← Back to Kurakani

फर्जी शैक्षिक प्रमाणपत्र पेस गरी अमेरीकी Diversity Visa लिन खोज्नेहरू प्रहरी खोरमा

Original Post

https://annapurnapost.com/stor... काठमाडौं : नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी अमेरिकाका लागि आवेदन दिने 'डिभी होल्डर (डिभी परेकाहरू)'सहित १० जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंस्थित अमेरिकी दूतावासको समन्वयमा १० जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धनुषाका विवेक उपाध्याय, मकवानपुरका भगवती उप्रेती, लमजुङका रोना गुरुङ, ललितपुरका संजय महर्जन, चितवनका सुमन ढकाल, सिरहाका सक्षम अर्याल, सर्लाहीका सुरज अधिकारी, दोलखाका अशोक श्रेष्ठ, पर्साका पुरुषोत्तम मल्लिक र सर्लाहीका स्वर्णिम दाहाल रहेका छन्। २०२३ का लागि डिभी परेकाहरूले नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्न थालेपछि अमेरिकी दूतावासले प्रहरीलाई खबर गरेको थियो। भिसा आवेदनका लागि उनीहरूले एसलएलसी र प्लस टूको नक्कली शैक्षिक प्रमणपत्र पेस गरेको अनुसन्धानबाट खुलेको छ।

Khaobaadi_Netaa
Feb 1, 2024 10:38 AM · 2,119 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant