[Show all top banners]

Switu

More by Switu
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ब्रिस्टोलवासी सर्वाधिक भियाग्रा खान्छन्
[VIEWED 1865 TIMES]
SAVE! for ease of future access.
Posted on 11-30-10 7:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न्यूयोर्कको लिंकन सेन्टरमा हालै एउटा फेसन सम्पन्न भयो । गोटेक्स कलेक्सनले आयोजना गरेको उक्त फेसन शोमा विभिन्न मुलुकका फेसन डिजाइनरले सन् २०११ लाई लक्षित गरेर डिजाइन गरेका पहिरनहरू प्रदर्शित गरिएका थिए ।

सन् १९९९ मा अन्तर्राष्ट्रिय बजारमा देखा परेको भियाग्राको लोकपि्रयतामा कुनै कमी आएको छैन । भियाग्रा यौन दुर्बलताको सिकार भएका पुरुषहरूका लागि वरदान नै सावित भएको छ । हालै टेस्कोले बेलायतका कुन सहरका मानिसले बढी भियाग्राको सेवन गर्छन् भनेर गरेको सर्वेक्षणमा बि्रस्टोल शीर्ष स्थानमा आएको थियो । पछिल्लो पटक भएको एक सर्वेक्षणले बेलायतका २३ लाख पुरुष यौन दुर्बलताको समस्यामा रहेको देखाएको छ । यस्ता पुरुषहरूबीच भियाग्रा सर्वाधिक भरपर्दो औषधी मानिएको छ । बेलायतमा गरिएको उक्त सर्वेक्षणअनुसार पश्चिमी भेगका सहरहरूमा भियाग्राको खपत बढी छ । यसरी भियाग्राको खपत बढी गर्ने सहरहरूमा बिस्टोलपछि सोलिहुल, लि भ्याली लन्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । यसैगरी बढी भियाग्रा खपत हुने सहरहरूमा ब्रुुसलेडोन, चेस्टरफिल्ड, ब्ल्याक पोल, पोर्ट्समाउथ, अल्टि्रनच्याम, योर्क र थुरोक सहर पनि छन् । पछिल्ला केही वर्षयता बेलायतका ४० वर्ष नाघेका अधिकांश पुरुष यौन दुर्बलताको समस्याबाट पीडित हुन थालेका छन् ।

महिलाहरू के हेर्न चाहन्छन्

अमेरिकामा प्लेब्वाई च्यानल आएपछि महिलाहरूको यौनदृश्य हेर्ने दृष्टिकोणमा परिवर्तन आउन थालेको छ । यो च्यानल सञ्चालनमा आएपछि अहिले महिलाहरूले पनि अश्लील चलचित्र खुलेर हेर्न थालेका छन्, तर यस्ता चलचित्रप्रति उनीहरूको आशा परम्परागत सिडी, डिभिडीमार्फत आउने चलचित्रभन्दा फरक छ । प्लेब्वाइ च्यानलले गरेको सर्वेक्षणअनुसार महिलाहरू कुनै रोमांस, आकर्षणबिना यौनसम्पर्क राखेको दृश्य हेर्न चाहँदैनन् । महिलाहरू यौनसम्पर्कभन्दा अघि महिला र पुरुषबीच रोमांस र एक -अर्कालाई आकषिर्त गर्ने क्रियाकलापपछि हुने यौन सम्पर्कका दृश्यहरूप्रति रोमाञ्चक हुने उक्त सर्वेक्षणले देखाएको छ । टेलिभिजन फर-२ अन्तर्गत प्रसारण भैरहेको प्ले ब्वाइले थप नयाँ कार्यक्रम प्रसारण गर्ने योजना गरिरहेको छ । यही परिप्रेक्ष्यमा उसले आफ्ना दर्शकहरू के हेर्न चाहन्छन् भनेर सर्वेक्षण गरेको थियो । महिला दर्शकहरू लाई केन्द्रित गरेर निर्माण गर्न लागिएको कार्यक्रममा महिला दर्शकले महिला-पुरुषबीचको केमेस्ट्री मिल्नुपर्ने, यौनका दृश्यहरूभन्दा पनि पाक्क्रीडा बढी देखाउनुपर्ने, यौन सम्पर्कको बेला महिलालाई मात्र बढी फोकस गर्न नहुने, यौन सम्पर्क हुदाँ चर्को आवाज निकाल्न नहुने तथा साथीहरूसँग बसेर हेर्न सकिने कार्यक्रमप्रति आफ्नो रुचि रहेको बताएका थिए ।

प्रधानमन्त्रीको काम

रोमन मूर्तिको मर्मत सम्भार गर्दा इटालीमा प्रधानमन्त्री सिल्भियो बर्लोस्कोनी विवादमा परेका छन् । ७४ वर्षीया प्रधानमन्त्री बर्लोस्कोनी बेलाबेलामा आफ्नै शरीरका विभिन्न अंगको प्लास्टिक सर्जरी गरेर विवादमा पर्दै आएका थिए । यसबीच उनले राष्ट्रिय ढुकुटी प्रयोग गरेर प्राचिन मूर्तिको समेत प्लास्टिक सर्जरी गराएपछि थप विवाद सिर्जना भएको छ । रोमन देवता मार्स र भेनसको मूर्तिलाई उनले हालै ६६ लाख रुपैयाँ खर्च गरेर मर्मत गराएका छन् । उनले मार्बलको उक्त मूर्तिलाई मर्मत गर्ने क्रममा प्लास्टिक सर्जरीको शैलीमा मूर्तिमा हात र लिंग थपिदिएका छन् ।

बुर्लोस्कोनीले लडाइँका देवता मार्सको मूर्तिमा हात र लिंग थपिदिएका थिए भने प्रेमकी देवी भेनसको हात थपिदिएका थिए । प्राचीन मूर्तिको जीर्णोद्धार गर्नुपर्नेमा नयाँ कुरा थपिदिएपछि मूर्तिको महिमा घट्ने बताउदैँ इटालीका पुरातत्त्ववेत्ताहरूले प्रधानमन्त्रीको उक्त कार्यको विरोध गरेका छन् । यो प्रकरणमा अहिले संसद्का प्रतिपक्षहरू पनि प्रधानमन्त्रीको विरोधमा लागेका छन् ।

अन्त्यमा...

इटालीका यौनकर्मीका कारण स्थानीय अधिकारीहरूले वनविनाश गर्ने मनस्थिति बनाएका छन् । मध्यइटालीको अब्रुजो क्षेत्रका यौनकर्मीहरूले सडकछेउका वनमा ग्राहकसँग यौनसम्पर्क गर्न थालेपछि स्थानीय अधिकारीहरूले उक्त कदम चाल्न थालेका हुन् । केही समयअघि बेलायतमा पनि यौनकर्मीहरूले सडकछेउमा रहेका रूखको आडमा यौ नव्यापार गर्न थालेपछि ठूलो क्षेत्रफलमा फैलिएको वन फडानी गर्ने निर्णय गरिएको थियो । अहिले स्थानिय अधिकारीहरूले यौनकर्मीहरूलाई रोक्न चौबीसै घन्टा निरिक्षण, पक्राउ, जरिवाना गर्दा पनि उक्त क्षेत्रमा यौन व्यवसाय नघटेपछि वन फडानी गरेर भए पनि उनीहरूलाई धपाउने निर्णय गरिएको हो । अहिले उक्त क्षेत्रमा नाइजेरिया, रोमानिया, ब्राजिल, अल्वानिया तथा चीनका ६ सय यौनकर्मी सक्रिय छन् ।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
TPS EAD auto extended to June 2025 or just TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
Nas and The Bokas: Coming to a Night Club near you
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters