Turbulence
Replies to this thread:

More by Turbulence
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 TThis is not the Monarchy Era - Damannath Dhungana
[VIEWED 6285 TIMES]
SAVE! for ease of future access.
Posted on 08-22-05 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

- http://www.kantipuronline.com/Nepal/sambad.php

"यो राजाको युग नै होइन"
"दमननाथ ढुङ्गाना"

सरकार-माओवादीबीच जतिचोटि वार्ता भए, पूर्वसभामुख दमननाथ ढुङ्गाना हरेकपटक त्यसलाई सफल बनाउन सहजकर्ताको भूमिकामा लागिपर्नुभयो । पछिल्लो वार्ता टुटेको दुई वर्षपछि अहिलेचाहिँ उहाँ संवादको कुनै सम्भावना देख्नुहुन्न । बरु मुलुक गणतन्त्रतर्फ गइरहेको दाबी गर्नुहुन्छ । प्रस्तुत छ, उहाँसँग तिलक पाठक को संवाद ः

अबचाहिँ शान्तिवार्ताको सम्भावना नै छैन त ?
राजाको शासन भइन्जेल म त सम्भावना देख्दिनँ । वार्ता हुनका लागि जनप्रतिनिधिको हातमा कार्यकारिणी अधिकार आउनुपर्छ ।

तीन वर्षभित्र चुनाव गरेर कार्यकारिणी अधिकार सुम्पने राजाको भनाइ छ नि !
चुनाव कसले गर्ने ? राजाले आफ्ना भाइ-भारदार, आठपहरिया, पुराना पञ्चहरू राखेर मात्र चुनाव हुन्छ ? चुनाव गर्न त सर्वसम्मति चाहिन्छ । यदि राजाको चुनाव गराउने मनसाय भए यिनले यतिका 'प|mन्ट' किन खोल्थे ? आफूसँग भएका राजनीतिक दललाई यति टाढा किन धकेल्थे ?

सैनिक बलबाटै समाधान गर्न खोजिएको हो कि ?
जनता राजासँग नरहेपछि जित्न कसरी सम्भव छ ? सेनाले पनि जनतालाई छाडेर कसको लागि लडिरहने ? आखिर यसरी त मर्ने जनताकै छोरा हुन् । अहिले त मुसा मरेको हो कि मानिस, गणना नै छैन । राज्य मान्छे मार्ने यन्त्र भइरहेको छ । राजा 'सम्पूर्ण राज्य म नै हुँ', 'सम्पूर्ण राज्य मेरो हो' भन्ने किसिमले आएका छन् । हापुरेमा संविधानसभा मान्दिएको भए यस्तो केही हुँदैनथ्यो । उनले संविधानसभा नमान्दा नै यो स्थिति आएको हो ।

त्यतिखेर वार्ता भङ्ग हुनाको कारण के थियो ?
त्यतिखेर संसद् थिएन, जनप्रतिनिधित्व थिएन । राजाको चाहनामा वार्ता भयो । तर, उनले संविधानसभा दिन मानेनन् । जनताले संविधान बनाउने हक खोज्दा राजाले हुँदैन भन्न पाउँछन् ? त्यसबेला संविधानसभा दिएको भए त्यसले राजाका लागि कुनै ठाउँ राख्ने थियो । अहिलेजस्तो गणतन्त्रको हावा आइसकेको थिएन । राजा र सेना संसद्को अधीनमा आउने, संवैधानिक राजतन्त्र रहने नै थियो । अब त वार्ता भयो भने पनि म भन्न सक्दिनँ । हापुरेको विफलतापछि दुई वर्षको बीचमा गणतन्त्रको हावा लागिसकेको छ ।

अब संविधानसभामा सहमति हुँदैन त ?
अब गणतन्त्रको हावा कसले बन्द गर्ने ?

माओवादी नेताहरूले नै संविधानसभा छाडेका छैनौँ भन्दैछन् नि ?
बढी भइसकेपछि घटी कसले लिन्छ ? राजनीतिक दलहरूले नै गणतन्त्रको कुरा ल्याइसकेका छन् । अब जनताले किन घटी लिने ? राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान सक्दैन भन्ने कुरा दुई वर्षअघि त थिएन । तर, अब लोकतान्त्रिक गणतन्त्रको कुरा छ । यो कसले ल्यायो ? राजालाई राज्य गर्न मन छ, जनतालाई गणतन्त्र चाहिएको छ ।



 
Posted on 08-22-05 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It doesn't matter what the fu(8ck Dhuingana says.. once upon a time, he used to massage the balls of royalists too !!!!!
 
Posted on 08-22-05 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Faida hunda, Mauka pauda Pravu ko Pauko vakta, Party bata pani ani durbar bata pani ghokrethyak vete pachhi suru hunchha Radi ko Rodan.
 
Posted on 08-22-05 6:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Daman Nath ra Padam Ratna jasta chhadambhesi haru le garda nai Maobadi sanga ko barta bhanga bhayeko ho. Pheri pani kina yiniharu nai agi sarera barta ko kura gardai chhana. Aba kahile pani yini haru lai mediator ko bhumika dinu hudaina.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Nepal TPS decision
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Homeowner Charged renting to illegal migrants
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
Don’t Just Read—Join the Conversation
FDA admits Covid mRNA ‘Vaccines’ CAUSE CANCER
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
USCIS to Check Social Media Posts of Green Card Applicants Legally Residing in US
Nepal TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
नपरी भोगिदैन नमरि नर्क हो वा स्वर्ग पुगीदैन
Trump says he ‘couldn’t care less’ if automakers raise prices 🤣🤣🤣🤣
H4 Visa (99% approval rate) remains the Safest and Easiest Way to Come to US
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters