकालो छ --त्यसमाथि डबललोडको भार पनि मलाई नै।&quot; बाङ्गेले दनक दियो मलाई--- &quot;किन छैन रिजाप गरेको?&quot; चुप लागेर बस्न त भएन नी यत्तिकै। मैले नी सोधेरै भनें। &quot;को?&quot; उस्ले अलि झस्के झैं गरी सोध्यो। &quot;प्रतिक्षा, के त?&quot; मैले छेक्दै गर्दा हात बाट फुस्किसकेको असलालाई फेरी च्याप्प पार्न ला झै गरी भनें। &quot;को बालुबाटारकी?&quot; उस्ले मन्द मुस्कान छर्दै सोध्यो अनि मैले केई भन्नु अघि नै थप्यो (हुन त मैले भन्नु पर्ने पनि खासै केई थिएन) -- &quot;तरुनीको मामीलामा रिजाप भनेको नी बाबु उस्ले गर्ने हो आफुलाई, अरुलाई भन्दा मात्रै आफुले गर्या भन्ने हो - खास रिजाप गर्ने होईन रिजाप हुने हो। बुझिनस? अब त्यो प्रतिक्षाको प्रतिक्षा गर्नेहरु पशपतीमा भक्त जत्तिकै छन। आउने जाने कै घुईचो, महादेबै चै भेट्ने सेटने कोई नी छैन -- मौका परे यसो चन्दन फुल सम्म हो नभए दर्शनमै चित्त बुझायो हिन्यो -- त्यस्तो प्रतिक्षा के काम? घुईचोमा धाउन धाउन परेसी जय नेपाल तिरको जस्तो घुईचोमा जानु पर्छ के -- फ्याटै ताल माल मिल्यो भने त सिनेमा हेर्न पाईहालिन्छ -- &quot; अब उस्को ज्ञानको अगाडी मेरो के लाग्थ्यो? तै पनि भने --ह्या--बेला भएसी आफ्नै पैसा खर्च गरेर बाउ-आमाले बन्दोबस्त गर्दी हाल्छन एउटी -- दस वटा झन्झट गरी गरी किन चाहियो अहिले तरुनी?&quot; &quot;किन चाहियो रे? हेर बाबु, तरुनी र पैसा उस्तै हो के -- भए पछी उपयोग कति हो कति -- &quot; उस्ले भन्यो। &quot;फसमा त उपयोगै पनि गर्नु पर्दैन--छ मात्रै भन्ने भएसी भरोसा हुन्छ --नहुने खडेरीहरुलाई (यसो भन्दा मलाई नियाल्या झैं गर्थ्यो)दच्काउन पाईन्छ---साउँ अरुकै भए पनि ब्याज आफुले खान पाईन्छ--एक चोटीको अनुभव भएसी पटक पटकलाई सजिलो हुन्छ--घुर्क्याउनेलाई फकाउन पाईन्छ, फकाउनेलाई घुर्क्याउन पाईन्छ अब उपयोगै गर्नु परेको स्थितीमा त झन --ह्या तँलाई भनेर के काम? षडानन्दलाई ईन्द्रजालको किताब केई न केई ---&quot; &quot;को षडानन्द?&quot; सोधें। कस्को कुरा गर्या हो थाह भएन। &quot;को त मलाई नी के थाह? तैले ल्या हैन एक चोटी थोत्रो किताब कता बाट हो आबाल ब्रम्हचारी षडानन्द भन्ने?&quot; उस्ले पनि उल्टो मलाई नै सोध्यो। रत्नपार्कको पेटीमा बेच्न राख्या किताबहरुको भिडमा ट्वाकले एक दिन त्यो किताब देखेछ र किनेछ। हामी सबै मिलेर सुपारीलाई उस्को बिहेमा यो किताब उपहार दिनु पर्छ--राखि राख-- भनेर मलाई देको थ्यो--अनि मैले बाङ्गेलाई त्यो किताब देखाको थिएँ। त्यै सम्झायो। त्याँ मैजुबाल तिर बाट दखिन लाग्दा लाग्दै बाँसघारी नाघेर ओरालो लागिया थ्यो सुन्दरी-भजनमा मग्न भएर गौरीघाट पुगीएछ। त्यहाँ पुग्दा साँझ परेको थ्यो। भोक लागेर हैरान, थाकिएको उस्तै। अब पस्चिम तिर उकालो लागेर मित्र पार्क हुँदै कालो पुल अनि मालीगाउ हुँदै सेल पकाउने सुर थ्यो। खुट्टा चैं घिसार्न नी मन थिएन। तर के गर्नु र? उपाय थिएन। त्यै बेलाँ बाङ्गेले एक्कासी भन्यो, &quot;ए, सई होईन त्यो?&quot; हेरेको त नभन्दै सई नै। सईले मोटर किन्या थ्यो भरखर। ड्राईभर नी थ्यो राख्या तर धेरै जसो आफै चलाउँथ्यो। हाम्रो खैराँते टोलमा सई धनि थ्यो। त्यो धनी फेरी चल अचल सम्पतीको मात्रै होईन चंचलहरुको पनि थ्यो। दुईटी चंचल थिए उस्का। १० मा पढथे, हाम्लाई अभावको दशा दिन दिनै घोकाउँथे। बाङ्गेले त्यो मोटर देख्ना साथ भन्यो, &quot;--थाकेर लखतरान भैयो--यै सईको मोटरमा जानु पर्छ घर, अब।&quot; उस्ले सई भने पनि ती चंचलका बा पुलिसमा थिएनन। उनका दुईटा ताराहरु भएकाले, सई भन्ने गर्या थियो। दुईटै चन्चल तारामा यस्तो चमक थ्यो--हामी जस्तालाई त दिउंसै तिरमिर पार्थे। उनीहरु गौरीघाटको हनुमान तिर लाग्दै गरेको मैले नियालें। उनीहरु पाँच जना थिए। ड्राईभर त थिएन, सई, उस्की ईन्स्पेक्टर (भन्या श्रीमती), दुईटै तारा अनि अर्की एउटी बत्ती थिई। कुन बत्ती हो चै थाह भएन, तर पछाडी बाट उस्को चाल हेर्दा औसीकै रात आफ्नो मनमा पर्या भएनी उस्ले उज्यालो पार्ली जस्ती थिई। मैले भनें &quot;त्यै त सईले अब कसैलाई नपाएर तँलाई र मलाई त घर पुर्याउँछ नी अब -- लाने नै भयो भने पनि डिकीमा कोचेर लाने होला -- छताँ बस्ने कुरो भएन बसाँ जस्तो, भित्र ठाम छैन। बेक्कारमा उता मैजुबाल तिर ट्याम वेस्ट गरीयो आज--यता तीन तीनटी उपलब्ध रेछन। बाङ्गेले सिंढी ओर्ल्केर हनुमान तिर बढदै गरेका उनीहरुलाई हेर्दै भन्यो। रात पर्दो थियो। बाङ्गे एक छिन चुप लाग्यो। अनि सईको मोटर तिर बिस्तारै लाग्यो। अनि बाङ्गे छड्के छडके पर्दै मोटरमा लेपास्सिन पुग्यो--एक छिन यत्तिकै उभियो त्यहाँ-- कोई कराईहाल्छन कि भनेर होला --- ए बाङ्गे, के गर्न ला हँ तँ-- मैले अलि सतर्क भएर सोधें। उस्ले केई नभनी अलि निहुरेर पाँग्रा छाम्यो। मैले सुर बुझें। बुझ्दा बुझ्दै उस्ले छ्यास्स्स पारी हाल्यो। धेरै कराउने कुरा भएन मैले बिस्तारो कराएर बाङ्गे टेर्ने हैन। एउटा पांग्रा बसायो। अनि म छेउ आएर भन्यो, अब लान्छ सईले हाम्लाई हेर्न। लगिहाल्यो नी -- हुँदा खाँदाको एउटा पाँग्रालाई पछारीहालिस -- अब उनीहरु त कसरी जाने हुन -- मैले भनें। मेरो संगतले पनि तँ सुध्रीनस है? थुक्क! उस्ले साँच्चै मोटर तिर हेर्दै थुकेर भन्यो। अब यत्तिकै त हाम्लाई काँबाट लान्छ त। अब आउँछ -- चक्का पन्चट भएछ भन्छ। हामी यतै बरालिनु पर्छ था नपा जसरी -- धन्न आज ट्वाँट खाईएनछ -- नत्र बरबाद हुने--अनि बुझिनस हामी&nbsp; &quot;ए! के भो ?&quot; भन्दै पुग्ना काम छ -- एक्स्ट्रा टायर--जग--रेन्चु भैहाल्छ मोटरमा--फेर्दीएसी घर सम्म पुर्याउँदैन त? फेरी गुन लाको त सुन्दरीहरुले बिर्सीदैनन--जे जस्ता भए नी पर्या बेलाँ भर पर्दा रे छन भन्छन्--अरु के चाहीयो? उनीहरु नभएर हाम्लाई यहाँ अभर परीरा छ -- तै पनि उनीहरुलाई पर्या बेलाँ भर त दिन सकिन्छ नी -- कसो? &quot;तर लान्छ कसरी? अटीदैन नी -- &quot;मैले मनमा लागेको शंका पोखें। &quot;कसरी अटीदैन? दशैमा मीनीबसमा जति मान्छे ट्याक्सीमा बस्या देख्या छैनस?&quot; उस्ले तर्क गर्यो। हो त -- देखेकै हो। कुरो ठिकै जस्तो लाग्यो मलाई नी। मोटर बाट अलि पर गैयो। चुरोट तान्न कस्तो मन लागेको थियो तर सल्लाहैले तानीएन। ताराहरु सँग जानु पर्ने मोटरमा बिचार त गर्नै पर्यो। पुलको उत्तर तिर बसीयो चियो गर्दै। एक छिन पछी उनीहरु आए। उनीहरु मोटर तिर लागे पछी बाङ्गेले हाँस्दै भन्यो हामी पनि दर्शन गर्न आ हैन त? ल हिन --हामी पनि गौरीघाट तिर लागीम तर तल गौरीको अनुहार दर्शन गर्न तिर लागीएन बरु हतार हतार हनुमानको घुँडाँ औला दलेर झिकेको रातो निधाराँ दलीयो। पाँग्रा बस्या हल्ला गर्न थाल्लान र हामी भन्दा पहिला अर्को पुग्ला मद्दतमा भन्ने पीर। हामी मोटर नेर पुग्दा त सईका ताराहरु मोटरमा बसी सकेका बत्ती पनि बसीछ भित्र पछाडी--इन्स्पेक्टर अगाडी बस्न रेडी। सई चै चुरोट तान्दै थियो डीकी छेउ उभीएर। पछाडी बसेका सुन्दरीहरु मध्ये एउटीले त देख्नु पर्ने चक्का बेहोस भाको। देखेनछन। हाम्ले त देखाउनै पर्यो। बाङ्गे र मैले नसम्स्ते ठोकीम सई र इन्स्पेटरलाई। उनीहरुले नमस्ते फर्काए तर त्यति उत्साहित देखिएनन्। नौलो केही थिएन, त्यसैले अन्यथा नी लिईएन। उनीहरुले केही भनेका थिएनन्, बाङ्गेले चक्का तिर हेदै भन्यो &quot;मेकानिक पर्खिरनु भा कि क्या हो?&quot; सईले चुरोट तान्दा तान्दै रोकेर सोधे &quot;मेकानिक? के को मेकानिक?&quot; &quot;पांग्रा त बस्या छ त--&quot; बाङ्गेले पाँग्रा नजिकै तर हेर्न चै झ्याल् भित्र धेरै गर्दै भन्यो। म पनि पुगें &quot;ए, कस्ले हावा फुस्काएछ&quot; मैले नी थपें। बाङ्गेले घुर्यो मलाई, &quot;के को हावा फुस्केको हुन्छ? पन्चट भो नी -- के ले छेड्यो -- बियर खाएर जता ततै सीसी फुटाउँछन, मान्छे बिग्रे पछी के र-- कीला छर्या हुन्छन--कैले कैले त चुच्चो ढुङ्गो पर्यो भने त्यसैले नी पुर्याउँछ काम&quot; बाङ्गे फलाक्दै थ्यो सई पुगे पांग्रा छेउ। &quot;ए, हो त रे छ त -- पंचट भएछ। अब ड्राईभर पनि छैन&quot; सईको स्वर मलिन भो। ईन्सपेटर चै केई नी भा छैन कि झैं गरी अगाडीको सिटमा बसीन। मोटर लच्कायेर हल्लाईन। अगाडीको चक्का त उनैले पडकाउने हुन कि जस्तै भो। सईले झर्केर सबैलाई ओराले। सुन्दरीहरु नी ओर्लिए। सबैले पांग्रा हेर्न थाले, हेरेरै पाँग्रामा हावा भर्ने जस्तो। इन्स्पेटर अब के गर्नु लौ भन्न थालीन -- हामी चुप -- सुन्दरीहरुले अब हामी कसरी घर जाने भनेका मात्रै के थिए बाङ्गेले अघि सरेर भन्यो &quot;एक्स्ट्रा चक्का छ हैन? हामी फेर्दीहाल्छम नी --हामी हुँदा हुँदै के को पीर? ए, ल आईज त&quot; मलाई नी दीयो आदेश कत्तिन उस्कै आदेश पर्खेर बस्या जस्तो। बिचरा बाबुहरुलाई पनि दु:ख हुने भो -- इन्स्पेटरको स्वर निक्कै लचिलो भो। अघि नमस्ते गर्दा उत्साहित नभएका सई र इन्सपेटर नै अहिले नरम सँग बोल्न थाले। बाङ्गे र म चक्का फेर्न थालिम। उसै त भोको पेट कुन बेला देखिको--थाकेर हैरान भाको बेलाँ झन बल लाएर गर्नु पर्ने काममा परीयो। जे जति दु:ख भए नी सुन्दरीहरु संगको श्रीगणेश आज र अध्यायहरु पछी थपिदै जालान भन्ने आशले काममा निर्लिप्त लागियो। सुन्दरीहरु चै खित्का छाडदै कैले बिस्तारै हाँस्दै गुनगुन गुनगुन गरीराछन। त्यो अर्की बत्ती चै उनीहरुको दीदी पर्ने रैछे। चक्का फेरीयो। बल्ल बल्ल। काम सकेर म त उठी हालें बाङ्गे चै ऐया! भन्दै उठीसकेको मान्छे थुचुक्कै बस्यो। गोलीगाँठा सुम्सुम्याउन थाल्छ बा! उ त। सई इन्स्पेटर के भो के भो भन्न थाले, सुन्दरीहरु नी बाङ्गे तिरै हेर्न थाले, बाङ्गे खोच्याउन थाल्यो। उस्को खुट्टा फर्क्यो रे -- सडकियो खुट्टा भन्न थाल्यो। उ हिन्न नसक्ने भो। उस्को खुट्टा टेक्नै भएन। मोटर समातेर उभियो। म तिर त हेर्दै हेर्दैन। अब बाँकी त के भनाई भो र? जसरी भए नी लाने, काखैमा राखेर भए नी लाने भन्न थाले उस्लाई त -- । उस्लाई लगे मोटरमा -- ठाउँ भा भे त मलाई नी लान्थे रे भन्थे भन्नलाई --काख त खाली नै थिये अरु नी --उनीहरुले काखाँ नराखे मै राख्थें उनीहरुलाई तर -- &nbsp; &nbsp;

Deep · Sep 26, 2011 11:59 AM

देर आए दुरुस्त आए भन्या जस्तो दीप ब्रो को आगमन साथ साथै अर्को झक्कास बाङे माहात्मे पढ्न पाइयो आज ! अरु कुरा तेस्तै हो यो बाङे भनाउदो मान्छे चाँही औतारी नै रछ ! उपाय पनि कती मात्र आको &nbsp;

ritthe · Sep 26, 2011 12:44 PM

लास्टाँ मोज गर्ने जहिले नि बाङ्गे नै हुन्छ, दीप ब्रो को रोल त सधैं साइड हिरो जस्तो पो हुने राइछ त ल मज्जा आयो यो कथा पढेर - बाङ्गे को आइडिया त गज्जब नै राइछ -&nbsp;

serial · Sep 26, 2011 3:49 PM

अनी दीप ब्रो, बेइमान बाङगे मात्र काखमा बसेर गयो कि क्या हो ?? सदा झै को ट्रेड मार्क कथा। बखान को लागि शब्दाभाव भो ब्रो । &nbsp;

rahulvai · Sep 26, 2011 3:53 PM

&nbsp;भनेपछी आफु चै सेल रोटी पकाउने म पारीयो हैन त ? बर्बाद नै भयो नि दीप ब्रो।&nbsp; तर बाङे माहात्मे चै दरो गयो। मनै चङ्गा भयो धरै दिन पछी।&nbsp;

nepwanted · Sep 26, 2011 5:06 PM

&nbsp;प्रभो, जाबो गौरिघाट बाट जती नै सेल चक्कर लगाए पनि यत्तिका महिना, बर्ष त नलाग्नु पर्ने ! किन हो &nbsp;यस्तो &nbsp;माया मारेको?

trishul · Sep 27, 2011 1:12 AM

दशै को सौगात को लागि धन्यवाद छ !!

popeye · Sep 27, 2011 10:12 AM

दशैमा घग्र्यान्को जन्के बोका जस्तो कथा दक्षिणा दिनु भएछ दीप प्रभुले। अब के भनौ धोग् गरे सास्ताङ दन्दवत्!! Last edited: 27-Sep-11 10:56 AM

Juggy · Sep 27, 2011 10:55 AM

बाङ्गेको अगाडी अली कम बाङ्गे सोझो देखिएको जस्तो लाग्यो कथा पढेर। &quot;जाबो गौरिघाट बाट जती नै सेल चक्कर लगाए पनि यत्तिका महिना, बर्ष त नलाग्नु पर्ने ! किन हो &nbsp;यस्तो &nbsp;माया मारेको?&quot; :) (trishul, सबै शब्दहरु सापटी लिएँ है मैले )

nakkali keti · Sep 27, 2011 11:38 AM

&nbsp;जदौ प्रभु! दशैको पुर्व सन्ध्यामा बाङे कीर्तन सुन्न पाइयो धन्य भैयो प्रभु!

Birkhe_Maila · Sep 27, 2011 12:15 PM

दीपज्युको आगमन&nbsp;र&nbsp;&nbsp;बाङगेपुराण ले साझानै धन्य भयो। Daami as always.

*~spring~* · Sep 27, 2011 1:52 PM

दिप प्रभुको सधाझैँ झक्कास गयो बाइ !! यो बाङ्गे धेरै बाठो भन्या !!

bhakte dai · Sep 27, 2011 4:05 PM

Deep bro pelam pelam. bela bela ma audai garau.dashai ko suvakamana.

दौतरी · Sep 27, 2011 8:47 PM

gazzab cha.....mun kholera bhannu parda aajkaal sajha ko plateform ma Deep ko katha suhawudaina......:-( tara pani lekhna nachhodam.........esto kuro sabai ko kalam le lekhna sakdaina.. Bijaya Dashami ko Subhakamana Last edited: 28-Sep-11 08:02 AM

jira · Sep 28, 2011 7:58 AM

बल्ल आज पढी भ्याएँ, सधैंको झै उत्कृष्ठ प्रस्तुति !&nbsp;

Geology Tiger · Sep 28, 2011 1:56 PM

&nbsp;Deep Jyu, &nbsp;Great as usual.............sarai ramro.

Anishchit · Oct 3, 2011 8:48 PM

No change , jastako testai --- its been long time ke &nbsp; katha aba parimarjit hunuparyo . Enjoyed alot , thanks.&nbsp;

Sungabha · Oct 24, 2011 4:24 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion