← Back to Archives

श्रद्धान्जली!!!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

श्रद्धान्जली!!!! गत एक महिना  अली ब्यस्त थिएं र यसै बीचमा क्रेजिको " बुझ्न नसकिएका कारणहरु" कथा पढे पछी मलाई पनि केही लेखुं लेखुं लाग्यो । द्यो माँ हरुको चमत्कार बारे मा आफुले देखेको भोगेको लेख्न खोजेको थिएं ।  बुधवार ४  नोभेम्बर, एउटा आलेख प्रोफेसर साहेबलाई बुझाउनु थियो र बुझाए पछी द्यो माँ हरु को रोचक प्रसंगहरुको श्रिन्खला लेख्ने सोच मा थिएं । राती सुत्ने बेलामा पुराना स्‍मृतिहरुलाई केलाउदै थिएं। धेरै पुरानो कुरा हो। शायद ६ किलास पढ्दाको बेला पहिलो पल्ट माँ (आमा)  संग द्यो माँको मा गएको थिएं  (आमाको साथीको रुपमा मलाई साथै लिएर जानु हुन्थ्यो।)  मेरो आमालाई  द्यो माँ हरुमा विश्वाश थियो ।  द्यो माँ अर्थात दैबी शक्ती धारण गर्न सक्ने माता । त्यो पहिलो द्यो माँ को दर्शन घट्ना नै अबिस्मर्णिय रह्यो। त्यो  अदभूत द्रिश्य र सत्य बारे छुट्टै लेख्ने छु।  पछी पनि माँ सँग बेला बखतमा द्यो माँ हरुको मा जाने गर्थें । यस्तै यस्तै भुलेका छरपुष्ट सम्झनाहरुलाई एकै ठाउंमा जोगाड गर्दै भोली लेख्नु पर्ला "माँ र द्यो माँ"  हरु भन्दै सुतें। राती अबेर सुत्ने र बिहान ढिलो हुने आफ्नो नानी देखी लागेको बानी । बिहान सबेरै अचानक टेलिफोन चिच्यायो । झर्को मानी उठें र उठाएं फोन । घरबाट् दाइले फोन गर्नु भएको रहेछ र पहिलो वाक्य मै " आमा बित्नु भयो" सम्म भन्नु सक्नु भयो। त्यस पछी दाई को बोली फुटेन। सुन्ने यो कान ले सुन्न सकेन। कसरी किन भन्ने कुरा गौण थियो। अचानक, अप्रत्याशित। धेरै बेर सम्म हामी दुई दाजु भाई रोइ रहौं ।व्याबहारिक रुपमा  सात समुद्रपारी बाट निमेषमै घर पुग्नु संभावना थिएन । सम्हालिदै दाईलाई अन्तिम कृयाको लागि यो अभागेए छोरो लाई न कुर्नु भनेर भनें । कींकर्तब्यबिमूढ म र मेरा आँखाहरु टोलाई रहे। आमाले कहिलेइ सुख भोग्न पाउनु भएन। सधैं अभाव र अव्यस्था नै जिउनु भयो। जिन्दगी भर संघर्ष मै बित्यो। धेरै सपनाहरु बुनेको थिएं। जन्म दिने आमा को मुहार उजिल्याउने उपाय को खोजी गर्दै थिएं । समय यती निर्दयी हुदो रहेछ, काल यती क्रूर हुदो रहेछ । पिताजीको ऋण तिर्न सकेको छैन ( दशौं तक्मा ), आमा को दुध को ऋण कसरी तिरुं म ? यस दु:खद घडीमा साझा र साझा चौतारीका शुभचिन्तकहरुको साझा समबेदना साहरा र सदभाव को लागि भित्री ह्रिदयदेखी आभार प्रकट गर्दै आज तेह्रौं दिनको पुण्य तिथिमा पुन: श्रद्धान्जली ।      

rahulvai · Nov 17, 2009 10:25 AM · 56,229 views

26 Replies · Showing 21 - 26
Page 2 of 2

Rahuldai हार्दिक श्रदान्जली  अनी समबेदना Wishing you and your family the strength and peace during this difficult time.

san · Nov 18, 2009 8:33 AM

ठुल्दाइ, आमाको आत्मा ले चिर शान्ती पाओस भन्ने कामना गर्दछु।   यस दु:खद घडीमा हजुर र हजुर को परिवारलाई ईश्वरले  सहन शक्ती प्रदान गरुन।

Dipika02 · Nov 18, 2009 8:58 AM

hardik sradanjali!

Geology Tiger · Nov 18, 2009 9:45 AM

राहुल दाजु, नेप्ची तता जु, जन्म बिया, थ:गु म्हसं हि च:ति हायेका, दुरु त्वंका, सुसाकुसा याना, कर्म व कर्तब्य पथय् अटल जुयेफयेक तिव: बिइम्ह मां बाहेक मेपिं सु दै धका । थ: प्वा: सुकू च्यूंसां, थ: वस हेलेहेले व:सां, थ: उसाँय मदया च्वंसा, थ: छुं छकु हे मदुसां थ: मस्तया नितिं सकतां पाइम्ह नं मां बाहेक मेपिं सु हे दै धका । थथे थ: मस्तया नितिं जीवन पापां सुख छु, आराम छु, वैभव छु धैगु तकं ल्व:मंका दु:खया सागरय् हे न्हिला न्हिला सकतां समर्पित याना बिज्याम्ह मां मत्यवं मदुगु न्यना तसकं दुख ताल। वसपोलया आत्मा सुखावति भूवनय् बास लायेमा धका मनं तुंसेँ दुनुगलं निसे बिचा: हायेका । भगवान सरन ।

chanaa_tarkaari · Nov 18, 2009 11:09 AM

सबै सह्रिदयी मित्रहरुमा यस दु:खद घडीमा साथ दिनु भएको मा आभारी छु ।

rahulvai · Nov 19, 2009 8:19 AM

ठूल्दाई यस दुखद घडिमा तपाईँको साहस र धैर्यता कायमै रहोस भन्ने कामना सहित मातालाई हार्दीक समवेदना!

Birkhe_Maila · Nov 19, 2009 9:36 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant