उनलाई कलम उपहार

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

घोटेर अनगिन्ती अधुरा सपनाहरू रित्याएर एक्लो रातमा मलाई सम्हाल्ने बोतलहरू समेटेर असरल्ल छरिएको ‘म’ लाई निचोरेर मुटु नङ्गाएर लाज मारेर आशा भरिदिएँ मैले कलम मा मसी च्यातिफालेँ तिम्रोलागि लेखेका कविताहरू अनि छाड्दैछु यो कलम उपहार तिमीलाई अब तिमी लेख्नु मलाई कोर्नु रूपरंग मेरो तिम्रो मनखाने जस्तै ‘म’ शून्यसंग गर्नु गणित अनि सिउरिनु ‘म’ नै ‘म’ भएको कलमलाई केसमा म सम्झनेछु कि तिमीले मलाई अंगाल्यौ Sudarshan Poudel

Smriti-malla · Mar 14, 2024 10:44 PM · 7,936 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion